नेपाल प्रहरीको ६६ औं स्थापना दिवस बागलुङमा पनि बुधबार मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको प्राङ्गणमा अमर प्रहरीको शालिकमा माल्यार्पण तथा प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुमा विजयीहरुलाई पुरस्कार वितरण गरेर दिवस मनाइएको हो ।
६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले शान्ति सुरक्षा र अमन चनय कायम गर्नका लागि नेपाल प्रहरीको प्रमुख भूमिका रहेको बताए ।
उनले विपदको समयमा अहोरात्र खटिएर उद्धार गर्ने कार्य पनि प्रहरीले गरेको बताए । ॅशान्ति सुरक्षा कायम गर्ने र विपदमा उद्धार गर्ने कार्यमा प्रहरीको महत्वपूणर् भूमिका छ,’ उनले भने,ॅअपराधीलाई सजायको भागीदार गराउने र अपराध नगरेका व्यक्तिहरुले दुःख नपाउन भन्नका लागि तालिमप्राप्त अनुसन्धान अधिकृतबाट निस्पक्ष अनुसन्धानको आवश्यकता पर्छ ।
त्यसमा पनि यहाँहरु खरो रुपमा उत्रनुहुनेछ भन्ने विश्वास छ ।’ कार्यक्रमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले नेपाल प्रहरी आफ्नो काम कर्तव्य र अधिकारप्रति सधैं सजग भएर लाग्ने बताए ।
कार्यक्रममा पूर्व प्रहरी संगठन बागलुङका प्रहरी उपरिक्षक रिटायर टिकाबहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई सम्मान समेत गरिएको थियो ।
सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत डिएसपी इकवाल हवारी, ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा कार्यरत प्रहरी निरीक्षक जयराम वन्त, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक बिराट शर्मा, ट्राफिक प्रहरी प्रमुख बद्रीनाथ शर्मा, प्रहरी सहायक निरीक्षक विनय रेग्मी, प्रहरी हवल्दारहरु मिनबहादुर खत्री, गोकणर् भट्टराई, प्रहरी जवान अनिता बराल, शैलेन्द्र गुरुङ, रणसिंह बोहोरालाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा प्रहरी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको भलिबल, व्याडमिन्टन र महिला पुरुष म्याराथन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।