बागलुङ - नेपाली काँग्रेस बागलुङ नगरपालिकाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सक्रिय बन्न वडा र टोल तहमा आग्रह गरेको छ । नगरसमितिको आईतबार बसेको बैठकले नगरपालिका भित्रका सवै वडा तहका नेता तथा कार्यकर्तालाई काँग्रेसको पक्षमा मतदान गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेको हो । नगरसमितिले आउँदो निर्वाचनमा बागलुङ क्षेत्र नं। १ का प्रत्यक्ष तर्फका उम्मेदवार भिम श्रीषलाई निर्वाचित गराउन वडा र टोल टोलमा काँग्रेसको अभियान संचालन गरेर आफ्ना भोट सुरक्षित गर्न आग्रह गरेको छ । नगरसमितिले आफ्ना उम्मेदवार घरदैलोमा आउँदा सहजिकरण गर्नुका साथै सल्लाह सुझाव समेत प्रदान गर्न आग्रह नगर सभापति उमाकान्त शर्मा बाबुले जानकरी दिए । नगरसमितिले वडा सभापतिको संयोजकत्वमा वडा तहमा निर्वाचन प्रचार प्रसारका काम गर्नुका साथै आम मतदातालाई मतदाता शिक्षा समेत प्रदान गर्न आह्रवान गरेको छ । बागलुङ क्षेत्र नं। १ मा काँग्रेसको तर्फबाट भीम बहादुर श्रीष राना प्रत्यक्ष तर्फका उम्मेदवार छन भने समानुपातिकमा शुकन्तला शर्मा, पार्वती आचार्य रहेका छन । त्यसैगरी क्षेत्र नं। २ मा टेकराज पौडेल प्रत्यक्ष तर्फ छन भने समानुपातिकमा रेणुका काउचा मगर रहेकी छन ।