बागलुङ-
‘मजाको फागुन जानै मा लाग्यो, धड्कन लाग्यो छाती हो ।
औँला काटी कलम बनावे रगतके मसिया बनावे, यै हो ।
हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो । ’
होलीका अवसरमा बागलुङ बजारमा गाइएको यही ऐतिहासिक फागु गीतले युवायुवतीदेखि बुढाबूढीसम्मको ध्यान तान्यो । मादल बजाउँदै पुराना पुस्ताहरु गाउँदै होली खेल्दै रमाउँदै थिए , भने नयाँपुस्ताहरु साथमा–साथ दिँदै थिए । बिहिबार पहाडी क्षेत्रमा होलीको रौनक थियो । सडकमा युवा युवती , ‘ह्यापी होली –ह्याप्पी होली’ भनि डिजेमा नाचिरहेका थिए । तर बागलुङको नारायणचोकमा यहाँमा मगर समुदायले परम्परागत संस्कृतिको संरक्षण गर्दै होली मनाएका थिए । नेवार समुदायमा सामुहिक भोज सहित यो गित गाएर फागु अर्थात होली खेलिन्छ । होलीमा नेवार मात्र हैन अन्य समुदायका व्यक्तिहरुको पनि उपस्थिति रहेका थियो ।
पुरानो ‘फागु’ गीत गाउँदा युवायुवती आश्चर्यमा
विगतका दुई वर्ष कोरोना कहरका कारण मनाउन नपाएको नेवा समुदायले यस वर्ष पुन त्यही पुरानो गित पुरानो भागकामा गाउँदै यसपालीको होली उत्साहका साथ मनाएका छन । पाका देखी युवा सम्मका पुस्ताले तिन सय वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता छायो । । फागु गित सुन्न र नाँच हेर्नका लागि युवा युवतीहरुको भिड लागेको थियो । परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मङ्का खल’को आयोजनामा बागलुङ बजारमा तिन सय वर्ष पुरानो फागु गीत गाइएको नेपा भाषा मङ्का खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारी बताउछन । होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो ‘फागु’ गीत गाउँदा युवायुवती आश्चर्यमा परे । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ ।
‘फागु गीतमा बलि राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौं फागुको राग लिन्छौँ गाउँछौँ, भनेर भनिएको छ । महिला पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपीनीबीचका माया पिरतीलगायतका भाव गीतमा समावेश गरिएको मङ्का खल बागलुङका संस्थापक संयोजक प्राज्ञा प्रेम छोटाले जानकारी दिए ।
‘हामीले संस्कृतिको प्रवद्र्धन गर्न होलीका अवसरमा निकै पुरानो फागु गीत गाउँदै आएका हौं”, छोटाले भने, ‘मनको भावनालाई वसन्त राग शैलीमा रङ्याउने गीत नै फागु गीत हो ।’ केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएको प्रति यहाँका नेवार समुदाय चिन्तित छ ।
मौलिक संस्कृतिको जर्गेनामा मङ्का खल
फागु पूर्णिमाको मौलिकता हराउँदै गएपछि यसको जर्गेनाका लागि नेपाल भाषा मङ्का खल बागलुङका संरक्षणमा जुटेको छ । पुरानो संस्कृतिलाई हामी हराउँन दिँदैनौं मङ्का खल बागलुङका अध्यक्ष राजभण्डारीले भने, यसको हाम मौलिक संस्कृति जगर्नेनाका लागि पहल थालेका छौं । यहाँ धेरै पुराना संस्कृति छन, यिनको नयाँ पुस्तामा हस्तान्तरणको लागि हामी पहल थालेका छौं । फागु पूर्णिमाको मौलिकता जोगाउनु हामी सबैको दायित्व हो । मङ्का खलले यहाँका अन्य स्थानिय संस्कृतिको संरक्षणमा पनि जुटेको अध्यक्ष राजभण्डारीले बताए ।