बागलुङ - मंगलबार राति देखी परेको अविरल वर्षा सँगै परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्ग बुर्तिबाङ–निसी खण्ड अवरुद्ध भएको छ । लोकमार्ग अन्तरगतको निसीखोला गाउँपालिका–६ सिप क्षेत्रमा झण्डै २ फिट बाक्लो हिउँ जम्न गई सडक पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवत्ता डिएसपी ईकवाल हवारीले जानकारी दिए । हिउँ पर्दा यस क्षेत्रको जनजिवन पनि प्रभावित परेको छ । जिल्लाको अन्य उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्ष लगायत तमानखोला, गलकोट, काठेखोला गाउँपालिकाको घोडाबाँधे, ताराखोला, जैमिनी नगरपालिकाको गाजा दह र बडिगाडको माथिल्लो क्षेत्रमा क्षेत्रमा बाक्लो हिमपात परेको छ । हिमपातका कारण दैनिक काममा निश्कन र पशुचौपायालाई घाँस दान खुवाउन कठिनाई भएको गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचाले बताईन । हिउँले उच्च पहाडी क्षेत्र छपकै छोपेको छ । वर्षा र हिमपात हुँदा गहुँखेती सर्प्रने आसामा कृषकहरु खुःसी भएका छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधेदेखि बुर्तिवाङ खण्डको ठाउँ ठाउँमा हिमपात भएको बुर्तिबाङ जाँदै गरेको युवा नेता हरिहर शर्माले बताए । हिमपात परे सँगै मध्पहाडी लोकमार्ग बागलुङ घोडाबाँधे खण्डमा हिउँ खेल्न रमाउन जाने पनि बढेका छन ।