• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

काँग्रेसको बन्द सूचिमा बागलुङबाट तिन जना 

  • असोज ९, २०७९

बागलुङ-  यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका निम्ती काँग्रेसको समानुपातीक बन्द सूचिमा बागलुङबाट तिन जनाको नाम टुंगो लागेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधि सभा तर्फ १ जना र प्रदेश सभातर्फ २ जनाको नाम टुंगो लागेको बताईएको छ । प्रतिनिधि सभा तर्फ काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघका केन्द्रीय सदस्य रेणुका काउचा मगर रहेकी छन । उनि बागलुङबाट प्रतिनिधि सभाको समानुपातिका लागि काँग्रेसको बन्द सूचिमा पर्ने एक मात्र व्यक्ति हुन । काँग्रेसले गण्डकी प्रदेश सभा तर्फ काँग्रेस बागलुङका नेता कृष्ण शंकर श्रेष्ठ र नेविसंघका पुर्व उपाध्यक्ष सागर परियारलाई बन्द सूचिमा सिफारिस गरेको छ । 
    काँग्रेसले प्रतिनिधि सभातर्फ ११० जनको नाम बन्द सूचिमा राखेको छ भने गण्डकी प्रदेश सभा तर्र्फ २४ जनाको नाम बन्द सूचिमा राखेको हो । काँग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै संस्थापन इतर समुहले अहिले पठाएको बन्द सूचिको नामावालीमा फेरबदल गर्नुपर्ने माग राखेका छन ।  
को हुन रेणुका काउचा मगर ?
    प्रतिनिधि सभामा सिफारिस भएकी रेणुका काउचा मगर विद्यार्थी राजनितिबाट पार्टीको मुल राजनितिमा सक्रिय भएकी हुन । बागलुङको गलकोट नगरपालिका–११ रिघामा जन्मिएकी काउचाले काठमाण्डौंबाट आफ्नो राजनितिक यात्रा सुरु गरेकी थिईन ।  काठमाण्डौंको सरस्वती क्याम्पसबाट विद्यार्थीं राजनितिमा सक्रिय भएकी काउचा क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको तर्फबाट कोषाध्यक्षमा विजयी भएकी थिईन । पुर्व मन्त्री विना मगर स्ववियु सभापति हुँदा नेविसंघको तर्फबाट कोषाध्यक्षमा काउचाले एक्लै जितेकी थिईन । उनि नेपाली काँग्रेस बागलुङको जिल्ला सदस्य हुँदै काँग्रेसको दुई÷दुई पटक महाधिवेशन प्रतिनिधि भएकी छन । नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएर काम गरेकी काउचा नेपाल महिला संघको केन्द्रीय सदस्य र हाल आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य हुन । उनि गलकोट नगरपालिका बागलुङका निवर्तमान उपप्रमुख समेत हुन । 
काउचा २०७० सालको संविधान सभाको निर्वाचनमा समेत समानुपातीकको बन्द सूचिमा सिफारिस भएकी थिईन । 

को हुन कृष्ण शंकर श्रेष्ठ ?
प्रदेश सभा तर्फ बन्दसूचिमा नाम सिफारिस भएका कृष्ण शंकर श्रेष्ठ नेपाली काँग्रेस बागलुङ नगरपालिकाको सचिव हुँदै काँग्रेसको जिल्ला सदस्य, कोषाध्यक्ष, महाधिवेशन प्रतिनिधि भएर काम गरेका थिए । बागलुङ नगरपालिका–२ का श्रेष्ठ नेपाली काँग्रेसको वित्त तथा सहकारी विभागको केन्द्रीय सदस्य समेत भएका हुन ।  हाल काँग्रेस बागलुङको सल्लाहकार हुन । उनि धौलागिरी अस्पताल विकास समितिमा काँग्रेसकै तर्फबाट व्यवस्थापन समितिको सदस्य समेत छन । श्रेष्ठ आदिवासी जनजातीबाट सिफारिसमा परेका छन । 
को हुन सागर परियार ?
गण्डकी प्रदेश सभा सदस्यका लागि नै समानुपातिकको बन्द सूचिमा परेका सागर परियार नेपाल विद्यार्थी संघको राजनितिबाट काँग्रेसको मुल राजनितिमा सक्रिय भएका हुन । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा जन्मिएका उनि नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष हुन भने नेपाल दलित संघको सचिव र महामन्त्रीको रुपमा समेत काम गरेका थिए । काँग्रेस बागलुङका पुर्व जिल्ला सदस्य भएका काम गरेका परियार काँग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका थिए । बागलुङ क्षेत्र नं. १ (ख) बाट प्रत्यक्ष तर्फ सिफारिस भएता पनि उनको नाम समानुपातिकमा (दलित) तर्फ १ नम्बरमा नै सिफारिस भएको बताईएको छ । 

नेपाली काँग्रेस बागलुङले प्रतिनिधि सभाका लागि क्षेत्र नं. १ बाट समानुपातिक तर्फ  नौं जना र क्षेत्र नं. २ बाट  ४ जनाको नाम  सिफारिस गरेको थियो । जसमा जम्मा एक जनाको नाम मात्र बन्द सूचिमा परेको छ ।  त्यसै प्रदेश सभा तर्फ चार वटै क्षेत्रबाट ३१ जनाको नाम सिफारिस गरेको हो । त्यसमा क्षेत्र नं. १ का (क) र (ख) बाट दुई जनाको मात्र नाम सिफारिस भएको छ । बन्द सुचिमा प्रतिनिधि सभा तर्फ क्षेत्र नं. १ शुन्य छ भने प्रदेश सभा तर्फ क्षेत्र नं. २ शुन्य रहेको छ ।  गठबन्धन हुँदा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ बागलुङका कुनै पनि क्षेत्र काँग्रेसले नपाउने चर्चा चलेको छ । कुनै पनि क्षेत्र नपाउने र समानुपातिकमा पनि थोरैको नाम सिफारिस हुँदा बागलुङ काँग्रेसका कार्यकर्ताले असन्तुष्टी पोखेका छन । 


 

प्रतिक्रिया