पैयुपाटामा पशु स्वास्थ्य तथा बाझोपन निवारण घुम्ती शिविर

  • चैत १०, २०८०

बागलुङ-   बागलुङ नगरपालिका - १३ पैयुँपाटामा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ ।  भेटेरिनेरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङको आयोजनामा शिविर सम्पन्न भएको हाे ।  वडा कार्यालयको समन्वयमा आयोजना गरिएको शिविरमा ३११ जना कृषकका पशुको स्वास्थ्य परिक्षण गरिएको थियो । 
शिविरमा ६१६ गाइभैसी, एक हजार १३० बाख्रा,१० बंगुर, ११ कुकुर, ६३० कुखुरालाई आन्तरिक तथा बाह्य परजीवी बिरुद्ध, बाझोपन निवारण सम्बन्धी र अन्य जिर्ण रोगको औषधी वितरण गरिएको पैयुँपाटाका पशु प्राविधिक पुर्ण प्रसाद पौडेल जानकारी दिए ।  शिविरमा घरपालुवा कुकुर तथा विरालोलाई रेविज विरुद्ध भ्याक्सिन प्रदान गरिएको थियो भने कृषकलाई  परामर्श दिइएको थियो । 

शिविर उद्घाटन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एव‌ बानपा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले  पशु चौपायमा विभिन्न रोग देखा पर्ने र यसले कृषकलाई ठुलो घाटा बेहोर्नुपरेको हुँदा यो अवस्था निवारणका लागि वडा तहमा शिविरको आयोजना गरिएको बताए । उनले आफ्ना पशुचौपायकाे स्वास्थ्यको बारेमा कृषक आफैले चासो दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा बागलुङ नगरपालिकाका कार्यपालिका सदस्य  ढाका बहादुर परियार, वडा सदस्य सुरज रिजाल, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका लेखा अधिकृत देव शर्मा आचार्य, वडा सचिब सुवाश गैरे, त्रिभुवन मावि पैयुँपाटाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. राम बहादुर केसी, नेपाली कांग्रेसका सभापती चन्द्र बहादुर केसी, लगायतले ज्ञान केन्द्रले आयोजना गरेको शिविरमा कृषकहरुलाई प्रत्यक्ष लाभ पुगेकाे बताएका थिृ । 

बिज्ञ केन्द्र प्रमुख डा.ऋषिराम सापकोटाको अध्यक्षतामा सम्पन्न शिविरमा पशु प्राविधिक केशवराज शर्मा पौडेल, खगेन्द्र बि.क. पुर्णप्रसाद पौडेल प्राबिधिक सेवा प्रदान गरेका थिए । शिविरमा  रामजी प्रसाद शर्मा र जीवन शर्माले सहयोगीको भुमिका निर्वाह गरेकाे स्थानिय चुडामणी शर्माले जानकारी दिए । 

 

प्रतिक्रिया