क्रिकेट खेलाडी दिपेन्द्रसिंह ऐरीसँग बागलुङमा ‘मिट एण्ड ग्रेट’

  • असार ३०, २०८१

बागलुङ - नेपालका चर्चित क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीले बागलुङका खेलाडी र विद्यार्थीलेलाई आफ्नो क्रिकेट प्रतिको अनुभव साटासाट गरेका छन । ग्रेस इन्टरनेशनल बागलुङ शाखाले बागलुङ बजारमा आयोजना गरेको ‘मिट एण्ड ग्रेट’ कार्यक्रममा ऐरीले क्रिकेट खेलमा गरेको अनुभव आदान प्रदान गरेका छन । विश्वकप खेलेर भर्खरै फर्केका क्रिकेटको टाईगरको रुपमा परिचित ऐरीको व्यक्तिगत र खेल जीवनबारे खुला प्रश्न र बहस गरेका थिए । 
ऐरीले आफ्नो अनुभव साट्दै खेल जिवनमा कहिलै पनि सोचे जस्तो नहुने सुनाए । उनले नेपाललाई विश्वकप खेल्ने स्थानमा पु¥याउनु नै नेपाली खेलकुद क्षेत्र मात्र नभएर क्रिकेटमा नै  ठुलो विकास भएको बताए ।  उनले निरन्तरको मेहेनतले आँफू यो स्थानमा आइपुगेको बताएका थिए । तर जब विश्वकपको अनुभव साट्ने बेला आयो, तब ऐरीले केही नर्मस हुँदै कमीकमजोरी स्विकारे । साथै, सानो अंकले हार व्यहोर्नुपर्दा सबै खेलाडी, कोच र अफिसियलहरु नर्मस भएको ऐरीले बताए । ‘केही समय त हामी चेन्ज रुममा फर्केर एकआपसमा पनि बोल्नै सकेनौं’ उनले भने, ‘अब के गर्ने, कसलाई के भन्ने भनेर निरास पनि भयौं ।’ उनले आगामी दिनका खेलका लागि केही सिकाइ लिएर फर्केको पनि बताए ।
पटक पटक विश्वकप खेलेका देशसँग जित्ने कुरा जटिल थियो, तर अप्रत्यासित हार आइपरेको उनले बताए । कतिपय खेल जितेसरह भएर पनि परिणाममा हात नपरेकोले आगामी खेलका लागि केही आइडिया सिकेर फर्केको बताए ।
कार्यक्रममा बागलुङ क्रममा  म्याग्दी र पर्वतका क्रिकेट संघ, विद्यालयका खेल टिम र खेलाडीलाई व्याट, जर्सी र अन्य सामाग्री वितरण गरेका थिए । कार्यक्रममा ऐरीसँग फोटो खिचाउन खचाखच विद्यार्थी र खेलाडीहरुको उपस्थित भएका थिए । साथै, उनले ग्रेस इन्टरनेशलन सँगको सहकार्यमा वितरण गरेको बाहेक खेलाडीहरुले ल्याएका जर्सी र व्याटमा अटोग्राफ दिएका थिए ।
कार्यक्रममा म्याग्दी र बागलुङ क्रिकेट संघ, बागलुङ बजारमा रहेका विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरुको सहभागिता थियो । कार्यक्रममा ऐरीले पर्वतका केही विद्यार्थीलाई पनि जार्सी उपहार दिएका थिए । ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बस्टरको रुपमा ऐरीले काम गर्दे आएका छन् । ग्रेसले सन् २००६ देखि क्यानडा, अमेरिका, अष्टे«ेलिया, न्युनिल्याण्ड लगायतका देशमा जानका लागि भाषा कक्षा संचालन गर्दै आएको प्रबन्ध निर्देशक ओमकार पौडेलले जानकारी दिए ।
 

प्रतिक्रिया