सूचनाको हक मौलिक हक हो यसलाई कार्यान्वय गरौै-प्रजिअ सुवेदी

  • जेठ १८, २०८१

बागलुङ- बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले  सूचनाको हक मौलिक हक भएका कारण सवै सेवा प्रवाह गर्ने निकायलय यसलाई कार्यान्वय गर्नुपर्ने बताए । हालै मात्र बागलुङमा सरुवा भै आएका सुवेदीले जिल्लाका विभिन्न कार्यालयका सूचना अधिकारी र प्रत्रकार सँगको अन्तरक्रियामा सो कुरा बताएका हुन । उनले हरेक कार्यालयमा सुसासनको आवश्यक रहेको छ कार्यालयबाट सम्पादन भएका काम कारबाहीलाई कसैले पनि नलुकाइई आम सर्वसाधारणलाई जानकारी दिनु आवश्यक रहेको बताए ।  उनले सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माध्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता र सुशासन कायम हुने बताउनु भयो। प्रविधिको प्रयोग गरि जति सक्दो छिटो सूचना प्रवाह गर्न आग्रह  गरे । 

कार्यक्रममा पत्रकारहरुले सरकारी निकायका सूचनाहरु सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । सूचना पत्रकारलाई मात्र नभई हरेक नागरिकलाई दिन कञ्जुस्याई गर्न नहुने बताए थिए । हरेक सरकारी निकाय एवं स्थानीय निकायले सरकारी गतिविधिका सूचना प्रवाह नियमित गर्नुपर्ने भन्दै कार्यालयले सञ्चारमैत्री वातावरण तय गर्नुपर्ने पत्रकारहरुले सुझाव राखेका थिए । 

सूचना समयमै नदिदा कार्यालयका राम्रा कामहरु समेत जनता समक्ष नपुग्ने बताए । पत्रकारहरुले स्थानीय मिडियाहरुको संरक्षण, प्रवद्र्धनमा समेत ध्यान दिन आग्रह गरे ।

उनीहरुले जिल्लाका सूचना तथा विज्ञापनहरु बाहिर गइरहेकाले त्यसको जिल्लामै व्यवस्थापन गर्न सके स्थानीय मिडियाहरु सञ्चालन गर्न सहज हुनेमा जोड दिए ।

पत्रकारहरुले गाउँ गाउँमा चल्ने गाडिको भाडा दर कायम नभएको, अस्पतालबाट प्रभाव हुने सेवा प्रभावकारी नभएको र फार्मेसीमा ११ सय १५ थरिको औषधी नभएको, यातायात कार्यालयमा राजस्व बुझाउने समय कम भएको, बुर्तिबाङको इलाका प्रशासन कार्यालयमा कर्मचारी नियमित रुपमा नबस्दा सेवा प्रभाव प्रभावित भएको, मध्यपाहाडी लोकमार्ग पिच नभएको, सरकारी कार्यालय र पालिकाहरुले सार्वजनिक सुनवाई नगरेको अटो रिक्सा जथाभावि चल्न दिदा यात्रुहरुको सुरक्षामा जोखिम बढेको विषयमा प्रश्न उठाएका थिए ।  कार्यक्रममा जिल्लाका सूचना अधिकारीहरुले आफूहरुले सूचना प्रवाहमा कुनै पनि कन्जुस्याई नगरेको बताएका थिए ।
जिल्ला प्रशासन कार्यालयले आउँदा दिनमा हरेक २ महिनामा सूचना अधिकारीसँग  संयुक्त बैठक तथा अन्तरक्रिया गर्ने भएको छ ।

हरेक कार्यालयबाट सम्पादित कामको बारेमा सूचना पाउने नागरिकको अधिकारको निम्ति पत्रकारीताको माध्यमबाट थप सूचना प्रवाह गर्न हरेक दुई महिनामा पत्रकारसँग अन्तरक्रिया गर्ने प्रजिअ सुवेदीले बताए ।  कार्यक्रममा उपस्थित भएका सूचना अधिकारीहरुले आफ्नो कार्यालयबाट सम्पादित भएका कामको बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी सुवेदीको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया