बेलायत बस्ने टियाले पठाईन आफ्नो गाउँका विद्यार्थीलाई शैक्षिक सामाग्री

  • असोज २२, २०८०

बागलुङ-आफ्ना आमाबाबु सँग बेलायतमा बस्दै आएकी बागलुङकी एक १३ बर्षिय बालिका आफ्नो गाउँको विद्यालयमा सहयोग गरेकी छन । बागलुङ नगरपालिका—१२ अमलाचौर ज्यामिरे घर भै हाल लण्डनको रिभर एकेडेमीमा अध्ययन गर्ने बालिका टिया आचार्यले आफ्नो नेतृत्वमा केही रकम संकलन गरेर विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री पठाएकी हुन । टियाले बाबु चिरन आचार्य मार्फत अमलाचौरमा रहेको जगन्नाथ प्राविमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री र न्यानो कपडा पठाएकी हुन । गत वर्ष आफ्ना आमाबाबु सँग अमलाचौर आएको बेला सोही विद्यालयमा अध्ययनरत विद्यार्थीका सँग भेट्दै गर्दा उनले आफुले यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि केही सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिईन । सोही अनुसार उनि बेलायत पुगेपछि केही रकम संकलन गरि आफ्ना बाबु मार्फत विद्यार्थीका लागि न्यानो ज्याकेट, ट्रयाक सुट, जुत्ता, झोला तथा स्टेशनरी सामान समेत सहित पठाएकी थिईन । उनले पठाएको सामाग्री आईतबार एक कार्यक्रममा विच विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीका लागि हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानध्यापक बुद्धिप्रसाद आचार्यले जानकारी दिए । 

आइतवार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी र कृष्ण पाठकले ती सामाग्री बालबालिकालाई हस्तान्तरण गरेका थिए । टियाका बाबु चिरन शर्माले एक बर्ष अघि छोरी नेपाल आउँदा देखेको बिद्यालयलाई सहयोग गर्न चाहेपछि यो बर्ष सहयोग लिएर आएको बताए । यो बिद्यालयमा अधिकांस दलीत बिद्यार्थी पढ्छन् । 
कार्यक्रममा सुवेदीले अबका दिनमा सामुदायिक बिद्यालय बचाउन बिद्यार्थी टिकाउन सक्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न सकेमा मात्र भोलीका दिनमा बिद्यालय रहने भन्दै नत्र ग्रामीण तहका साना बिद्यालयहरुको अस्तित्व जोगाउन मुस्किल पर्ने बताए । त्यसकालागि अभिभावक र शिक्षक मिलेर गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए । 

राज्यले अब माथिल्लो कक्षाका बिद्यालय भने घटाएर खर्च कटौती गर्ने तथा आबासिय बिद्यालय बनाएर धेरै बालबालिकालाई एउटै स्थलमा पढाउने तथा गुणस्तर बिकास गर्ने काम थाल्नुपर्ने सुझाव दिए । अब संघियता सँगै केन्द्रले बिद्यालय हेर्ने नभइ स्थानीय सरकारलेनै हेर्नुपर्ने पनि बताए । उनले बीत्तिय र प्रशासनिक क्षेत्रमा पनि संघियता लागू भएमा मात्र देशको बिकास संभव हुने धारणा राखे । 

सांसद पाठकले बालबालिका पढाउने नाउँमा सहर पस्ने र बिदेश जानेबाट गाउँघरका बिद्यालय सुनसान भएको भन्दै बेलैमा बचाउने अभियानमा अभिभावक लाग्नुपर्ने सुझाव दिए । उनले बिद्यालयमा गुणस्तर पनि बढाउनुपर्ने भन्दै राज्यले शिक्षा क्षेत्रलाई प्राथमकिता दिनुपर्ने धारणा राखेका थिए । 

कार्यक्रममा नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलिया, वडा अध्यक्ष कोपिलामणी शर्मा लगायतले बोलेका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षता, चिरन शर्माको संचालन प्रधानाध्यापक बुद्धि चापागाईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

यसैबीच आइतवारै पृथ्वी हिरण्य माबिमा पनि शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले शिक्षा भौतिक पूर्वाधार बनेर मात्र गुणस्तर नहुने भएकोले त्यहाँका शिक्षक दक्ष बन्नुपर्ने, बिद्यालयमा प्राविधिक शिक्षाको शुरुवात हुनुपर्ने जस्ता सूचक पुरा गर्न सक्नुपर्ने धारणा राखे । उनले उक्त बिद्यालयको भवन आर्कषक बनिसकेकोले गुणस्तर सुधार हुने तथा बिपन्न बालबालिकाको पढाइमा पहुँच बढाउने खालका कार्यक्रम जोड्ने काममा साथ दिने बताए । 
कार्यक्रममा शिक्षक, अभिभावक र जनप्रतिनिधिले बिद्यालयको गुणस्तर सुधार गर्दै प्रविधिमय बनाउने योजना सुनाए । ती योजना पुरा गर्न स्थानीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका थिए । 
 

प्रतिक्रिया