नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षाको गुणस्तर सुधार गर्ने प्रमुख भुमिखका शिक्षकको भएको बताएका छन । बागलुङ नगरपालिका १३ पैयुँपाटामा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ कोठे भवनको शिलन्यास गर्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन । उनले शिक्षकहरु राजनिति भन्दा पनि विद्यालयको पठनपाठन तर्फ ध्यानकेन्द्रीत गर्नुपर्ने बताए । पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ती शिक्षक अभिभावको उत्तिकै दायित्व भएको बताए ।
विद्यालयका पुर्व विद्यार्थी समेत रहेको मन्त्री पौडेलले आफुले पढेको विद्यालयको शैक्षिक विकासका निम्ती सधै सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा वडा अध्यक्ष नारायण पौडेलले बागलुङ नगरपालिकाको समग्र विकासको मोडलका बारेमा मन्त्रीलाई अवगत गराएका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ शर्माको अध्यक्षता, प्रअ रमाशंकर शर्माको स्वागत र शिक्षक कृष्ण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।