नारायण रिजाल, बागलुङ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेलले राष्ट्रपतीको निर्वाचन पश्चात काँग्रेस सरकारमा सहभागी हुने बताएका छन । नेपाल शिक्षक संघ बागलुङको २२ औं जिल्ला प्रतिनिधि सभा तथा नबौं जिल्ला अधिवेशनको शनिबार बागलुङमा उद्घाटन गर्दै पौडेलले फागुन २५ गते पश्चात काँग्रेस सरकारमा सहभागि हुने बताए । उनले संघिय सरकार नेकपा माओबादी केन्द्रले नेतृत्व गरेपछि अन्य प्रदेश सरकारमा भने काँग्रेसको पनि नेतृत्व हुने जानकारी गराए । पौडेलले राष्ट्रपतीमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको बताए । ‘हामीले राष्ट्रपतीका उम्मेदवार जिताउँछौं त्यो ढोक्सा थापेको हैन पौडेलले भने,–‘हामीले जिताएको राष्ट्रपती संविधानको मर्म अनुसार चल्नुहुनेछ उहाँ अब काँग्रेस हैन मुलुकको राष्ट्रप्रमुख हो । बरु धर्ति आकाश जोडिएला रामचन्द्र पौडेलले हार्नुहुने छैन ।’ काँग्रेस सहित सात दल सँगै रहेको हुँदा संविधानको रक्षाका निम्ती पनि पौडेललाई नै सवैले मतदान गर्ने उनले बताए ।
उनले हालको राष्ट्रपति विद्यादेवी भण्डारी कुनै दलको अनुवाई भएर काम गरेको आरोप लगाए । ‘राष्ट्रपतिले पदको मार्यादा उङ्लघन गर्नु हुँदैन । विगतमा प्रधानमन्त्री केपी ओली हुँदा उहाँ अनुवाई नै बन्नु भयो पौडेलले भने,–‘अब त्यस्तो हुँदैन राष्ट्रपतिको पदको मर्यादा सुरक्षित गर्नका निम्ती काँग्रेसले उम्मेदवार प्रस्तुत गरेको हो । जब राष्ट्रपतिमा निर्वाचित हुनुहुन्छ उहाँ कुनै प्रधानमन्त्रीको अनुवाई हैन जनताबाट निर्वाचित राष्ट्रप्रमुख हो । उनले कुनै पनि निर्णय पुर्न विचार गरेर मात्र प्रमाणित गर्ने राष्ट्रपती देशका लागि आवश्यक रहेका कारण काँग्रेसले रामचन्द्र नै रोजेको बताए ।
पौडेलले राज्यले शिक्षा प्राथमिकतामा राख्न नसकेका कारण शिक्षा क्षेत्रको लगानी बालुवामा पानि हाले सरह भएको बताए । उनले अब शिक्षा, स्वास्थ्य जस्ता आधारभुत कुरालाई राज्यले पहिलो प्राथमिकतमा राख्नुपर्नेकुरामा जोड दिए ।
नेपालमा शिक्षकहरुको पेशागत मर्यादाको ख्याल गर्ने संस्था भनेकै नेपाल शिक्षक संघ रहेको भन्दै पौडेलले अब शिक्षकहरुले पनि बदलिँदो अवस्थालाई हेरेर शिक्षण सिकाईलाई परिवर्तन गर्दै लैजानुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्का, काँग्रेस बागलुङका सभापति जित शेरचन, काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापा, डिल्लीराम सुवेदी, डिलमाया पौवीले शिक्षकहरु बललिँदो अवस्था अनुसार शिक्षण सिकाईमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य देवेन्द्र खत्री, गण्डकी प्रदेशमा महासचिव सागर खरेल, नेपाली काँग्रेस बागलुङका सचिव एवं बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, काँग्रेसका जिल्ला सचिव एवं जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा, काँग्रेसका महाधिवेशन प्रतिनिधि भिम श्रीष, नेपाल शिक्षक संघका पुर्व केन्द्रीय सदस्य नारायण शर्मा पौडेल, पुर्व अध्यक्ष जगन्नाथ आचार्य, नेपाल शिक्षक महासंघका पुर्व अध्यक्ष गोपाल कुमार शर्मा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, काँग्रेसका क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल, सेवा निवृति शिक्षक एवं निसीखोला गाउँपालिका १ का वडा अध्यक्ष चन्द्र सिं राम्जाली, नेविसंघ बागलुङका अध्यक्ष विशेष पराजुली टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष इश्वर ठाकुर पौडेल, नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष यज्ञ बास्तोला म्याग्दीका अध्यक्ष नगेन्द्र खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल शिक्षक संघले सेवा निबृत ५५ जना शिक्षकलाई सम्मान गरेको छ । कार्यक्रम नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षता, उपाध्यक्ष सिता शर्माको स्वागत र सचिव अर्थ लक्ष्मीकान्त पौडेल राजेन्द्र र सहसचिव मदन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा उमाकान्त पौडेल र प्रेम सागर शर्माको उम्मेदवारी परेको छ । समितिको उपाध्यक्ष, सचिव लगायत सवै पदमा सर्वसम्मनत बनाउने प्रयास भएको शिक्षक संघ बागलुङले जनाएको छ ।