बागलुङ- स्थानिय निर्वाचन नजिकिएसंगै स्थानिय स्तरमै गठबन्धनको छलफल काठेखोलामा प्रारम्भ भएको छ । भेलामा नेपाली काँग्रेसका क्षेत्रीय सदस्य खडक थापा, नेकपा एसका जिल्ला सचिवालय सदस्य यामबहादुर श्रीस, काठेखोला—४ तंग्रामका वडा अध्यक्ष केशव थापा, काठेखोला गाउँ कार्यपालिका सदस्य सुन्तली विक लगायतले गठबन्धनका विषयमा धारणा राखेका थिए ।
बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुको सहभागिता थियो । बैठकले नेपाली काँग्रेस काठेखोला गाउँपालिका सभापति यामदत्त कँडेलको संयाजकत्वमा १३ सदस्यीय गठबन्धन कार्यदल गठन गरेको छ । सुल्डाँडामा सम्पन्न बैठक काँग्रेस सभापति यामदत्त कँडेलको अध्यक्षता माओवादी केन्द्रका अध्यक्ष कृष्ण थापाको स्वागत र राष्ट्रिय जनमोर्चा काठेखाला सचिव टीका संगम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।