बागलुङ - बागलुङ नगरपालिका कार्यालयले बैदेशिक रोजगारीबाट फर्किएका र उनका परिवारलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाले अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा रोजगारीको सिलशिलामा विदेश गएर विभिन्न स्वास्थ्य समस्या भएर फर्किएकालाई सहयोग गरेको हो । नगरपालिकामा संचालन भएको आप्रवासी श्रोत केन्द्र मार्फत विभिन्न समयमा उद्धार गरेका स्वास्थ्य समस्या भएका विपन्न परिवारका व्यक्ति र उनिहरुको परिवारलाई सहयोग गरिएको हो । नगरपालिकाले ५ जना पिडितलाई जनहि ७ हजार रुपैयाँका दरले सहयोग गरेको नगरपालिकाका आप्रवासी श्रोत केन्द्रका शाखा प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिए । विशेष गरी बैदेशिक रोजगारीको शिलशिलामा जाँदा दुर्घटना परि घाईते भएका, दिर्घरोज जस्तै मुटु, मृगौला, क्यान्सर लगायतका अन्य रोगबाट पिडितका लागि नगरपालिकाले सहयोग गरेको हो ।
श्रोत केन्द्र मार्फत गत वर्ष विभिन्न समस्या भोगेका १३८ जनालाई सहयता गरेको थियो भने यस वर्ष हाल ५४ जनालाई सहयता प्रदान गरेको उपाध्यायले बताए । नगरपालिका मार्फत प्राप्त गरेको सानो सहयोग पनि आफ्नो दैनिकीमा थप सहयोग पुग्ने पिडित ज्ञानेन्द्र बास्तोला बताउँछन । उनले ठुलो सपना बोकेर बैदेशिक रोजगारीमा गएता पनि सफल हुन नसेर फर्किनुपरेको बाध्यतालाई सम्झँदै नगरपालिकाको साथले जिवन संघर्षका लागि थप हौसला मिलेको बताए ।
पिडितलाई बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले रकम हस्तान्तरण गरेका थिए । उनले बैदेशिक रोजगारीमा गएर ठगिने अलपत्र पर्ने र विरामी पर्ने सवैका लागि आप्रवासी श्रोत केन्द्रमार्फत सहयोग हुने बताए । उनले स्थानिय सरकार जनताकै सरकार भएका कारण सधैँ साथमा रहेको बताए । श्रोत केन्द्र मार्फत आर्थिक वर्ष २०८१/८२ मा निःशुल्क कानुनी सहायता कुल १३८ जनाले सेवा लिएका छन् । ति मध्ये ६६ वटा केश समाधान भएका थिएका थिए । श्रोत केन्द्र मार्फत कुल २२ लाख ४८ हजार ७७३ रुपैयाँ आर्थिक सहायताका लागि सहजीकरण गरिएको थियो ।
केन्द्र वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका, स्वास्थ्य समस्या भोगेका तथा आपतकालीन अवस्थामा परेका व्यक्तिलाई उद्धार न्याय र राहत दिलाउन सहयोग पु¥याउँदै आएको छ ।
