बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघ र प्रदेश दुवै तहमा गठबन्धनको सरकार बन्ने बताएका छन । बागलुङको ढोरपाटन नगरपालिकामा आफ्ना मतदातालाई धन्यावाद दिँदै अबको पाँच वर्ष गठबन्धन आवद्ध दलहरु मिलेर सरकार चलाउने र मुलुकको समृद्धिका लागि खट्ने बताए । उनले गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुने हुँदा अहिले आवद्ध दलहरुकै सरकार बन्ने बताए ।
पौडेलले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्नेका निम्ती पनि मिलेर सरकारमा जानुपर्ने बताए । “यसअघि गर्न नसकेका कामहरु पनि छन्, उनले भने, पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमश पूरा गछौं ।”
उनले बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताए ।
चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै विकास र समृद्धिका लागि सवैलाई समेटेर अगाडी बढ्ने बताए । उनले ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलूलाई प्रर्बद्धनलगायतका काम जनताको चाहानाअनुसार हुने बताए । “जनताका आवश्यकता धैरै छन्, पौडेलले भने,– जनताका चाहाना अनुसार विकाश गछौ । ”