आदर्श सञ्चार अनलाईन छैठौं बर्षमा 

  • भदौ २२, २०८२

बागलुङ-   आदर्श संचार सहकारी संस्थाद्वारा संचालित आदर्श सञ्चार अनलाइन छैठौं वर्षमा प्रवेश गरेको छ । शनिवार अन्तरक्रिया कार्यक्रम सहित अनलाईनको छैठौं वार्षिकोत्सव मनाएको छ । 
संचार सहकारी मार्फत दैनिक र साप्ताहिक पत्रिकासँगै अनलाइन संचालन ल्याएर संचार क्षेत्रलाई फराकिलो दायरामा बनाएको सहभागीले जनाएका थिए । 
 अनलाइनलाई अझै प्रभावकारी बनाउन गर्नुपर्ने कामबारे अनलाइनको तर्फबाट सुझाव समेत माग गरिएको छ । जिल्लामा सहकार मार्फत सञ्चार क्षेत्रमा लगानी गर्न सकिने उदाहरण सहकारीले देखाएको सम्पादक रामबहादुर जिसीले बताए । उनले शुरुवातमा सहकारीले पुर्ण स्वामित्व लिएर सञ्चार माध्यमहरुलाई अगाडि बढाएपनि क्रमशः सञ्चार माध्यम आँफै सक्षम बन्ने वातावरण पनि तयार भैरहेको जानकारी दिए । जिसीले सहकारीले हाल सम्म गरेका गतिविधिका बारेमा जानकारी समेत गराएका थिए । 
सञ्चारलाई नै मुख्य केन्द्रमा राखेर संचालन गरिएको सहकारीले एक वर्षभित्र धौलागिरि क्षेत्रका सबै स्थानीय तहमा पुगेर एक सय पर्यटकीय गन्तव्यहरु चिनाउने लक्ष्य समेत राखेको जि.सीको भनाई थियो ।  सहकारीले सोही अनुसार धौलागिरीका १ सय पर्यटकिय गन्तवयको समेत पहिचाहन गरी सकेको छ । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रपत्रिकाको प्रभावकारितासँगै अनलाइनको आवस्यकता बढीरहेको बताए । उनले अहिलेको युग सँगै आदर्शले परिवर्तन गर्दै गएको बताए । उनले सामाजिक सञ्जालको प्रयोगले त अनलाइनहरुको उपयोगिता अझै बढाएको भन्दै हाल बन्द भएका सामाजिक संजाल पनि खुलेपछि अनलाइनहरुको प्रभावकारिता फेरी उजागर हुने बताए ।
कार्यक्रम आदर्श संचार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसीको अध्यक्षता डम्मर बुढा मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 


 

प्रतिक्रिया