बुर्तिबाङ- जिल्लाको पश्चिम बुर्तिबाङ क्षेत्रका व्यवसायी ऋतुवर्ण पौडेलको शोकमा बुधबार बुर्तिवाङ बजार बन्द गरिएको छ ।
बागलुङ जिल्ला सदरमुकाम पछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिवाङ बजार पौडेलको शोकमा बन्द गर्ने निर्णय भएको ढोरपाटन उद्योग बाणिज्य संघका महासचिव रामनारायण सुवेदीले जानकारी दिए ।
पौडेल उद्योग वाणिज्य संघ ढोरपाटनको उपाध्यक्ष हुन । पौडेलको शोकमा ढोरपाटन नगरपालिका १ मा रहेको बुर्तिबाङ बजार बुधबार १ दिन बन्द गर्न ढोरपाटन उद्योग वाणिज्य सघंले आग्रह गरेको छ । मंगलबार साँझ निसिखोलाबाट बुर्तिवाङ तर्फ आउदै गरेको पिकअप दुर्घटनामा पौडेलको निधन भएको थियो ।
दुर्घटनापछि मंगलबार साझँ ढोरपाटन उद्योग वाणिज्य सघंको आकस्मिक बैठकले पौडेलको मृत्यु भएको शोकमा बजार बन्द गरेर शोक मनाउने निर्णय गरेको महासचिव सुवेदीले जानकारी बताए । पौडेल पूर्व स्वास्थ्यकर्मी तथा हाल नेकपा एमाले ढोरपाटन नगर कमिटिको अध्यक्ष समेत हुन । उद्योग वाणिज्य संघले शोकको घडिमा बुर्तिबाङ स्थित सम्पुर्ण पसल तथा व्यबसाय बन्द गर्न आग्रह गरेको छ । पौडेलको पार्थिव शरिलाईको बुधबार बुर्तिवाङमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।