पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धार 

  • असार १८, २०८२

पोखरा । कास्की प्रहरी र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको संयुक्त पहलमा पोखराको लेकसाईडबाट ८ बालिकाको उद्धार गरिएको छ ।  लेकसाइडका ३ स्पा सेन्टरहरुबाट उनिहरुको उद्धार गरिएको हो ।  स्पा सेन्टरहरूबाट १८ बर्ष मुनिका बालिकाहरुलाई उद्दार गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।


पर्सल्यान स्पा र ताराहिल लज स्पा एण्ड ब्युटी केयरबाट २/२ तथा ईभेन्डर ब्युटि एण्ड स्पाबाट ४ बालिकाको उद्दार गरिएको बस्नेतले बताए ।

बाल श्रम ऐन विपरित जोखिम पूर्ण व्यवसायमा लगाउने स्पा सेन्टरलाई कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय पोखरा कास्कीमा पठाइएको छ। उद्दार गरिएका बालिकालाई समेत श्रम तथा रोजगार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

वालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६ ले  १४ वर्ष उमेर पुरा नगरेका वालवालिकालाई श्रमिकको रुपमा काममा लगाउन नपाइने व्यवस्था गरेको सोही अनुसार महानगरले यस क्षेत्रमा समय समयमा अनुगमन गर्दै आएको छ ।  यदी १४ वर्ष काटेका वालवालिका लाई पनि काममा लगाउनु पर्ने भएमा श्रम कार्यालयको स्वीकृति  लिनुपर्ने व्यवस्था रहेको महानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख निर्मला शर्माले जानकारी दिईन । 
चालु आर्थिक वर्षमा वर्षमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा सहित अन्य सरकारी र गैरसरकारी संघसंस्थाको समन्व्यमा १००वढी वालवालिकाको उद्धार, राहत, मनोविमर्श सेवा र पुर्नस्थापना गरिएको छ ।

प्रतिक्रिया