नेकपा मा‍ओबादी केन्द्रको केन्द्रीय सदस्यमा बागलुङबाट ६ जना

  • पुस १८, २०७८

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट खुलातर्फ  केन्द्रीय सदस्यमा १११ जना निर्वाचित गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् ।

माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्यवस्था गरेको छ । तर प्रचण्डले १११ जनाको नाम घोषणा गर्दै बाँकी ३४ जना पछि चयन गरिने बताए ।  प्रस्तावित नाम मध्ये बागलुङका ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा पुर्व शिक्षा मन्त्री दिनानाथ शर्मा हालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल,  हितमान शाक्य, बलावति शर्मा, कृष्ण केसी र हिमाल शर्मा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । देवेन्द्र पौडेल दिनानाथ शर्मा र बलावती शर्मा बागलुङ नगरपालिका १२ अमलाचौरका हुन भने  हितमान शाक्य  बागलुङ सदरमुकाम र हिमाल शर्मा जैमिनी नगरपालिका १ का हुन । दुवै जना हाल काठमाण्डौ नै बस्दै आएका छन । अर्का नेता कृष्ण केसी काठेखाेला गाउँपालिकाका हुन । 

प्रतिक्रिया