नारायण रिजाल , बागलुङ - जिल्लाको सवैभन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकाले नगरपालिका भित्रका दलित, मुस्लिम र माझी समुदायका सवै सदस्यलाई नगरप्रमुख स्वास्थ्य विमा कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाको सत्रौं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नगरभित्रका सवै दलित, मुस्लिम र माझी परिवारका सवै सदस्यको नगरपालिकाले स्वास्थ्य विमा गरिदिने बताएका हुन ।
आर्थिक अभावको कारण स्वास्थ्य सेवा लिनबाट बञ्चित हुन पुगी समान्य स्वास्थ्य समस्याको कारण गम्भिर रोगको सिकार हुने वा मृत्यवरण गर्ने अवस्थाप प्रति संवेदनशिल भै नगरपालिकाले अभिभावकत्व लिने गरी कार्यक्रम संचालन गर्ने बताए । उनले यस बाहेक सामुदायिक स्वास्थ्य स्वयं सेविका अपाङ्गता भएका व्यक्ति , मजदुर र अति विपन्न तथा दिर्घ रोगीहरुको विमा गर्ने कार्यलाई पनि निरन्तरता दिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाले पढाई मेला संचालन गर्नुका साथै सुरक्षित मातृत्व सुरक्षित जिवन कार्यक्रम सहित शुन्य होम डेलीभरीको लक्ष्यलाई पुर्ण कार्यान्वयमा ल्याउने जनाएको छ । आदर गरौ सेवा गरौ जेष्ठ नागरिप्रति जिम्मेवार बनौ भन्ने मुल नाराका साथ जेष्ठ नागरिकको घरदैलोमा पुगेर स्वस्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बाँदर प्रभावित क्षेत्रमा टिमुर, ओखर कागती, अदुवा, बेसार खेती गर्ने भएको छ । यसका साथै मौरीपालन र पशुपालन पनि यसै क्षेत्रमा गर्ने निति ल्याएको छ । बाँदरले हैरानी पारेको क्षेत्रका किसानलाई राहत पु¥याउने उद्देश्यका साथ यस क्षेत्रमा बाँदरले नष्ट गर्न नसक्ने बस्तुहरुको उत्पादनमा जोड दिने बताएका छन । उनले नगरपालिकाले उपयुक्त प्रविधिको प्रयोग गरी बाँदर नियन्त्रणमा समेत जोड दिने नितिमा उल्लेख गरेका छन ।
निति तथा कार्यक्रमको पूर्ण पाठ
मध्यपहाडी व्यापारिक तथा पर्यटकीय सहर
सुन्दर, समृद्ध, साँस्कृतिक बागलुङ नगर
सभा उपाध्यक्षज्यू,
सभा सदस्यज्यूहरु,
ऐतिहासिक संविधान सभाबाट निर्मित नेपालको संविधानमा व्यवस्था भए बमोजिम सङ्घीयता कार्यान्वयनको आधारभूत अङ्गको रुपमा रहेको स्थानीय सरकारको जिम्मेवारी प्राप्त गरेको तीन वर्ष व्यतित भइसकेको छ । यस अवधिमा नगरको विकास एवं समुन्नतिको लागि हामीले सुरुवात एवं सम्पादन गरेका असल कार्यहरुलाई संस्थागत गर्दै प्राप्त जिम्मेवारी अनुरुप यस गरिमामय सभा समक्ष आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुतिको लागि उपस्थित भएको छु ।
यस अवसरमा नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, नेपाल राष्ट्रको रक्षा र अग्रगमनका आन्दोलनहरुमा सरिक भई जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरुप्रति उच्च–सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धा–सुमन अर्पण गर्दछु । लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा अगुवाइ गर्नुहुने अग्रजहरुको योगदानको स्मरण गर्दै उच्च सम्मान प्रकट गर्दछु । आफ्नो अमूल्य मताधिकार मार्फत हामीलाई विजयी तुल्याई नगरको विकास, समृद्धि र सुशासनको लागि सबै प्रकारले सहयोग गर्नुहुने समग्र आदरणीय व्यक्तित्वहरुप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछु ।
शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सवै नगरवासीले गर्न सकून भन्ने कुरामा हामीहरु अत्यन्त सचेत रही नगरको भौगोलिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक विविधतालाई आत्मसात गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा अघि बढ्न पूर्ण प्रतिबद्ध रहेका छाँैं । “जनप्रतिनिधिहरु शासक होइनन्, जनताका सेवक हुन्” भन्ने मान्यताका साथ जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यतालाई हामीले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गरेका छाँैँ ।
सीमित बजेटका बावजुद उपलब्ध स्रोतको समुचित वितरणलाई यथासम्भव न्यायोचित बनाउने कोशिस गर्दै बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम तयार गर्दा नेपालको संविधान २०७२, सङ्घीय सरकारको दीर्घकालीन लक्ष्य, सोह्रांै आवधिक योजना, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण, सङ्घीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट, गण्डकी प्रदेश सरकारको दोश्रो आवधिक योजना, नीति तथा कार्यक्रम र वजेट, नगरपालिकाको आवधिक नगर विकास योजना तथा मध्यमकालीन खर्च संरचना, लैससास रणनीति एवं आम नगरवासीको माग, आवश्यकता र चाहनालाई मुख्य आधार बनाइएको छ ।
बागलुङ नगरपालिकाको विकास र समृृद्धिका लागि संस्थापक नगर प्रमुख स्व. ऋषिराम शर्मा र यस पूर्वका जनप्रतिनिधिहरुले थालनी गरेका राम्रा र संस्थागत अभ्यासलाई अनुशरण गर्दै “समृद्ध नगर र सुखी नगरवासी”को निर्धारित लक्ष्य एवं उद्देश्य पूरा गर्न हाम्रा नीति कार्यक्रम, योजना र बजेट परिलक्षित गरेका छाँंै । यस अभियानमा अहोरात्र खटिरहनु भएका नगरसभा सदस्यज्यूहरु, राष्ट्र– सेवक कर्मचारीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै नगरको भौतिक, आर्थिक, सामाजिक, साँस्कृतिक विकास तथा सुशासनको लागि आगामी आर्थिक वर्षमा लिने क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति माग्दछु ।
सर्वप्रथम यस पूर्व हामीले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयन एवं मुख्य उपलब्धिको समीक्षात्मक प्रस्तुति गर्दछु ।
ज्ञ। यस अगाडिका नगरसभामा हामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनको सवालमा थुप्रै सफलता हासिल गरेका छाँंै । हामी निर्वाचित भैरहँदाको दिन सम्मको बागलुङ नगरपालिकाको अवस्था झल्कने गरी श्वेतपत्र जारी गरेका थियांै जसको जगमा रहेर हाम्रा कार्यक्रमहरु परिलक्षित गरेका छाँंै । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा तत्कालीन समयमा प्राप्त गरेको अङ्क भन्दा तीन गुणा बढी अङक प्रस्ताव गर्न सफल भएका छाँंै । योजना कार्यान्वयनको लागि हुने लागत सहभागिता रकमलाई १० प्रतिशतमा कायम गरेका छाँैँ । टोल विकास संस्थामार्फत पाँच लाख भन्दा कमका एक भन्दा बढी योजना सम्झौता र कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेका छाँैं । भवन निर्माण सम्बन्धमा आवश्यक मापदण्ड पूरा गर्न लगाई अधिकतम तला निर्माण गर्न सकिने गरी भवन निर्माण मापदण्डलाई संशोधन गरेका छाँैँ । उर्जा प्रभावकारी भवन निर्माण गर्न चाहनेहरुको लागि आवश्यक कार्यविधि स्वीकृत गरेका छाँै । नक्सापासको हाल सम्मको अभिलेखलाई डिजिटाइज गरी अनलाईन मार्फत नक्साको प्रकिया अगाडि बढाउने गरी तयारी पूरा गरेका छाँै । बजार क्षेत्रको विभिन्न स्थानको माटो परीक्षण गर्ने कार्य सम्पन्न गरेका छाँैं ।
