प्रचार प्रसारको शैली फेर्दे राजनितिक दल र उम्मेदवार

  • कार्तिक २८, २०७९

नारायण रिजाल, बागलुङ— प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन एक साता मात्र बाँकी रहेको छ । निर्वाचन नजिकिए सँगै राजनितिक दल र उम्मेदवारहरुले आफ्नो चुनावी प्रचार प्रसारका कार्यक्रमलाई तिब्र बताएका छन । विगतमा भन्दा यस पटक दल र उम्मेदवारहरुको प्रचार प्रसारको शैलि भने अलि फेरीएको छ । विगत जस्तो चुनावी सभाका कार्यक्रम कम नै भएका छन । 
चुनावी सभा भन्दा घरदैलोमा जोड
जिल्लाका २ प्रतिनिभि सभा र ४ वटै प्रदेश सभाका उम्मेदवार यतिबेला जनताको घरदैलो र खेतबारीमा पुगेका छन । उनिहरुले चुनावी सभाका कार्यक्रम भन्दा घरदैलोलाई नै जोड दिएका छन । गाउँघरमा अन्न बाली पाकेर भित्राउने बेला भएका कारण मतदातालाई भेटन उम्मेदवारहरु घर–घर देखी खेतबारीमै पुगेका छन । 
स्थानीय मतदाताहरू यतिबेला धान, कोदो भित्राउने चटारोमा छन् पहिलेका निर्वाचनमा जस्तो नेताहरू आएपिच्छे बाजा बजाउने, सयौंको संख्यामा नेता कार्यकर्ता उपस्थित हुने सांगितिक कार्यक्रम आयोजना गर्ने जस्ता चलन अलि हट्दै छन ।  उम्मेदवारहरू घरघर र खेतबारीमा  गएर भोट मागिरहेका छन ।
मतदातालाई प्रत्यक्ष भेटघाटलाई प्राथमिकता
 ‘विगतमा विभिन्न स्थानमा मतदातालाई बोलाएर चुनावी सभा गर्ने गथ्यौं यस पटक अलि प्रचार प्रसारको शैलि फेरीएको छ काँग्रेसका क्षेत्र नं. १ प्रदेश सभा(२) का काँग्रेसका उम्मेदवार डिल्लीराम सुवेदीले भने,–‘यस पटक हामी सवै जनताको घरदैलोमा पुगेका छौं । जनताको गुनासो सुन्ने काम भैरहको छ । सकेसम्म प्रत्यक्ष रूपमा मतदातालाई भेट्ने र उनीहरूका कुरा सुन्ने योजना अनुसार नै हामी मतदाताको घरघरमा पुगेका छौं । चुनाव प्रसार प्रसारको काम विगतमा भन्दा अलि  फरक शैलीको भएको छ । मतदातालाई प्रत्यक्ष भेटघाटलाई नै प्राथमिकता दिएका छौं ।  
उनले उमेरले ८० वर्ष पुगे पनि प्रतिनिधि सभाका उम्मेदवार चित्रबहादुर केसीको जोसले चुनावी माहोल नै फरक बनाएको  बताए । विपक्षीले आराम गर्ने उमेरमा उम्मेदवार भएको भनेर जिस्काईरहँदा केसीले घरघरमै पुगेर मतदातालाई भेटेका छन सुवेदीले भने । 
मतदाताको चाहना अनुसार घरदैलोमा   
बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका साझा उम्मेदवार हुन । केसीले मतदातालाई भेट्दै जनताको चाहना अनुसार पुन घरदैलोमा आएको र संविधानका रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनका आग्रह गरेका छन । उनले मुलुकमा नेकपा एमालेले संगट निम्त्याएको हुँदा देशलाई दुर्घटनाबाट जोगाउन आफु सँगै गठबन्धनका उम्मेदवारलाई मतदान गर्नका निम्ती जनता समक्ष आग्रह गरेका छन । ‘म उम्मेदवार भै रहँदा विपक्षीदलका साथीहरुले आराम गर्नुपर्ने उमेरमा उम्मेदवार भयो भनेर जिस्काउँदा रहेछन । केसीले हास्दै भने,–‘देशको बारेमा चिन्ता नगर्नेले मेरो बारेमा किन चिन्ता गर्नुपर्यौ म संसदमा पुगेर बलियो उस्थिति देखाएर संविधानको रक्षाको निम्ती लाग्नेछु । ढुक्क हुनुहोस जनताकै पक्षमा उभिने छु ।’
खेतबारीमा पुगेकालाई टाढैबाट बोलाउँदै मत माग्दै
केसी सँग प्रतिस्पर्धी रहेका नेकपा एमालेका सुर्य पाठकको प्रचार प्रसारको शैली पनि नयाँ नै छ । उनले पनि घर–घरमै पुगेर र खेतबारी भएकोलाई टाढाबाट बोलाएर भए पनि भोट मागेका छन । केसीले मतदाताको घरमा म आएको थिए भनेर चिठी र आफ्नो प्रचार सामाग्री समेत राख्ने गरेका छन । ‘कामको समय प¥यो घरमा कोही हुनुहुन्न घर देखी नजिकै भए केहीलाई भेटेरै भोट मागेका छौं केहीलाई बोलाएर पनि भन्ने गरेका छौं । एमालेका उम्मेदवार पाठकले भने,–घरभन्दा बाहिर रहेकालाई फोन मार्फत सम्पर्क गरी तपाईको घरमा भोट माग्न आएको थिए भनेर पनि सम्झाउने गरेका छौं । ग्रामिण क्षेत्रमा बढ्दो बसाईसराई भएको मतदाता पनि खेतबारीमा त्यसैले चुनाव प्रचार प्रसारको शैलीनै परिवर्तन गरेका छौं । 
बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनका केसी र नेकपा एमालेका डा.पाठक विच प्रतिस्पर्धा हुने देखिएको छ । यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल पनि यसै क्षेत्रमा उम्मेदवार रहेका छन ।  प्रदेश सभा तर्फ सुवेदी सँग नेकपा एमालेका नवराज पौडेल रहेका छन । पौडेल केही समय पहिले काँग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन । यता क्षेत्र नं. १ प्रदेश सभा (१) मा काँग्रेसका दिपेन्द्र बहादुर थापा र नेकपा एमालेका हिरा बहादुर केसी विच कडा प्रतिस्पर्धा हुने देखिएको छ । थापा काँग्रेसका निवर्तमान सभापति हुन भने केसी एमालेका जिल्ला अध्यक्ष हुन । 

तश्विर ः बारीमै पुगेर भोट माग्दै प्रदेश सभाका उम्मेदवार डिल्लीराम सुवेदी
 

प्रतिक्रिया