बागलुङमा जनप्रतिनिधि पत्रकार र स्वास्थ्यकर्मि सहित थप ४० जनामा कोरोना संक्रमण

  • माघ २, २०७८

बागलुङ- पछिल्लो २४ घण्टाको अवधीमा बागलुङमा जनप्रतिनिधि पत्रकार र स्वास्थ्यकर्मि सहित थप ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आईतबार मात्रै जिल्ला समन्वय समितिका उप–प्रमुख विष्णु भुषाल दुई पत्रकार दुई स्वास्थ्यकर्मि सहित ४० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८८ पुगेको छ । पछिल्लो एक सातामा बागलुङमा कोरोना संक्रमण ह्वातै बढेको स्वास्थ्य कार्यालयले जनाएकाे ५ ।  पिसिआर प्रविधि मार्फत एक र एन्टिजेन्टबाट ३९ जनाको कोरोना पुष्टी भएको हो । जिल्लामा अधिकाशै कोरोना संक्रमितहरुलाई सामान्य रुखाखोकी र ज्वरो देखिएको छ ।

जिल्लामा कोरोना रोकथामका लागि जनचेतनामुलक कार्यक्रम गर्ने, माक्स तथा स्यानिटाइजर वितरण गर्न थालिएको छ । कोरोना बढ्न थालेपछि मेला महोत्सव तथा भीडभाडका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलयले रोक लगाएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले  जानकारी दिए । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन नेपालमा समेत पुष्टी भइसकेपछि बागलुङमा उच्च सर्तकता समेत अपनाउन थालिएको छ । छिमेकी जिल्ला भारतबाट जिल्ला भित्रिनेहरुका लागि जिल्लाको प्रमुख नाका मालढुङ्गा र खर्वाङमा निगरानी बढाईएको छ । स्वास्थ्य कार्यालयबाट स्वास्थ्य सचेतना दिने, जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउने, लक्षण देखिएका घरमै बस्ने र स्वास्थ्य संस्थामा जाँच गराउने लगायतका कार्यमामा स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ । 

प्रतिक्रिया