बागलुङ - जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबार बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि बागलुङका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन ।
बागलुङ नगरपालिका–१, २, ३ र ४ भित्रका सबै क्षेत्र, गलकोट नगरपालिका– ३, ५ र ६, जैमिनी नगरपालिका–१ र ढोरपाटन नगरपालिका–१, २ र ३ मा निषेधाज्ञा आदेश जारी गरिएको प्रजिअ गुरुङले जानकारी दिए ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यकम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्ने÷गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारवाही हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।