नारायण रिजाल - बागलुङ ! मंगलबार बागलुङको जैमिनी नगरपालिका–७ जैदीमा रहेको सतिढुंगा माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको मुल समारोह चलिरहेको थियो । कार्यक्रमको प्रमुख अथिती थिए गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ । कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा सहित अन्य जनप्रतिनिधि, विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य सकियो र मन्त्री गुरुङलाई आयोजकले विदाई गर्ने निधो ग¥यो । अधिकाशं कार्यक्रमहरुमा सहभागी भएका प्रमुख अतिथी र अन्य अतिथीलाई मायाँको चिनोको रुपमा उपहार प्रदान गर्ने चलन छ । यहाँ पनि सोही अनुसार कार्यक्रम संचालकले मन्त्री गुरुङलाई मायाँको चिनो ग्रहण गर्न आग्रह गरे तर यहाँ अन्य ठाउँ भन्दा अतिथीलाई दिने मायाँको चिनो फरक रहेको थियो ।
मन्त्रीलाई विदाई गर्नु पूर्व जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन शर्माले मन्त्री गुरुङको हातमा एक डिब्बा घिउ थमाए तर मन्त्री भने अलमल मात्र परेनन चकित नै परे ।
स्थानिय उत्पादन घिउलाइृ नै मायाँको चिनोको रुपमा पाउँदा मन्त्री गुरुङ पनि हर्षित देखिन्थे । उनले स्थानिय उत्पादनलाई यसरी प्रोत्साहन गरेकोमा आयोजक र उत्पादन गर्ने किसानलाई धन्यवाद समेत दिए ।
मायाँको चिनोको रुपमा घिउ मन्त्रीलाई मात्र हैन त्यहाँ रहेका अन्य अतिथीका लागि पनि प्रदान गरिएको थियो । स्थानिय रुपमा उत्पादन भएको वस्तु अभिभावकहरुले मायाँको चिनोको रुपमा प्रदान गर्ने निधो गरेपछि विद्यालयले आफ्नो बार्षिकोत्सवको मुल समारोहमा उपस्थित सवै अतिथीलाई एक–एक डिब्बा घिउ प्रदान गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी वाग्लेले जानकारी दिए ।
वाग्लेका अनुसार अतिथीहरुलाई मायाको चिनोको रुपमा प्रदान गरेको घिउ विद्यालयका अभिभावकहबाट नै उपलब्ध भएको थियो । कार्यक्रममा विद्यालयले ५ माना भन्दा बढि घिउ अतिथीहरुलाई प्रदान गरेको थियो । यस क्षेत्रका केही किसानहरुले व्यवसायीक रुपमा नै गाई भैसी पालन गरेर दुघ, घिउ उत्पादन गर्दै आएका छन ।
जैमिनी नगरपालिकाले नगरभित्रका अन्य कार्यक्रममा पनि गाउँमा उत्पादन भएको वस्तुलाई प्रोत्साहन गर्दै आएको छ । ‘स्थानिय उत्पादनलाई प्रोत्साहन गर्नु हामी स्थानिय सरकारको दायित्व पनि हो जैमिनी नगरपालिकाका उपप्रमुख हहिर शर्मा भन्छन् । यहीँको बस्तुलाई बजारीकरणका निम्ती पनि हामी मायाँको चिनोको रुपमा प्रयोग गछौं, यसले उत्पादन गर्ने कृषकलाई पनि होसला बढाउँछ भने यस क्षेत्रको पहिचाहन पनि हुन्छ ।’ उनले गाउँमा उत्पादन हुने वस्तुको बजारीकरणको अभाव भएको बेला यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने बताए । उपप्रमुख शर्माले माघेसंक्रान्तीको दिन जैमिनी नगरपालिका–१ कुश्मिसेरामा आयोजित माघेसंक्रान्ती मेलामा पनि नेपाल सरकारका कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीलाई नौ किलाको काउली मायाँको चिनोको रुपमा प्रदान गरेका थिए ।
यस क्षेत्रमा व्यावसायिक गाई भैसी पालन गर्ने र तरकारीखेती गर्ने किसानको संख्या धेरै छ, बर्सेनि यहाँ दुध घिउ तरकारी बेचेर किसानहरुले लाखौँ आम्दानी गर्दै आएका छन । यिनै किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले मायाको चिनाका रूपमा स्थानिय उत्पादनलाई प्रयोग गर्ने गरेको उपप्रमुख शर्मा बताउँछन । जैमिनी नगरपालिकाले किसानलाई थप हौसला प्रदान गर्नका निम्ती कृषि एम्बुलेन्स खरिद गर्ने योजना बनाएको छ भने किसानकै लागि कल सेन्टर पनि संचालन गरेको छ ।
आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङलाई मायाँको चिनो प्रदान गर्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष तश्विर नयाँपत्रीका