निःशुल्क स्वास्थ्य शिविरमा २ सय २५ जनाले सेवा लिए 

  • पुस १०, २०७८

बागलुङ-जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय २५ जनाले सेवा लिएका छन । स्थानिय बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाको आयोजना, कुश्मा अस्पताल र स्थानिय नारायणस्थान स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा मुटु रोग, स्नायु तथा मानसिक रोग लगायतका विरामीहरुले सेवा लिएका थिए । शिविरमा इसिजी, इको ल्याब सेवा सहित विरामीहरुको उपचार गरिएको बलेवा एकता बचत तथा ऋण सहकारीका प्रवन्धक भरत पौडेलले जानकारी दिए । 
शिविरको उदघाटन गर्दै बागलुङ नगरपालिका–१४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले सहकारीले शिविरको आयोजना गरी यस क्षेत्रका स्थानियलाई ठुलो राहत पु¥याएको बताए । उनले विषेशज्ञ चिकित्सको उपस्थितिमा संचालन भएको शिविरमा धेरै भन्दा धेरै नागरिकले फाईदा लिएकोमा आयोजक र सहयोगी संस्थालाई धन्यबाद प्रकट गरको थिए । 
शिविरमा बरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा.एस के जयसवाल, स्नायु तथा मानसिक रोग विषेशज्ञ डा. दिपेश भट्टराई, डा विशाल गुरुङ, मनोज कार्की लगायतको २१ जना डाक्टर र स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रदान गरेको थियो । शिविरका लागि चरक अस्पताल पोखराले पनि प्राविधिक सहयोग गरेको थियो ।  शिविरमा बलेवा क्षेत्रका अमलाचौर, नारायणस्थान, पैयुँपाटाको नागरिकले सेवा लिएका थिए । 
कार्यक्रम सहकारीका अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष धनबहादुर रोकाको स्वागत र संस्थाका प्रवन्धक भरत पौडेलको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया