बागलुङ - आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानिय तहको निर्वाचनका लागि बागलुङमा क्रियाशिल राजनितिक दलले आफ्नो चुनावी प्रचार प्रसारका कार्यक्रम तिब्र बनाएका छन । बागलुङ नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ र उपप्रमुख नेकपा माओबादी केन्द्रका राजु खड्का सहितको उम्मेदवारको टोलीले आईतबार बलेवा क्षेत्रको पैयुँपाटा र नारायणस्थानका विभिन्न स्थानमा घरदैलो तथा चुनावी कार्यक्रम सम्पन्न भएको छ । पैयुँपाटाको बास्कोटबाट सुरु भएको चुनावी अभियान, घडेरी, डाँड, जलजला, मुसुराबारी, सल्यान, रेग्मीफाँट रोकापाला र नारायणस्थानको हटियामा सम्पन्न भएको छ । अभियानमा नगरप्रमुख उपप्रमुख वडा अध्यक्ष सहितका उम्मेदवारहरुले जनताका गुनासाहरु टिपोट गर्दै यिनै गुनासोको सम्बोधनका निम्ती गठबन्धनका दलका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।
मतदाता भेटघाट तथा चुनावी कार्यक्रमा बोल्दै नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिका हरेक नागरिकलाई उद्यम सँग जोड्ने प्रतिवद्धता जनाएका छन । उनले विपन्न दलित, जनजाती महिला र वेरोजगार युवालाई उद्यम र रोजगार सँग जोड्नका लागि आफुहरुले छुट्टै योजनका साथ आगाडी बढ्ेको बताए । श्रेष्ठले बलेवा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरले जोडिएको क्षेत्र भएका कारण यहाँ भोलका दिनमा विभिन्न किसिमका उद्योग व्यवसाय संचालन गर्न सम्भव रहेका कारण त्यसमा सवै क्षेत्रका नागरिकलाई जोड्न सकिने बताए । उनले यस क्षेत्रको विकासका निम्ती फरक रणनितिका साथ अगाडी बढ्ने बताए । श्रेष्ठले बागलुङ नगरपालिकाका हरेक कार्यक्रम प्रमाण, तथ्य र तथ्याङ्कका आधारमा बजेट र निती योजना तर्जुमा गर्ने अठोट गरे । ‘हामी निर्वाचित भए सँग हचुवाको भरमा कुनै योजना बनाउँदैनौं श्रेष्ठले भने जनताले चाहना र अवश्यकता अनुसार तपाईहरुकै सल्लाहमा योजना निर्माण गर्नेछौं । हरेक नागरिकका समस्यालाई सम्बोधन गरेर लैजानेछौं । त्यसका लागि समन्वय र सहकार्य गरेर अगाडी बढ्नेछौं ।’ श्रेष्ठले गठबन्धनका दलका उम्मेदवारले देखेको विकासको सपना आगामी पाँच वर्षमा पुरा गर्ने अठोट गरे । उनले बलेवालाई सदरमुकाम सँग जाड्ने कुश्मिसेरा सडक खण्ड अन्तरगत दब्लाङको पहिरो व्यवस्थापनका लागि उचित पहल थालिने समेत बताए । बलेवा क्षेत्र ऐतिहासिक क्षेत्रको रुपमा विकास गरी यहाँको विमानस्थल र धार्मिक पर्यटनको गन्तव्य भैरवस्थान मुलाबारी जस्ता पर्यटकिय क्षेत्रको विकासका निम्ती उचित पहल थाल्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुखका उम्मेदवार राजु खड्काले नगरपालिकाबाट सम्पादन हुने हरेक कामलाई चुस्त दुरुस्त बनाउनुका साथै सहज र प्रभावकारी सेवा प्रवाहमा जोड दिने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेल, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला ईन्चार्ज बलावती शर्मा, नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक उमाकान्त शर्मा बाबु, बानपा १३ का वडा अध्यक्षका उम्मेदवार नारायण शर्मा पौडेल, जनता समाजबादीका केन्द्रीय सदस्य चित्र सापकोटा, माओबादीका बागलुङ नगर सदस्य प्रकाश सुवेदी रखाल काँग्रेसका युवा नेता सागर परियार लगायतले बागलुङ नगरपालिकामा सुसासन कायम गर्न गठबन्धनका दलका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।
कार्यक्रम नेपाली काँग्रेस पैयुँपाटाको सभापति चन्द्रबहादुर खत्रीको अध्यक्षता नेकपा माओबादीका अध्यक्ष रेशम बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।