द्द। बालबालिकाको सर्वोपरि हित, सर्वाङ्गीण विकास र अर्थपूर्ण बालसहभागिताको सुनिश्चितताको लागि नेपाल सरकारले लिएको राष्ट्रिय लक्ष्य पूरा गर्ने सन्दर्भमा पदवहाली भए पश्चात्को पहिलो कार्यपालिका बैठकबाट यस नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने निर्णय गरेबमोजिम मिति २०८१ माघ ९ गते यस नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका छाँैं ।
घ। ऐन, कार्यविधि निर्माण, न्यायिक कार्य सम्पादन प्रक्रिया, योजना तथा कार्यक्रम सम्झौता तथा सञ्चालनको लागि गरिएको कानुनी व्यवस्था, संस्थागत सुशासन आदि जस्ता कार्यलाई सहज बनाउने गरी सम्बन्धित शाखाबाटै नागरिकका कार्य सम्पादन हुने विधिको प्रयोग गरी कर्मचारी प्रशासनलाई चुस्त र सेवाग्राहीप्रति उत्तरदायी बनाउने गरी वडा कार्यालयहरुमा प्रविधिमैत्री कर्मचारीको व्यवस्था गरी सम्भव भएका सेवालाई अनलाइन प्रणाली मार्फत सम्पादन गर्ने व्यवस्था मिलाएका छाँैं ।
द्ध। कमजोर भू–बनोट भएको स्थानमा विना अध्ययन नयाँ ट्रयाक खोल्ने परिपाटीको अन्त्य गरेका छाँैं । नगरको सुन्दरतालाई मध्यनजर गरी घरको चारै तर्फको खाली भागमा प्लाष्टर गरे पछि मात्र निर्माण सम्पन्न प्रमाण पत्र दिने गरी व्यवस्था गरेका छाँैं । पर्यटकीय क्षेत्रको पहिचान प्रचार, प्रसार र प्रवद्र्धनका कार्यहरु अगाडि बढाएका छाँैं । यसै गरी प्रसिद्ध बागलुङ कालिका, भैरवस्थान, शालिग्राम सङग्रहालय, पञ्चकोट, लगायतका धार्मिक पर्यटकीय क्षेत्रको जानकारीमूलक विवरणलाई विश्वका १० वटा भाषामा हेर्न र पढन मिल्ने गरी क्यूआर कोडको व्यवस्था गरेका छाँैं ।
छ। कृषि तथा पशु विकासमा आधारित कार्यक्रमहरु सञ्चालन गरी कृषिमा यान्त्रिकीकरण, पकेट क्षेत्र कार्यक्रम, उच्च बजार मूल्य भएका फलफूल कार्यक्रम जस्ता आत्मनिर्भर केन्द्रित कार्यक्रम सञ्चालनमा ल्याएका छाँंै । दुध, तरकारी, मासु र अण्डामा आत्मनिर्भर बनाउने गरी सञ्चालन गरेका कार्यक्रमहरुबाट नतिजा प्राप्त गरिरहेका छाँै । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत विभिन्न प्रकारका तालिम र प्रविधि हस्तान्तरणका कार्यहरु गरिरहेका छाँैँ ।
ट। यस अवधिमा पालिका स्वयं र पालिकाको पहलमा गरी नगरक्षेत्रमा कुल ३५.१ कि.मी कालोपत्रे सडक, ८.१० कि.मी ढलान सडक, ३२ कि.मी. ग्राभेल सडक, ८.८९ कि.मी कच्ची सडक, २३.६९ कि.मी पर्यटकीय पदमार्ग र ४०.९८ कि.मी पक्की नाली थप गर्न सफल भएका छाँै । यसको अतिरिक्त ७८० मिटर सोलिङ, ७८८ मिटर तारवार, ३७२ मीटर पर्खालको कार्य सम्पन्न गरेका छाँैं । यसैगरी विभिन्न वडा तथा बस्तीमा ६३ वटा सामुदायिक भवन, विद्यालय सुधारको लागि यस कार्यालयबाट ११ वडा विद्यालयको भवन, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ वटा विद्यालय भवन, ६ वटा विज्ञान प्रयोगशाला, ८ वटा पुस्तकालय र १ वटा विद्यालयमा सुचना प्रविधि प्रयोगशाला निर्माण सम्पन्न गरेका छाँँै । यसैगरी खानेपानीतर्फ दुई हजार भन्दा बढी धारा निर्माण, ३३ वटा टंकी निर्माण, ३६ वटा ईन्टेक निर्माण, ५३.५९ कि.मी. पाइपलाइन विस्तार गरेका छाँै ।
