बागलुङ- आदर्श स्पोट्र्स क्लब बागलुङको आयोजनामा तेश्रो संस्करणको आदर्श कप फूटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सोमबार गण्डकी प्रदेश सभा सदस्य डिल्ली राम सुवेदीले उद्घाटन गरेका छन । उद्घाटन समारोहमा बोल्दै सुवेदीले खेलकुद क्षेत्रको विकासका निम्ती गण्डकी प्रदेश सरकारले निरन्तर कार्यक्रम संचालन गरेको बताए । उनले विध्यालय स्तरबाटै खेलकुदका कार्यक्रमले गर्दा खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । सुवेदीले खेलकुदका अधिकाशं पुर्वाधार सार्वजनिक स्थलमा हुने पुर्वाधार बनाउन बन ऐनले गर्दा बागलुङको बांगेचौर खेलमैदान बन्न नसकेको बताए । उनले यसको समाधान निकाल्न जरुरी रहेको बताए । उनले विद्यालयले महिलालाई खेलकुदमा जोड्दा उनिहरुको पनि खेलमा विकास हुने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल हिसान नेपालका केन्द्रिय सदस्य नवराज श्रेष्ठ एनप्याब्समका केन्द्रिय सचिव एवम फ्युचर ब्राईटर स्कूलका प्रधान्ध्यापक बालकृष्ण शर्मा जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी शुभकामना मन्तव्य राखेका थिए ।
सोमबार भएको छात्र तर्फको पहिलो खेलमा अमर आर्दशले आयोजक आर्दश विद्यामन्दिरलाई ७-० गोल अन्तरले पराजित गराएको थियो ! छात्र तर्फकै दोस्रो खेलमा न्यु एभरेष्टले ३-२ विध्यामन्दिरलाइ स्तब्ध बनायो । त्यसैगरी छात्रा तर्फ भएको खेलमा चिल्ड्रेन लाइफ बोडिङ स्कुलले जितको सुरुवात गरेको छ । आयोजक आदर्शलाई १० लाई हराउँदै जितको शुरुवात गरेको हो । चिल्ड्रेनलाईफका श्रेया नेपालीले दोस्रो हाफको अन्तिम समयमा गोल १-० गोल हानेर विजयीको सुरुवात गरेकी थिईन । प्रतियोगितामा छात्रा तर्फ १८ टिमको सहभागीता रहेको छ भने छात्रा तर्फ ८ टिमको सहभागिता रहेको छ ।
क्लबका अध्यक्ष राजेश केसीको अध्यक्षता , क्लवकी कोषाध्यक्ष जुना केसीको स्वागत र क्लबका सचिव कमल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।
