नेकपा (बिप्लब) समुहका नेता बाबुराम नेपाली नेकपा एमाले मा प्रवेश गरेका छन । गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका नेपाली लामो समयदेखी राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गरेका थिए । उनि रिघा गाविसको पूव अध्यक्ष समेत हुन । जनमोर्चापछि नेकपा माओवादी हुदै नेकपामा आवद्ध नेपाली औपचारिक रुपमा शुक्रबार एमाले प्रवेश गरेका हुन । नेकपा एमाले बागलुङको बुर्तिबाङमा जारी बैठकमा पार्टीका उप–महासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नेपालीले कम्युनिष्टका नाममा साना–साना झुपडीको आवश्यकता नरहेको बताउदै अब एउटै कम्युनिष्ट पार्टीले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।