धौलागिरि कालिका यातायातको साधारण सभा सम्पन्न अध्यक्षमा जयन्द्रराज पन्त

  • फाल्गुण २८, २०७९

बागलुङ- धौलागिरि कालिका यातायात प्रालिको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।अधिवेशनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले यातायात क्षेत्रलाई मर्यादित बनाएर आम नागरिकको मन जिन्नुपर्ने बताए । उनले यातायात क्षेत्र भरपर्दो र सुरक्षित छ भन्ने भएमा आम नागरिकले सार्वजनिक यातायातलाई नै विश्वास गर्ने पनि बताए । पछिल्लो समय रातो प्लेटप्रति बढेको आर्कषण समेत घटेर सार्वजनिक यातायातमा चाहना बढ्ने उनको भनाई थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य शशिकपुर श्रेष्ठ बागलुङका प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का,संस्थाका संस्थापक एवं सल्लाहकार कुमार खड्का धौलागिरी गण्डकी यातायात प्रालीका अध्यक्ष उमेश केसी, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नविन शिशिर बिक, प्रालीका संस्थापक संचालक एवं व्यवसायी हरिबहादुर जिसी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रालिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता, महासचिव दिनेश बोहराको संचालनमा सम्पन्न कार्यक्रममा महासचिव बोहोराले प्रगति प्रतिवेदन पेश गरेका थिए । हाल बागलुङमा प्रालिमा आवद्ध २ सय १ व्यवसायी र जिप रहेका छन् ।

अधिवेशनले  जयन्द्रराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा मनोज कुमार केसी् प्रथम उपाध्यक्षमा लाल बहादुर केसी द्धितिय उपाध्यक्ष होमबहादुर केसी  र तृतिय उपाध्याक्ष कपिलमणी शर्मा बास्तोला रहेको निर्वाचन समितिले जनाएको छ । समितिको महासचिवमा दिनेश बोहोरा सचिवमा भरत गौतम कोषाध्यक्षमा सञ्जन आचार्य सह-सचिवमा पदमबहादुर कार्की र सह कोषाध्यक्षमा लक्ष्मण केसी रहेका छन । समितिकोकाे सदस्यहरुमा भिमबहादुरक केसी (बाबुराम) हिमलाल खरेल, डिलबहादुर बहिक, देवुकला सापकोटा, र देवलाल केसी रहेका छन । 
 

 

प्रतिक्रिया