बागलुङ- बागलुङमा जारी कालीका कप खुला भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले हाता पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा गलकोट घुम्टे क्लबलाई ३÷२ सेटमा जित हात पारेको हो । चैत्राष्टमी मेलाको अवसरमा आयोजित खेलमा गलकोटलाई हराउँदै पुलिस क्लबले उपाधी जितेको हो । २/२ सेट बराबरी भएको खेलमा अन्तिम सेट पुलिसले जिते सँगै कालिका कपको उपाधी पुसिको हातमा परेको हो । अन्तिम सेटमा गलकोटले ९ स्कोर प्राप्त गर्दा पुलिसले १५ पु¥याएको थियो ।
पुलिसले विहिबार हिललाइट निर्माण सेवा सेतो र गलकोटले हिलसाइटकै निलो समूहलाई पराजित गरेर फाइनल यात्रा गरेका थिए ।
पहिलो सेमी फाइनल खेलमा पुलिसले ३÷१ सेटमा जित हात पारेको हो । त्यस्तै दोश्रो खेलमा गलकोट घुम्टे क्लबले हिललाईट निलोलाई पनि ३÷१ कै सेटमा पराजित गरेको थियो । दुवै खेल बेस्ट ५ मा खेलाइएपनि दुवै खेल ४ खेलमा टुंगिएका थिए ।
त्यस अघि भएका क्वाटर फाइनलको खेलमा हिलसाइट निर्माण सेवा निलोले निर्माण व्यवसायी संघ बागलुङलाई सोझो दुइ सेटमा जित निकालेको थियो । चैतेदशै मेलाको अबसरमा आयोजित खुला भलिबल प्रतियोगितामा १३ टिमले भाग लिएका थिए । खेलमा पहिलो हुनेले पुलिस क्लबले ३ लाख नगद सहित मेडल र प्रमाणपत्र पाउने छन् । दोश्रो हुने गलकोट घुम्टेले १ लाख ५० हजार प्राप्त गरेको भलिबल खेलका संयोजक अर्जुन खड्काले जानकारी दिए । प्रतियोगितमा तृतिय हुने हिलसाईड निर्माण सेवा निलोले ७० हजार र सान्त्वना हुने हिलसाईड सेवा सेतोले २० हजार नगद पुरस्कार पाउने खेल संयोजक खड्काले जानकारी दिए ।
मेलालाई आर्कषक बनाउन लोकदोहोरी गीत प्रतियोगिता, विभिन्न कलाकारको प्रस्तुती लगायतको आयोजना गरिएको छ । गन्तव्य कालीका अभियान सफल पार्न मेला र खेलले समेत साथ दिने कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।