अमलाचौरका आगलागी पिडितलाई नगरपालिकाको राहत

  • ब‌ैशाख २०, २०८१

बागलुङ-  घरमुनीको जंगलमा लागेको आगो बस्तीमा छिरेपछि बागलुङको बलेवामा चार घरगोठ जलेर नष्ट भएका छन ।  बागलुङ नगरपालिका, १२ बलेवा अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ पूर्ण रुपमा जलेका हुन् । जैमिनी नगरपालिका, १ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो डाँडाखेत बस्तिमा प्रबेश गरेपछि बस्तीको छेउमा भएका घरगोठमा आगोलागी भएको थियो । बुधबार दिउँसोबाट बस्ती भन्दा तल जंगलमा लागेको आगो एक्कासी बस्तीमा छिरेपछि स्थानीय यदुनाथ पाध्या र ददिराम पाध्याको घर गोठ जलेका हुन । आगोलागेर घरगोठ जलेका पिडित परिवारलाई बागलुङ नगरपालिकाले राहत प्रदान गरेको छ । May be an image of 13 people

May be an image of 2 people
नगरप्रमुख बसन्तकुमार श्रेष्ठ उपप्रमुख राजु खड्का सहितको टोलीले घटनास्थलमा पुगेर परिवारलाई राहत प्रदान गरेको हो । यदुनाथको घर पुर्ण रुपमा जलेर नष्ट भएको र घरमा कुनै पनि बस्तु नभएका कारण प्रारम्भिक चरणमा लत्ता कपडा, र खाद्य सामाग्री सहयोग गरिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । नगरपालिकाले चामल, दाल, लत्ताकपडा, ग्यास चुलो र दैनिक उपभोग हुन अन्य सामाग्री प्रदान गरेको हो ।  ‘आगोलागी भएर यदुनाथजीको घर गोठ पुर्ण रुपमा नष्ट भएको रैछ । हामीले स्थलगत अध्ययन पनि गरियो । नगरप्रमुख श्रेष्ठले भने,—‘नगरपालिकाले भर्खका लागि आवश्यक लत्ताकपडा खाद्यान्न र अन्य घरायसी अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ । नगरपालिको विपत व्यवस्थापन समितिबाट प्रदान गर्ने राहत हामी पुन प्रदान गर्नेछौं ।’ आगालागीबाट मौरीका घार केरा खेती पनि नष्ट भएको नगरप्रमुख श्रेष्ठले बताए । 
आगलागीबाट घाईते भएका गाई भैसी र बाख्राको पनि नगरपालिकाको पशु प्राविधिकको टोली पुगेर उपचार गरेको छ भने मरेका गाईभैसी बाख्राको व्यवस्थापनका निम्ती नगरपालिका जेसिबी प्रयोग गरेर खाल्टा खनेर उचित व्यवस्थाप गर्न लागेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । आगोलागी बाट पिडित यदुनाथ र ददिरामले व्यवसायीक रुपमा नै गाई भैसी पालन गरेका थिए । उनिहरुले दुध बेचेरै आम्दानी गरेको पैसाले घरपरिवार धान्दै आएका थिए । आगोलागी पिडितलाई यदुनाथको परिवारलाई स्थानिय अमलाचौरबासीले २० हजार ४ सय रुपैयाँ, नेकपा माओवादी केन्द्र अमलाचोरले २४ हजार २ सय रुपैयाँ अमलाचौर भजन समुहले नगद ५ हजार रुपैयाँ सहयोग गरेका छन ।  

May be an image of 10 people and tree
आगलागीबाट यदुनाथको १ घर र १ गोठ घर पुर्णरुपमा जलेर नष्ट भएको छ । उनको गोठमा रहेका २ भैसी, ३ गाई र ५ वटा बाख्रा पनि आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक ऋषिराम कंडेलले जानकारी दिए । कंडेलका अनुसार ददिरामको २ गोठ जलेका छन भने गोठमा रहेका १ गाई र १ बाख्रा जलेर मरेका छन । उनका  २ गाई र २ भैसी गम्भिर घाईते भएका छन । आगलागीबाट लाखौ रकम बराबरको सम्पती नष्ट भएको प्रहरी प्रमुख कंडेलले जानकारी दिए । ‘आगोलागीबाट गाई बस्तुका साथै अन्य घरायासी अन्नपात र धनसम्पती पनि नष्ट भएको छ । कति भएको त्यो अझै एकिन हुन सकेको छैन । प्रहरी प्रमुख कंडेलले भने’—‘आगो नियन्त्रणमा आए सँगै हाम्रो टोलीले यसको अनुसन्धान गरिहेको छ । एकिन विवरण आउन बाँकी छ ।  आगो निभाउने क्रममा पिडित ददिराम घाईते भएका थिए । उनको धौलागिरी अस्पताल बागलुङमा उपचार पश्चात घर फर्किएका छन । 

May be an image of 5 people
दिउँसोको समयमा हावाहुरी सहित वनमा लागेको आगोले घरमा सल्केपछि घरगोठ पुर्ण रुपमा क्षती भएको थियो । ‘घरभन्दा तल जंगलमा आगो लागेको थियो, बस्तीमा आउने भयो भनेर हामी तल जंगलको आगो निभाउन गयौं पिडित यदुनाथले भने,—‘हावाहुरी सँगै हामी भन्दा माथिबाट आगो आयो निभाउँदा खोज्दा खोज्दै गोठको परालमा समात्यो एकै छिनमा घरगोठ पुर्णरुपमा नष्ट भए गाई भैसी बाख्रा फुकाउन पनि पाएनौं । उनका ३ गाई २ भैसी सँगै ३ बोका र २ बाख्रा पनि जलेका छन यदुनाथका अनुसार ऋण तिर्नका लागि ल्याएको २ लाख रुपैयाँ र घरमा रहेको १ लाख रुपैयाँ नगद र झण्डै ७ तोला सून जलेर नष्ट भएको छ । आगो राती ११ बजे मात्र स्थानिय नेपाल प्रहरी, नेपाली सेनाको टोलीले नियन्त्रणमा ल्याएको थियो । 
आगोलागी भएको क्षेत्रमा नेपाल प्रहरीका प्रमुख नेपाली सेनाका प्रमुख ससस्त्र प्रहरीका प्रमुख, संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, वलावती पौडेल, काँग्रेसका जिल्ला नेता जगदिशचन्द पौडेल गाएतको टोली पुगेको थियो । 

May be an image of 4 people and grass

 

प्रतिक्रिया