तमानखोलामा सुत्केरी आमा सँग गाउँपालीका उपाध्यक्ष कार्यक्रम 

  • चैत १४, २०७८

बागलुङ- तमानखोला गाउँपालिका उपाध्यक्ष मानशरी शेरचनले पालिकामा रहेका एक हजार दिन भित्रका सुत्केरी आमासँग भेटघाट कार्यक्रम तथा फिल्टर हस्तान्त्रण अभियान सुरु गरेकी छिन् । सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा विनियोजित बजेटले  स्वास्थ्य संयोजकसहित सुत्केरीलाई प्रत्येक वडामा पुगेर भेटघाट गर्ने उनीहरुको स्वास्थ्य अवस्था बुझने, सरसफाई तथ खानपानको विषयमा थप सचेत

गराउने र शुद्ध पिउने पानी पिउनका लागि पानी उमालेर तथा फिल्टर गरेर मात्र पिउने बानी बसाल्नका लागि फिल्टर वितरणसँगै सचेतना मुलक कार्यक्रम सुरु भएको उपाध्यक्ष मानशरी शेरचनले बताइन् । गाउँपालिकाको वडा नम्बर ३ तमान र ४ लाम्मेलाका हजार दिनका आमाहरुसँग भेटघाट भइसकेको छ । अन्य वडामा समेत भेटघाट गर्ने र एक सुत्केरी एक÷एक वटा  पानी फिल्टर गर्ने भाँडो हस्तान्त्रण अभियान सुरु गरिएको हो ।

गाउँपालिकाले सुरुमा सुत्केरी भेटघाटमा लोकल भाले उपलब्ध गराउने नीति लिए पनि दीर्घकालीन र सचेतनाका लागि सफा पानी पिउने र खानपान र ससफाईमा समेत सचेतना हुने भएका कारण फिल्टर उपलब्ध गराउन थालिएको शेरचनले बताइन् । 

प्रतिक्रिया