हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • माघ १४, २०८२

बागलुङ - बुधबार रातिदेखि वर्षासँगै परेको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँद सयौँ यात्रु अलपत्र परेका छन् ।

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनको भनाइ छ । हिमपात राकिदा साथ मेसिन प्रयोग गरेर सडकको हिउँ पन्छाउने उनले बताए ।

काठमाडैँदेखि रुकुम, जाजरकोट, डोल्पा लगायत पश्चिम नेपाल जाने रात्री बस बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएको प्रहरी निरीक्षक मानन्धरले बताए । निसीखोला गाउँपालिका र पूर्वी रुकुमसँग समन्वय गरि सडक खुलाउने तयारी गरेको उनको भनाइ छ ।

प्रहरी निरीक्षक मानन्धरले भने – “हिमपात निरन्तर भइरहेको हुँदा तत्काल सडक खुलाउन समस्या छ, हिमपात रोकिता बित्तिकै पूर्वी रुकुम र निसीखोला गाउँपालिकासँग सहकार्य गरेर सडक खुलाउँछौँ, अहिले काठमाडौँबाट पश्चिम जानेल गाडी बागलुङ क्षेत्रमै रोकिएका छन्, चालक र यात्रुलाई सुरक्षित भएर तल्लो क्षेत्रमै बस्न भनेका छौँ ।”

रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक उमाशंकरप्रसाद यादवले मेसिन सडक खुलाउनका लागि मेसिन तयारी अवस्थामा राखेको बताए । हिउँ पर्न छोडेपछि सडक खुलाएर यातायात संचालन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया