बागलुङ- बागलुङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यही बैशाख ९ गते देखी २० गते सम्म संचालन हुने परिक्षामा बागलुङ जिल्ला भर ४ हजार ८९३ जना विद्यार्थी सहभागि हुनेछन । जसमा ४५ जना गे्रड बृद्धि तर्फ र २५५ जना विद्यार्थी प्राविधिकधारको रहेको शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए । यस वर्ष २ जना दृष्ट्रिविहिन विद्यार्थीले परिक्षामा सहभागी जनाउने छन ।
उपाध्यायका अनुसार सवै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकिएको र केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्य भइरहेको छ । परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका जिल्लामा आई सकेको र बैशाख ७ गते भित्र सवै केन्द्रमा पु¥याईने उपाध्यायले बताए । जिल्लामा ३१ वटा केन्द्र रहेका छन भने प्राविधिक धारको परिक्षा सदरमुकाममा रहेको रुद्रेपिपल माविबाट मात्र संचालन हुनेछ । परिक्षाका लागि प्रत्येक केन्द्रमा २० जना विद्यार्थी बराबर १ जना निरिक्षक २ जना सहायक केन्द्राध्यक्ष र १ जना परिक्षा सहायक रहनेछन ।
यसअघि कोभिड–१९ को सक्र्रमण बढेपछि दुई पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो । यस वर्ष देशभर पाँच लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्, जसमा नियमिततर्फ चार लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुनेछन ।
यसै वर्षदेखि शिक्षा मन्त्रालयले एसईईमा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पूरा हुनैपर्ने प्रावधान हटाएको छ । भने सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरेको छ । विगतमा सैद्धान्तिकतर्फ न्यूनतम उत्तीर्ण अङ्क समेत ल्याउन नसक्ने परीक्षार्थीले पनि प्रयोगात्मकतर्फ उच्च अङ्क ल्याउने गरेको र यसले समग्र नतिजाको ग्रेडिङ गर्दा उच्च स्थानमा पार्न सहयोग पु¥याउने गरेको थियो ।