• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

बागलुङमा प्रतिनिधि सभामा १५ र प्रदेश सभामा २१ जनाको उम्मेदवारी दर्ता - फोटो फिचर

  • असोज २४, २०७९

बागलुङ- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङ जिल्लामा ३६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । विभिन्न राजनितिक दल र स्वतन्त्र गरी दुई प्रतिनिधि सभा क्षेत्रमा १५ र चार प्रदेश सभा क्षेत्रमा २१ गरी जम्मा ३६ जनाले  मनोनयन दर्ता गराएका हुन । 

May be an image of 8 people, people standing and outdoors

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरि संयुक्त रुपमा उम्मेदवारी दिएका छन ।  नेकपा एमाले सँग अन्य दलको गठबन्धन भए पनि जिल्लामा एक्लै रहेको छ । अन्य राना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राप्रपा नेपाल, नेपाली काँग्रेस (वी.पी.), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले भने एकल रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा २ जना स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागलुङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा एमालेका केन्द्रीय सदस्य डा. सुर्य पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल, नेपाली काँग्रेस (वी.पी.)का शिवलाल सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कृष्ण शंकर श्रेष्ठ र चन्द्र बहादुर क्षेत्री ले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठ गठबन्धनका बागी उम्मेदवार हुन् । श्रेष्ठ नेपाली काँग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष हुन् ।

क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा, नेकपा एमालेका हिरा बहादुर केसी, राप्रपाका डिल्ली प्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्त बहादुर वि.क.ले मनोनयन दर्ता गराएका छन् । यस्तै दिपेन्द्र हमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश (ख)बाट सत्ता गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका डिल्लीराम सुवेदी, नेकपा एमालेका नवराज पौडेल, राप्रपाका गोविन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहविर थापाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत डा‍ दिवाकर भट्टले जानकारी दिए ।

बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा ३ जना स्वतन्त्र सहित ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेशनल अर्गनाइजेशन पार्टीबाट गोर्वधन घर्ती मगर र नेकपा जनमुक्ति पार्टीका चित्र प्रसाद गुरुङले मनोनयन दर्ता गराएका छन् । यस्तै तुलसीराम अर्याल, गणेश कुमार थापा र डिल बहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

May be an image of 5 people, people sitting, people standing and indoor

क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला अध्यक्ष जित शेरचनले उम्मेदवारी दिएका छन् । यस्तै प्रकाश घर्ती र भिमलाल पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका घर्तीलाई नेकपा एमालेले समर्थन गरेको छ । भने पोखरेल राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव हुन । 

क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)म सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दोर्ण कुमार कुँवर, नेकपा एमालेका जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जनता समाजवादी पार्टीका गंगा बहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका तारा बहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै दिपक थापा, नर बहादुर गुरुङ, दुर्गादेवी घर्ती, कर्मती पुन र टेक प्रसाद कामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको  मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । 

राजनीतिक दलहरुले नारा जुलुस सहित मुख्य निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । क्षेत्र नम्बर १ का उम्मेदवारहरुले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिएभने क्षेत्र नम्बर २ का उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

May be an image of 7 people, people standing and outdoors

तीन जनाको उम्मेदवारी अस्वीकृत
बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका तीन जनाको उम्मेदवारी अस्वीकृत भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनि समयमै निर्वाचन आयोगमा खर्च विवरण नबुझाएको भन्दै कालो सूचीमा परेका तीन जनाको उम्मेदवारी अस्वीकृत भएको सहायक निर्वाचन  रिजालले बताए ।

क्षेत्र नम्बर २ प्रतिनिधिसभामा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही, प्रदेशसभा (क)मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका शान्ता कुमारी चन्द र प्रदेशसभा (ख)मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरेलको उम्मेदवारी अस्वीकृत भएको सहयक निर्वाचन अधिकृत रिजालले बताए ।

शाहीले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न रसिद समेत काटिसकेपछि कम्प्युटर ईन्ट्री गर्ने बेलामा अस्वीकृत भएको हो ।

 

May be an image of 10 people, people standing, outdoors and text that says 'संविधानको रक्षा अग्गमनको यात्रा प्रतिबदता सिंगो बागलुडको विकासमा प्रतिनिध्धि सभा सदस्य तथा पदेश सभा सदर्य निर्वाचनका लागि पाँच दलिय गठबन्धनको तफंबाट उम्मेदवारी मनोनयन कार्यक्रम २०७৮ असोज १३ गते प्रतिनिधि सभा क्षेत्र'May be an image of 10 people, people standing and outdoors

निर्वाचनमा १ लाख ९२ हजार मतदाता सहभागि हुने
मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङका १ लाख ९२ हजार २ सय २७ मतदाता मतदानमा सहभागी हुँदैछन् ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ मतदाता रहेको छन् ।

क्षेत्र नम्बर १ को (क)मा ५० हजार ५ सय ८० जना र (ख) मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को (क)मा ५४ हजार ३ सय ३४ र (ख)मा ४१ हजार २ सय २७ मतदाता रहेका छन् 

 

May be an image of 3 people, people standing and outdoors

प्रतिक्रिया