शिवालय आधारभुत विद्यालयको ३८ औं बार्षिकोत्सव सम्पन्न

  • माघ २४, २०७८

बागलुङ- बागलुङ नगरपालिका–१३ पैयुँपाटा काभ्राबोटमा रहेको शिवालय आधारभुत विद्यालयको ३८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । कोरोना कहरका बिच पनि भौतिक दुरी कायम गरी रचनात्मक कार्यक्रम सहित विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको हो । बार्षिकोत्सवको मुख्य समारोहमा बोल्दै बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेलले सामुदायिक विद्यालयको संस्थागत विकासका निम्ती स्थानिय तहले नै अग्रता देखाउनुपर्ने बताए । उनले विद्यालयको शैक्षिक विकासका निम्ती शिक्षक, अभिभावक र विद्यार्थी सवैको उत्तिकै दायित्व हुने बताए । पौडेलले हरेक तहका सरकारले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राख्न जुरुर रहेको बताए । 
कार्यक्रममा बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा सदस्य एकनाथ रेग्मी भवानीप्रसाद  रिजाल स्थानिय समाजसेवी डा. राम बहादुर केसी,  नेकपा एमाले गण्डकी प्रदेश सदस्य उमानाथ शर्मा नेपाली कांग्रेस बा न पा १३ का सभापति चन्द्रबहादुर खत्री नेकपा माओवादी केन्द्र बा न पा १३ का अध्यक्ष रेशमबहादुर खत्री पूर्वअध्यक्ष रत्नाकर शर्मा, दीनानाथ शर्मा पूर्व प्रधानाध्यापक धर्मदत्त शर्मा, धनञ्जय शर्मा बलेवा पैयुपाटा बहुमुखी क्याम्पसका अध्यक्ष चुडामणि शर्मा पौडेल सल्लाहकार नरप्रसाद  रिजाल बाल  प्रभा प्रा बि घडेरीका प्रधानाध्यापक महेन्द्र अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक मुक्तिराम शर्माले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 
 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपती शर्माको अध्यक्षता शिक्षक सुवास रिजालको स्वागत र  शिक्षक डिल्लीराम रेग्मीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदाता लाई सम्मान गरिएको थियो ।  

प्रतिक्रिया