ठ। नगर र नगरवासीको आर्थिक, सामाजिक विकासको लागि कोशेढुङगा सावित हुने पाग्जा माझिबस्ती निरहे सडक, वडा नं. ५ र ६ भान्सा साँधखोला सडक, तिरुपति चोक देखि मालिका पञ्चकोट तितौरे भिमपोखरा सड्क, बा.न.पा. १२ को टाकुरी देखि जैमिनी नगरपालिकाको सिमाना सम्मको सडक, सरङ्गी देखि भैरवस्थान सडक, बा.न.पा. ३ बोक्से देखिखहरे सम्मको सडक, बा.न.पा. १२, १३ को जल्केनी भैरवस्थान सडक, बा.न.पा. १२ को सरङ्गी भैरवस्थान सडक, वडा नं. ६ को बुढाघर देखि विचिन्द्रेसम्मको सडकलाई पक्की तथा स्तरोन्नती गर्ने कार्य र वडा नं. १३ को चिल्ड्रेन पार्क निर्माण कार्य सम्पन्न गरेका छाँै । बजार क्षेत्रको अव्यवस्थित विद्युत पोल तथा तार हटाउने, सडक मापदण्ड प्रयोग गरी निर्माण गरिएका पाली पटाह हटाउने र व्यवस्थित फुटपाथ निर्माण गर्ने कार्य निरन्तर गरिरहेका छाँ ।
ड। निरन्तरको पहल पश्चात सङघीय सङघीय तथा प्रदेश सरकार र विभिन्न दातृनिकायबाट प्राप्त योजना तथा कार्यक्रम र यस कार्यालयबाट सुरु गरिएका अदालत चौपारी देखि तित्याङ भकुण्डे रायडाडा हुँदै दमेक जाने सडक, सहरी शासकीय पूर्वाधार विकास कार्यक्रम ९ल्ग्न्क्ष्ए० तर्फको बा.न.पा वडा नं. ७ स्थित मूलपानी देखि तितौरे सम्मको सडक र वडारचौर डिल देखि ढोडेनी फोर्सेसम्मको सडक, बा.न.पा. वडा नं. ६ स्थित मुक्तिनाथ बाबा परिक्रमा सडक अन्तर्गतको गैरीखेदेखि माइपुज्ने हुँदै पञ्चकोटसम्मको सडक, बा.न.पा. ३ बोक्सेदेखि सिगाना हुँदै दमेक शान्तिपुर सम्मको सडक, वडा नं. १० र ११ स्थित गलुवा भकुण्डे हुँदै रायडाँडासम्मको सडक, वडा नं. १३, १४ को पानीटङकी देखि वडा कार्यालय सम्मको सडक, कालिगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका खण्डको सडक, मनकामना डि डाँडा, सिम्वाँरा हुँदै वौडेचौर सडक, दावगरा आधुनिक बसपार्कभित्रका शाखा सडक तथा नाली निर्माणको काम र नगरको गौरवको आयोजना अन्तर्गत ब्लुहिल पर्यटकीय गन्तव्यको कार्य अगाडि बढाएका छाँैं । निरन्तरको पहल पश्चात् बागलुङ प्रवेशद्वार मालढुङ्गादेखि उपल्लाचौर जिरो कि.मी. सडकलाई चार लेनको सडकको रुपमा रुपान्तरणको कार्य सुुरु भएको छ भने बाङ्गेचौरदेखि ट्राफिक चोकसम्मको सडकको डिपिआर तयार भई कार्यप्रारम्भ हुने चरणमा पु¥याएका छाँै ।
ढ। दावगरा आधुनिक बसपार्कको उद्घाटन सम्पन्न गरेका छाँै । यसै आ.व.को सुरुदेखि नै बस सुचारु हुने र जग्गादाताको जग्गा फिर्ता गर्नको लागि पहल गरिरहेका छाँै ।
ज्ञण्। बागलुङ नगरको शिक्षा क्षेत्रको समग्र विकासको लागि विद्यार्थी सङख्या र शिक्षक विद्यार्थीको अनुपात समेतको आधारमा विद्यालय स्थगन र तह मिलानको कार्य गरेका छाँंै ।
ज्ञज्ञ। सिगाना स्वास्थ्य चौकीमा वँिर्थङ सेन्टर, रायडाँडाको तमाखुवारीमा सहरी स्वास्थ्य केन्द्र स्थापना, अमलाचौर, तित्याङ र भकुण्डे स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको सुरुवात गरेका छाँै । ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, जेष्ठ नागरिकलाई घरदैलो मार्फत स्वास्थ्य सेवा, घुम्ती स्वास्य सेवा तथा स्वास्थ्य शिविर सञ्चालनमा ल्याएका छाँै । नारायणस्थान स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था र बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएका छाँै ।
ज्ञद्द। छोरीलाई गरिने दुव्र्यवहार र छोरीप्रतिको गलत दृष्टिकोणलाई हटाउनको लागि नगरको छाँेरी कार्यक्रम सञ्चालनमा रहेको छ ।
ज्ञघ। विपद् र प्रकोपजन्य घटनाको समयमा तत्काल राहत र उद्धार कार्यमा सहजीकरण गर्न, विरामीलाई अस्पतालसम्म ल्याउनको लागि निःशुल्क एम्बुलेन्स, दमकल, व्याक हो लोडर र आवश्यक सामग्री सहित स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएका छाँैं ।
