पछिल्लो समयमा जिल्लाका स्थानिय तहले आफ्नै पाठ्यक्रम बनाउन थालेका छन । यसै क्रममा गल्कोट नगरपालिका गल्कोटले पनि आफ्नै स्थानीय विषय बस्तु लाई केन्द्रित गरि विभिन्न स्थानिय विषय वस्तु समेटेर स्थानिय पाठ्यक्रम निर्माण गर्न लागेको हो ।
पाठ्यक्रम निर्माणका निम्ती नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाले पहिलो चरण को स्थानीय पाठ्यक्रम कार्यशाला शनिबार र आईतबार दुई दिन संचालन गरेको छ । कार्यशालामा नगर भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका प्रध्यानध्यापक विद्यालय व्यवस्थापन समिति, नगर शिक्षा समिति र कार्यपालिका सदस्यहरुको सहभागित रहेको थियो ।
कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्थानीय स्तरमा योजना कार्यान्वयन गर्नका लागि राज्यका सम्पुर्ण निकायहरु जिम्मेवार हुनु पर्ने बताए । उनले कुनै वहाना अनि पुर्वाग्रह भएर आफ्नो जिम्मेवार बाट पछी हट्न नहुने भन्दै यसका लागि सम्बन्धीत सरोकारवाला पक्ष स्वयम् जवाफदेही भै परिमाण देखिने गरि काम गर्न जरुरी रहेको बताए ।
गल्कोट नगरपालिकाले शैक्षिक विकेन्द्रीकरण गरि पाठ्यक्रमको स्थानियकरण गर्दै स्थानिय ज्ञान सीप क्षमता तथा अभिबृदी गरि विद्यार्थी जीवन लाई अनुभव संग अर्थ पुर्ण र सान्दर्भिक बनाउने उदेश्यले स्थानीयस्तर को बाताबरण रहनसहन बस्तु स्तिथी समेटेर स्थानिय पाठ्यक्रम निर्माण गर्न लागेको नगरप्रमुख शर्माको भनाई छ ।
स्थानीय पाठ्यक्रम निर्माण भय सङै यहाँका विद्यार्थीहरुलाइ आफ्नो ठाउको समाजिक मूल्य मान्यतालाई बुझाउन सकिने छ , शर्माले भने,–‘स्थानिय तहरले बनाएको पाठ्यक्रममा स्थानीयस्तरको सम्पुर्ण किसिमको ज्ञान हुने छन । यसका लागि सम्बन्धीत सरोकारवाला निकाय, बुद्धिजिबि शिक्षाविदहरुले गहन छलफल गरेर पाठ्यक्रम तयार पारौं ।
अन्तर्राष्ट्रिय अनुसन्धान तालिम र विकास केन्द्र ललितपुरको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यशाला गोष्ठीको सहजीकरण सहजकर्ता मनिराम शर्मा र कर्म धिताल गरेका थिए । उनिहरुले स्थानीय पाठ्यक्रम निर्माणको ढाँचा ,अबधरणा, नितिगत व्यवस्था ,निर्माण प्रकिया ,आवश्यकता र औचित्यता लगायतका विषयमा सहजीकरण गरेका थिए ।
पहिलो चरणको कार्यशालामा प्रत्येक वडा गत रुपमा समूह विभाजन गराइ छलफल गर्दा आयका सुझाव सल्लाह एवम प्रतिक्रियाहरु अध्यन गरि पुन आगामी दिनमा दोस्रो चरणको छलफल गरी पाठ्यक्रम निर्माणको पुर्ण रुप दिइने गल्कोट नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख रुद्रनारायण सापकोटले जानकारी दिए । जिल्लाको अन्य स्थानिय तहले पनि आफ्नै पाठ्यक्रम लागु गर्न खोजिरहेको अवस्थामा गलकोट नगरपालिको पनि स्थानिय पाठ्यक्रम बनाउने तयारी थालेको हो ।