नेकपा एमाले बागलुङका जिल्ला सदस्य थापाद्वारा पार्टी छाडेको घोषणा

  • ब‌ैशाख १४, २०७९

बागलुङ- नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खिम थापाद्वारा पार्टी साधारण सदस्य समेत नरहने गरी नेकपा एमाले छाडेको घोषणा गरेका छन । बागलुङ नगरपालिका–१० भकुण्डेका थापा नेकपा एमाले भकुण्डेको इन्चार्ज र पार्टीको पर्यटन विभाग प्रमुख समेत रहेका थिए । सामाजिक सञ्चाल मार्फत आफुले पार्टी छाडेर स्वतन्त्र भएको उनले घोषणा गरेका छन । बागलुङ नगरपालिका १० भकुण्डेको वडा अध्यक्षका लागि आकंक्षी रहेका थापाले उम्मेदवार छनोटमा भएको अन्याय, र नेताहरुको दम्बका कारण आफु पार्टी छाडेको बताएका छन । पार्टीको इन्चार्ज र वडा अध्यक्षको दावेदार  भएता पनि वडाको उम्मेदवार बनाउँदा कुनै वास्ता नगरी अधिकतम कार्यकर्ताको चाहना के छ एक पटक पनि कुनै सल्लाह नगरी भकुण्डेका जनताको भविश्वप्रति खेलवाड गरेको भनी पार्टी नै छाड्ने घोषणा गरेको थापाले बताएका छन । ‘पार्टीमा जिल्ला तहका नेताको दम्ब र अहंकारले कार्यकर्ताको मनोभावना विपरित निर्णय गरे । थापाले भने–‘दम्भ, अहंकारी प्रवृति प्रति मेरो गम्भिर आपत्ती छ । कार्यकर्ताको भावनाको कदर नगर्ने  पार्टीको रबैया सहेर बस्न मन लागेन, कुनै लेखो पनि नराखी मनपरी तन्त्र गर्नेपार्टी किन बस्नु र त्यही सोचेर पार्टी नै छाडने घोषणा गरेको हुँ म पुर्ण स्वतन्त्र भएर लाग्नेछु । थापाले जिल्ला प्रदेश तहका नेताको पुर्वाहीले आम कार्यकर्ताको मन दुखाउने काम गरेको बताए ।
 नेकपा एमालेको तर्फबाट भकुण्डेको वडा अध्यक्षमा विजय थापालाई उम्मेदवारी बनाएको छ । भकुण्डेको वडा अध्यक्षका लागि नेकपा एमालेका जिल्ला नेता विष्णु प्रसाद शर्माले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । 
एमालेले वडा अध्यक्षमा उनलाई टिकट नदिए पनि उनि विद्रोह गर्दै आएको नेकपा एमाले श्रोतले जनाएको छ । 

प्रतिक्रिया