ज्ञद्ध। सुरक्षित आप्रवासन ९क्बःष्० कार्यक्रम मार्फत वैदेशिक रोजगारको सिलसिलामा विदेशमा अलपत्र परेका व्यक्तिको सुरक्षित स्वदेश फिर्ता, घाइते र मृत्यु भएकाहरुलाई विमा, उपचार खर्च, मृतकको शव व्यवस्थापन, सूचना तथा परामर्श सेवा, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श जस्ता कार्यबाट हालसम्म जिल्लाभरिका १,०६,९१० जना व्यक्तिहरुलाई प्रत्यक्ष सेवा दिएका छाँै । श्रम स्वीकृतिको लागि पालिकाबाट नै सहजीकरणको सुरुवात गरेका छाँंै । श्रमिकहरुको पहिचान, सेवा र सुरक्षाको लागि श्रमिक पहिचान पत्रको सुरुवात गरेका छाँंै ।
ज्ञछ। अल्पकालीन महिला सेवा केन्द्रमार्फत हिंसा पीडित तथा प्रभावित महिला र किशोरीहरुको लागि आश्रय, लुगाफाटो, यातायात, स्वास्थ्य उपचार, कानुनी सेवा उपलब्ध गराएका छाँैं ।
नीति तथा कार्यक्रमका प्राथमिकता क्षेत्रहरु
(क) शिक्षा, स्वास्थ्य र समावेशी विकासमा जोड ।
(ख) कृषि, पशु विकास, सहकारी, पर्यटन तथा उद्यम विकासको माध्यमबाट नगरक्षेत्रको आर्थिक विकास तथा समृद्धिमा जोड ।
(ग) आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने बहुवषर््ािय तथा नगरका गौरवका पूर्वाधार विकास योजनामा जोड ।
(घ) सुशासन तथा संस्थागत विकास योजना कार्यान्वयनमा जोड ।
(ङ) सङ्घ, प्रदेश र अन्य विकास साझेदारहरुसंग समन्वय र सहकार्यमा जोड ।
सभासदस्यज्यूहरु,
अब म आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति माग्दछु ।
डद्द। विद्यार्र्थीको पठन सिपको विकास, साहित्यिक सृजना, अध्ययन र वाचन, शैक्षिक सामग्रीको निर्माण प्रदर्शन गर्न “पढाइ मेला” कार्यक्रम आयोजना गरिनेछ । विद्यालय प्रधानाध्यापक, शिक्षक, वि.व्य.स. पदाधिकारीलाई नमुना विद्यालयको अवलोकन गराइनेछ ।
डघ। सामुदायिक विद्यालय लक्षित अभिभावक शिक्षा तथा किशोर किशोरीहरुका लागि सामाजिक संजाल सदुपयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ । आधुनिक सूचना तथा संचार प्रणाली, कृत्रिम बौद्धिकता ९ब्क्ष्० लगायतका क्षेत्रको उपयुक्त प्रयोग सम्बन्धमा जानकारी गराउने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
डद्ध। विद्यालयका शैक्षिक गतिविधि, नतिजा, आयव्यय प्रत्येक तीन महिनामा सार्वजनिक गरी राम्रा नतिजा ल्याउने विद्यालयलाई वर्गीकरण सहित सम्मान गरिनेछ ।
डछ। यस नगरपालिका वडा न. १४ मा ऋत्भ्ख्त् अन्तर्गत सञ्चालन मा रहेको धौलागिरी बहुप्राविधिक शिक्षालयमा यसै वर्षदेखि हेल्थ असिस्टेन्ट र स्टाफनर्स कक्षा सञ्चालन गरिनेछ भने कृषितर्फ जे.टि.ए अध्ययन गर्न चाहने विद्यार्थीहरुमध्ये प्रत्येक वडाबाट एक एक जना गरी १४ जना विद्यार्थीलाई पूर्ण छाँत्रवृत्ति प्रदान गरिनेछ ।
डट। निरन्तरको प्रयास स्वरुप बागलुङ नगर अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्तरणको प्रक्रिया अगाडि बढेको छ । यस कार्यमा विशेष भूमिका निर्वाह गरिदिनुहुने गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यू तथा माननीय स्वास्थ्य मन्त्रीज्यूलाई विशेष आभार सहित धन्यवाद व्यक्त गर्दछु । छिट्टै नै पूर्ण व्यवस्थापनका साथ रुपान्तरण प्रक्रिया सम्पन्न हुने कुरामा विश्वास लिएको छु ।
डठ। “सुरक्षित मातृत्व, सुरक्षित जीवन” भन्ने नारालाई मूर्तरुप दिन प्रत्येक स्वास्थ्य संस्था सुदृढ गर्दै शून्य होम डेलिभरीको लक्ष्यलाई पूर्ण कार्यान्वयन गरिनेछ । गर्भवती आमाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउदै ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई सबै वर्थिङ सेन्टरहरुसम्म पु¥याइनेछ । प्रजनन रुग्णता सेवालाई निरन्तरता दिइनेछ।
