बागलुङ- नेपाल निजामती कर्मचारी युनियनले जिल्लाका सवै स्थानिय तहमा आफ्नो संगठन विस्तार अभियानलाई तिब्र पारेको छ । युनियनले आगामी पौषमा हुने जिल्ला अधिवेशनलाई लक्षित गरी जिल्लाका दश वटै स्थानिय तहमा आफ्नो संगठन विस्तार अभियानलाई तिब्र बनाएको हो । अभियान अन्तरगत मंगलबार जिल्लाको गलकोट नगरपालिकामा प्रथम अधिवेशन सम्पन्न गरिएको छ ।
अधिवेशनले राजन जिसीको अध्यक्षतामा १३ सदस्यीय नेपाल निजामती कर्मचारी युनियन गलकोट गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना गौतम, डिलबहादुर विक, सचिवमा अर्जुन चालिसे सह–सचिवमा ठाकुर तिमिल्सीना र कोषाध्यक्षमा लक्ष्मण कंडेल चयन भएका छन । समितिको सदस्यहरुमा सरस्वती थापा केसी, जयन्ती कुमारी मल्ल, लोकेन्द्र गैरे, सुनिल खत्री, इश्वर पुन, सरिता ढकाल र राजन सुवेदी रहेको युनियनका जिल्ला सचिव आनन्द प्रसाद शर्माले जानकारी दिए ।
अधिवेशनको उदघाट्न गर्दै नेपाली काँग्रेस गलकोट नगरपालिकाका सभापति विरजंग भण्डारीले कर्मचारीहरुको एकताले स्थानिय तहको विकासमा टेवा पुग्ने बताए । उनले आफ्नो अर्काको संगठनको भन्दा पनि राम्रो काम गर्ने कर्मचारीलाई हरेक संघ संगठनले प्रोत्साहन गर्न जरुर रहेको बताए । भण्डारीले निजामती कर्मचारीहरुको हरेक सुख दुःखको सारथी भनेकै युनियन भएका कारण सवै कर्मचारीहरु यसमा गोलबद्ध भएकार आफ्ना अभियान संचालन गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सहसचिव फमबहादुर खत्री, गलकोट नगरपालिका–४ का वडा अध्यक्ष बलबहादुर खत्री वडा नं. ९ का वडा अध्यक्ष तेजबहादुर थापा त्रिलोक कार्यपालिका सदस्य कमला ढकाल पशु प्राविधिक संघ गण्डकी प्रदेशका उपाध्यक्ष बलराम अधिकारी लगायतले बोलेका थिए । कार्यक्रम कर्मचारीहरुको आधिकारी ट्रेड युनियन जिल्ला समितिका सहसचिव तुलबहादुर विकको अध्यक्षता नेपाल पशु प्राविधिक संघ केन्द्रिय सदस्य हरिदत्त सुवेदीको स्वागत र युनियनका जिल्ला सचिव आनन्द प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । युनियनले आगामी पौष १० गते जिल्ला अधिवेशनको मिति तय गरेको र त्यसबाट नयाँ नेतृत्व आउने नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यले जानकारी दिए ।