बागलुङ। गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले अब ग्रामीण तहका स्वास्थ्य चौकीमा पनि डाक्टर सहितको सेवा संचालन गर्नुपर्ने बताएका छन् । उनले सरकारले नीतिगत रुपमा त्यो व्यवस्थापन गरेर अगाडी बढ्नुपर्ने बताए । बागलुङको बलेवा स्थित नारायणस्थान स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै सुवेदीले ग्रामिण भेगका आम नागरिकको समस्यालाई हरेर सरकारले स्वास्थ्य क्षेत्रमा जोड दिनुपर्ने बताए । उनले प्रदेश तहका स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट अनिवार्य डाक्टर आएर काम गर्ने वातावरण बनाउन पहल गर्ने बताए ।
सुवेदीले आम नागरिकले वडा तहमै आधारभूत सेवा पाउनु पर्ने बताए । ‘गाउँमा ंिसंहदरवार आएझै वडा वडामा स्वास्थ्य सेवा र उपचार निशुल्क पाउनुपर्छ’ सुवेदीले भने, ‘शिक्षा र स्वास्थ्यमा राज्यको निशुल्क सेवा भएमा नागरिकले धेरै अपेक्षा पनि गर्दैनन् ।’ सुवेदीले स्वास्थ्य शिक्षालाई आफुले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकका प्रमुख बसन्तकुमार श्रेष्ठले भवन निर्माणलाई गुणस्तर युक्त बनाउन नगरपालिकाले निरन्तर अनुगमन गर्ने र समयमा काम सक्नुपर्ने शर्त राखिएको जानकारी दिए । ‘भवन गुणस्तरको बन्नुपर्छ, समयमा काम सकिनुपर्छ’ श्रेष्ठले भने, ‘अब कमजोर गुणस्तर बनाएर ठेकेदार उम्कने अबस्था आउ“दैन ।’ आम उपभोक्ता र नागरिकले पनि गुणस्तर मापनमा ध्यान दिनुपर्ने उनले बताए । नारायणस्थान सहर उन्मुख क्षेत्र हो । यस अघि उपस्वास्थ्य चौकी सरहको सेवा मात्रै भएकोमा अब स्वास्थ्यचौकी बाट हुने सबै सेवा प्रवाह हुने गरी भवन बन्न लागेको स्वास्थ्यचौकीका प्रमुख ऋषिराम शर्माले बताए ।
बागलुङ नगरपालिकाले १ करोड ८१ लाख २० हजार रुपैया“को लागतमा स्वास्थ्यचौकी बनाउन लागेको हो । चौकी बनाउन डिएण्डजी प्रसाद संयुक्त निर्माण कंपनीले आगामी बर्षको चैत मसान्त सम्ममा काम सक्ने गरी काम थालेको हो । २ तले भवनमा वर्थिङ सेन्टर, ओपिडी, इमरजेन्सी र ५ बेडको उपचार कक्ष समेत बन्ने स्वास्थ्य चौकीका शर्माले जानकारी दिए । यस अघि पुरानो भवनमा काम गर्दै आएकोमा नया“ बन्ने भएपछि सेवा प्रवाहपनि चुस्त हुने उनले बताए ।
वडा अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख ऋषिराम शर्माको संचालन र भवन निर्माण समितिकी सदस्य गंगादेवी पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले पूर्वाधारको काम समयमा सक्नुपर्ने, गणस्तर बन्नुपर्ने, समयमा सक्ने र आम नागरिकले निरन्तर खवरदारी हुनुपर्ने बताए