डड। आमा तथा वालवालिकाको सुस्वास्थ्य, रोग प्रतिरोधात्मक प्रणालीको विकास, बौद्धिक विकास, सर्ने तथा नसर्ने रोगको जोखिम घटाउन तथा दीर्घायुको लागि यसै वर्ष देखि पोषण कार्यक्रमलाई नगरक्षेत्रका सम्पूर्ण टोल वस्तीमा पु¥याइनेछ । यस कार्यक्रम अन्तर्गत लक्षित तथा विपन्न परिवारहरूलाई पोषणयुक्त सामग्री वितरण, गर्भवती, सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाहरुको लागि पोषण शिविर सञ्चालन, सामुदायिक पोषण कार्यकर्ता मार्फत विद्यालयस्तरमा पोषण शिक्षा, पाकशाला तथा प्रदर्शन कार्यक्रम सञ्चालन गरिनेछ । पोषणमैत्री पालिकाका न्यूनतम सूचक पुरा गरी छिट्टै नै बागलुङ नगरपालिकालाई पोषणमैत्री पालिका घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
डढ। जेष्ठ नागरिकहरुप्रतिको दायित्व बोध गर्दै “आदर गरौँ, सेवा गरौँ, जेष्ठ नागरिकप्रति जिम्मेवार बनौँ” भन्ने मुल नाराका साथ जेष्ठ नागरिकका घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ढण्। नगरवासीको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई मध्येनजर गरी चालु आ.व. देखि सुरु गरिएको क्षयरोग कार्यक्रमलाई सचेतना, परीक्षण र उपचारको माध्यमबाट अभियानको रुपमा लगिने छ । क्षयरोग मुक्त राष्ट्रिय लक्ष्य बमोजिम परिणाममुखी कार्यक्रम कार्यान्वयन गरिनेछ ।
ढज्ञ। “औपचारिक शिक्षासंगै स्वास्थ्य शिक्षा” भन्ने नाराका साथ विद्यालय नर्स कार्यक्रमलाई थप प्रभावकारीकताका साथ विस्तार गर्दै लगिनेछ ।
ढद्द। आर्थिक अभावको कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित हुन पुगी सामान्य स्वास्थ्य समस्याको कारण गम्भीर रोगको सिकार हुने वा मृत्युवरण गर्ने अवस्थाप्रति संवेदनशिल भइ नगरक्षेत्र भित्रका सम्पूर्ण दलित, मुस्लिम र माझी परिवारलाई “नगरप्रमुख स्वास्थ्य विमा कार्यक्रम” मार्फत स्वास्थ्य विमा गर्ने गरी अभिभावकत्व ग्रहण गरेका छाँै । यस बाहेक सामुदायिक स्वास्थ्य स्वयं सेविका, अपाङ्गता भएका व्यक्ति, मजदुर र अति विपन्न तथा दिर्घ रोगिहरुको विमा गर्ने कार्यलाई निरन्तरता दिएका छाँै ।
ढघ। दूरदराज तथा सेवा वञ्चित क्षेत्रलाई प्राथमिकता राखी स्वास्थ्य सेवाको पहुँच सबै समुदायसम्म विस्तार गरिनेछ । त्यस्ता स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
ढद्ध। सबै बालबालिकालाई खोप भन्ने नाराका साथ नगरमा पूर्णखोप कार्यक्रमको निरन्तरता सहित दिगोपनाको कार्यक्रम सञ्चालन गरिनेछ ।
ढछ। सर्पदंश उपचार केन्द्र स्थापना लगायत महामारी पूर्वतयारी अन्तर्गत सर्भेलेन्स, नियन्त्रण लगायत अन्य आवश्यकीय कार्य सञ्चालन गरिनेछ ।
ढट। मानसिक तथा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सहित पछिल्लो समय समाजमा देखिएको एक्लोपन, नैराश्यपन तथा मनोरोगीहरुको उपचार तथा परामर्शको लागि मनोसामाजिक मनोविमर्श सेवा विस्तार गरिनेछ । हाल सञ्चालनमा रहेको मनोसामाजिक विमर्शकर्ताको तालिमको प्रभावलाई मूल्याङ्कन गरी निरन्तरता दिइनेछ।
ढठ। विद्यालय, स्वास्थ्य संस्था तथा समुदायमा परामर्शका कार्यक्रमहरु सञ्चालन गरिनेछ । छिटो तथा छरितो परामर्शको लागि मोबाइल सेवा तथा प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याइनेछ ।
