बागलुङका आठ स्थानिय तहमा गठबन्धनका उमेदवारहरुले अग्रता कायम गरेका छन् । १० स्थानीय तह मध्ये मत गणना सुरु भएका ८ पालिकामा गठबन्धनका उमेदवारहरुले अग्रता कायम राखेका छन् ।
बागलुङ नगरपालिकामा १००० मत गणना गर्दा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका वसन्त कुमार श्रेष्ठले ५८७ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी नेकपा एमालेका जनक राज पौडेलले २९३ मत प्राप्त गरेका छन् ।
उप प्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले ८८१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी उषा पौडेलले १९४ मत प्राप्त गरेका छन् ।
गलकोट नगरपालिका गठबन्धनको तर्फबाट उमेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरेले ७ सय ४मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण काउचाले ३ सय १६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार मञ्जु शर्माले ३ सय मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनको तर्पmबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरेले ६ सय ८३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रुपा बिकले २ सय ४७ मत प्राप्त गरेकी छिन् ।
बरेङ गाउँपालिकामा ४ सय मत गणना गर्दा प्रमुख पदका उमेदवार कृष्ण प्रसाद शर्माले ३ सय ६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका प्रदिप थापा मगरेले ८२ मत मात्रै प्राप्त गरेका छन् ।
गठबन्धनको तर्फबाट उपप्रमुख पदका उमेददवार नेपाली काँग्रेसका दिलिप कुमार पुनले २ सय ९२ र नेकपा एमालेका दुर्गा कार्की क्षेत्री थापाले ७२ मत प्राप्त गरेका छन् ।
काठेखोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट उमेदवार बनेका नेपाली काँग्रेसका राजु थापाले २ सय १० प्राप्त गरेका छन् भने नेकपा एमालेका उमेदवार डिलबहादुर कार्कीले ८७मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनको तर्फबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका तिलक थापाले १ सय ८३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उमेदवार कोपिला पुनले ८८ मत प्राप्त गरेका छन् ।
तमानखोला गाउँपालिकामा ८ सय ६३ मत गणना गर्दा नेपाली काँग्रेसका जोकलाल बुढा मगरले ३ सय २५ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका देव बहादुर पुनले ३ सय ५६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली काँग्रेसका हिरा छन्त्यालले ३ सय २९ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका निसु रसाईलीले २ सय ७० मत प्राप्त गरेका छन् । तमानखोलामा गठबन्धनका दलहरु बीच स्वस्थ प्रतिस्पर्धा भएको थिया ।
निसीखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्ष पदमा उमेदवार बनेका नेपाली काँग्रेसका सूर्य बहादुर घर्तिले २ सय २९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उमेदवार भूमिराज घर्तिले १ सय ९३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम घर्तिले २ सय १८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भोटु चन्द ठकुरीले २ सय १ मत प्राप्त गरेकी छिन् ।
ताराखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष पदका उमेदवार नेकपा माओवादी केन्द्रका धन बहादुर बिकले १हजार ५ सय ५५, स्वतन्त्र उमेदवार प्रकाश घर्तिले ९ सय ४०, नेकपा एमालेका ऋषिराम रोकाले २ सय ३५, स्वतन्त्र उमेदवार याम बहादुर रोकाले ३८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेपाली काँग्रेसका भिम बहादुर रोकाले २ हजार मत प्राप्त गरेका छन् भने नेकपा एमालेका थममाया घर्तिले ३ सय ९६ मत प्राप्त गरेका छन् ।
ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा भने भोलि बिहान ७ बजेदेखि मतदान हुने बताईएको छ ।
ढोरपाटन नगरपालिकामा गठबन्धनको तर्फबाट उमेदवार बनेका चन्द्र अर्यालले वडा न.४ मा बढि मत खसेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि मतगणनाको प्रक्रिया रोकिएको थियो । बडिगाड गाउँपालिकामा पनि बढि मत खसेको भन्दै विवाद उत्पन्न भएपछि शनिबार मतगणना हुन सकेन । बडिगाड गाउँपालिकामा पनि आईतबार बिहान ७ बजेदेखि मतगाणना हुने बताईएको छ ।