वनलाई समृद्धिसंग जोड्ने गरी काम गर्नछौंः   मन्त्री शाही

  • फाल्गुण ११, २०८१

बागलुङ,- नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसंग जोड्ने गरि काम गरेको बताए । उनले बनमा उत्पादन भएका काठ लगायतमा जडिबुटीलाई व्यवस्थापन गर्ने कानुन निर्माण गरेर यसलाई समृद्धि सँग जोड्ने बताए । 
बागलुङको जैमिनी नगरपालिका—८ छिस्तीमा रहेको जनकल्याण माविको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले केही वन सम्बन्धी कानुनमा समस्या रहेका कारण उत्पादन भएका काठहरु खेर गएको र यसको व्यवस्थापनलाई अब कानुननै संसोधन गरेर अगाडी बढ्नुपर्ने बताए । 
मन्त्री शाहीले आगमी बजेटमा आफूले वन तथा वातावरणसम्बन्धी जोड दिएर कार्यक्रम ल्याउने जानकारी गराए । 

May be an image of 3 people
उनले पछिल्लो समय वन्यजन्तु बाँदर, बँदेल र हात्तिका कारण धेरै किसान समस्यामा परेको विषयमा सरकारले गम्भिरतापूर्वक लिएको बताउदै पहिलो चरणमा बाँदरलाई कृषि हानिकारक वन्य जन्तुका रुपमा लिएर किसानलाई क्षतिपूर्ती दिने व्यवस्था मिलाउने बताए । ‘जैमिनी क्षेत्रमा ठुलो समस्या बाँदर आतंक रहेछ । यसकै कारण यहाँ बसाई सराई पनि भएको रैछ मन्त्री शाहीले भने,—‘वयन्यजन्तुको आतंक रोक्ने उपायका कार्यक्रम ल्याउने छौं । यहाँको नगरपालिकाले निर्माण गर्ने भनिएको बाँदर बगैचालाई मन्त्रालयले आगमी दिनमा वजेट विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । 
उनले पछिल्लो समयमा सवै क्षेत्रमा जंगली वन्यजन्तुले किसानलाई आजित पारेको हुनाले यसको उचिज व्यवस्थापन गर्नुपर्ने बताए । 

May be an image of one or more people

मन्त्री शाहीले आजको आवश्यकता नैतिक शिक्षाको रहेको बताए । नैतिक रुपमा माथि उठ्न नसके हासिल भएको विकास र समृद्धिको काम नालग्ने भन्दै विद्यालयमा शिक्षाको पठन पाठन गर्नुपर्ने बताए । उनले कांग्रेस र एमालेको गठवन्धनको सरकारले विकास र समृद्धिको सवालमा फड्को मारेको बताए ।  

स्थायीत्वको लागि अहिलेको सरकारले नयाँ ढंगले काम गरिरहेको बताउँदै शिक्षा क्षेत्रमा लगानी अनुसार प्रतिफल नआएको मा चिन्ता व्यक्त गरे । शाहीले अब गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए ।  
उनले  वर्तमान सरकार आएपछि आर्थिक गतिविधि चलायमान हुनुका साथै रोकिएका कामले पनि गति लिन थालेकाले जनतामा आशाको सञ्चार भएको शाहीको भनाई थियो । 
कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभा प्रमुख सतेतक कुशम बुढा मगर, पुर्व मन्त्री मणीभद्र शर्मा कंडेल, नेकपा एमोलका केन्द्रीय सदस्य पूर्व सांसद सावीत्री राना, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल, विद्यालयका पुर्व शिक्षक हरि आचार्य, पुर्व गाविस अध्यक्ष केवश पौडेल लगायतले बोलेका थिए । 
कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक युगनाथ शर्माले विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वर्ण महोत्सवको अवसरमा चर्चित लोक तथा दोहोरी गायक बसन्त थापाको प्रस्तुती समेत रहेको थिो । 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष विमल श्रीषको अध्यक्षता विद्यालयका शिक्षक प्रेम सागर शर्माको स्वागत र शिक्षक राम शर्माको संचालनमा सम्पन्न भएको थियो । 

May be an image of one or more people and crowd

प्रतिक्रिया