ढड। दक्ष स्वास्थ्यकर्र्मी, प्रभावकारी सेवा स्वास्थ्यकर्र्मीको क्षमता अभिवृद्धिका लागि तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । स्वास्थ्यकर्र्मीहरूको योगदानको उच्च कदर गर्दै प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
ढढ। सहरी स्वास्थ्य केन्द्रहरुको सेवालाई परिणाममुखी बनाउनको लागि अध्ययनको आधारमा पूनर्संरचना गरिनेछ ।
ज्ञण्ण्। धौलागिरी अस्पतालमा इमर्जेन्सी ट्रमा केयर युनिट स्थापनाको लागि पहल गरिनेछ ।
ज्ञण्ज्ञ। मुख स्वास्थ्य कार्यक्रमलाई विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा विस्तार गर्दै लगिनेछ ।
ज्ञण्द्द। किशोर, किशोरी तथा बाल स्वास्थ्य केन्द्र स्थापना सहित किशोर किशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिनेछ । आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ज्ञण्घ। दूरदराज तथा पहुँचविहीन क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
ज्ञण्द्ध। निजी स्वास्थ्य सस्थाहरुमा अनुगमन, नियमन गरी सेवाको गुणस्तर वृद्धि गर्न आवश्यक व्यवस्था गरिनेछ । निजी स्वास्थ्य संस्थाहरुलाई न्यूनतम मापदण्डको पालना अनिवार्य गरिनेछ ।
ज्ञण्छ। मानसिक स्वास्थ्य सेवा विस्तार तथा समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञण्ट। नेपाल परिवार नियोजन सङ्घ, नेपाल नेत्र ज्योति सङ्घ लगायतका सरोकारवाला निकायहरूसँग नियमित समन्वय गरी साझेदारी कार्यक्रम मार्फत स्वास्थ्य सेवा प्रभावकारी र समावेशी बनाइनेछ । परिवार योजना, दन्त सेवा तथा आँखा सेवाका कार्यक्रमहरू आपसी सहकार्यमा सञ्चालन गरिनेछ । साथै, विशेष स्वास्थ्य सेवा तथा विशेषज्ञ परामर्शका लागि धौलागिरी प्रादेशिक अस्पतालसँग समन्वय गरिनेछ ।
ज्ञण्ठ। स्वास्थ्य सेवामा पहुँच सुधारका लागि सहकार्य र समन्वयको आधारमा दीर्घकालीन रणनीति निर्माण गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका सहितको नगरस्तरीय सम्मेलन आयोजना गरिनेछ ।
ज्ञण्ड। आयुर्वेद सेवालाई जनमुखी बनाउनको लागि जडीबुटी खेतीको सम्भाव्यता अध्ययन, स्थानीय जडिबुटीहरुको संरक्षण र प्रवर्धन गरिनेछ । मेरो स्वास्थ्य, मेरो जिम्मेवारी को अवधारणा अनुरुप नागरिकलाई स्वस्थ जीवन शैलीतर्फ अभिप्रेरित गर्न योग, ध्यान, प्राकृतिक तथा आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षित तुल्याई वडा तहसम्म वैकल्पिक स्वास्थ्य सेवा सञ्चालन को व्यवस्था मिलाइनेछ ।
ज्ञण्ढ। स्वास्थ्य आहार, विहार तथा विचार सहितको जीवनशैली परिवर्तन गरी नसर्ने रोग तथा मानसीक रोग न्यूनिकरणको लागि सचेतनात्मक, प्रर्वधनात्मक र निदानात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञज्ञण्। नगरको छाँेरी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ज्ञज्ञज्ञ। बालबालिकाको सर्वोपरि हित, सर्वाङ्गीण विकास र अर्थपूर्ण बालसहभागिताको सुनिश्चितताको लागि नेपाल सरकारले लिएको राष्ट्रिय लक्ष्य पूरा गर्ने सन्दर्भमा बाल अधिकारका सवाललाई स्थानीय तहको शासकीय पद्धतिसम्म पु¥याउने हेतुले वर्तमान जनप्रतिनिधिको पहिलो बैठकबाट गरिएको प्रतिवद्वता अनुरुप २०८१ माघ ९ गते हजारौँ जनमानसको उपस्थितिमा ऐतिहासिक कार्यक्रम मार्फत यस नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरेका छाँैं । बालमैत्री स्थानीय शासनका सूचकहरुलाई सतप्रतिशत पु¥याउन तथा जीवन्त राख्नको लागि दिगोपनाका कार्यक्रमहरु तय गरी सञ्चालन गरिनेछ । यसका लागि सिकाइ केन्द्रका सहजकर्ता र बालविकास सहजकर्ताहरुलाई परिचालन गरिनेछ ।
ज्ञज्ञद्द। हिंसा प्रभावित महिलाहरुका लागि सञ्चालनमा रहेको अल्पकालीन सेवा केन्द्र ९क्बाभ ज्यगकभ० लाई थप व्यवस्थापन सहित निरन्तरता दिइनेछ । प्रभावित पुरुषहरुलाई समेत सेवा र मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञज्ञघ। स्वदेश, विदेशमा रहेका व्यक्तिहरु तथा विभिन्न सङ्घसस्थाहरुको सहयोग तथा सहकार्यमा दैवी प्रकोपको कारण ज्यान गुमाएका, बासस्थान गुमाएका, अङ्गभङग भइ उपचार गर्नुपर्ने भएका र दीर्घ तथा कडा रोगको कारण उपचारमा समस्या परेका व्यक्तिहरुलाई राहत दिने गरी राहत कोषको स्थापना गरिनेछ । उक्त कोषको व्यवस्थापनको लागि आवश्यक कार्यविधि तयार गरिनेछ ।
ज्ञज्ञद्ध। सडकमा आश्रय लिएका मानिसलाई मानवसेवा आश्रमबाट सेवा प्रदान गरी २०८२ साल भित्र सडक मानव मुक्त पालिका घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञज्ञछ। ज्येष्ठ नागरिकहरु बीच अन्तरक्रिया, भलाकुसारी, मनोरञ्जन, ज्ञान, सीप, र अनुभवको पुस्तान्तरण गर्ने थलोको रुपमा प्रयोग गर्ने गरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र र ज्येष्ठ नागरिक चौतारी कार्यक्रमको सुरुवात गरिनेछ । “ज्येष्ठ नागरिक हाम्रा आदर्श” भन्ने नाराका साथ जेष्ठ नागरिकहरुलाई पालन पोषण तथा स्याहार गर्ने उत्कृष्ट छाँेरा र बुहारीलाई सम्मान गर्ने परिपाटीको सुरुवात गरिनेछ । आवश्यक कार्यविधि निर्माण गरी जेष्ठ नागरिक अक्षयकोषको शुरुवात गरिनेछ ।
ज्ञज्ञट। घरेलु हिंसा, लैङ्गिक तथा यौनिक हिंसा, छुवाछुत, बालविवाह, बहुविवाह जस्ता सामाजिक कुरीति हटाउन बहस पैरवी लगायत नियमनका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ज्ञज्ञठ। जातीय पेशा र सस्कृतिको संरक्षण गर्दै सघन दलित बस्ती भएको क्षेत्रलाई आवश्यक पूर्वाधार निर्माण गरी नमुना दलित बस्तीको रुपमा पहिचान गराइनेछ । भगत सर्वजित विश्वकर्मा सीप विकास कार्यक्रम मार्फत दलित वर्ग उत्थान समिति गठन गरी दलितहरुको हकहितको सन्दर्भमा आवश्यक आयमूलक, रोजगारमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञज्ञड। नगर क्षेत्रभित्र निर्माण हुने सार्वजनिक संरचना निर्माण गर्दा बालमैत्री र अपाङ्गतामैत्री बनाउने गरी समन्वय र सहजीकरण गरिनेछ ।
ज्ञज्ञढ। धर्म, सस्कृति, अतिथि सत्कार लगायतको क्षेत्रमा अध्ययन गरी नमुना गाउँ निर्माणको लागि आवश्यक पहल गरिनेछ ।
ज्ञद्दण्। मृत्यु संस्कारमा भेटी फर्काउने प्रचलनले आफन्तको मृत्युको पिडा र आर्थिक भार एकै पटक पर्दाको पीडादायी अवस्थालाई कम गर्न मृत्यु संस्कारमा हुने खर्च तथा भेटी फर्काउने परिपाटीलाई व्यववस्थित तुल्याइनेछ । जन्म, मृत्यु, विवाह, ब्रतवन्ध, पास्नी जस्ता कर्मकाण्डको समयमा हुने गरेका भड्किलो परिपाटी र फजुल खर्चलाई कम तथा मितव्ययी गर्नको लागि सामाजिक अभियान सञ्चालन गरिनेछ ।
ज्ञद्दज्ञ। विमा कम्पनिहरुसंगको सहकार्यमा सामूहिक घर विमा र सामूहिक दुर्घटना विमा कार्यक्रम सञ्चालन मा ल्याइनेछ ।
ज्ञद्दद्द। लागु औषध तथा दुव्र्यसनी विरुद्ध सचेतात्मक कार्यक्रम सञ्चालन गर्नको लागि जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका सङ्घसंस्थासंग समन्वय गर्नुका साथै विद्यालय तहका विद्यार्थीहरुमा देखिएको चुरोट, खैनी, सुर्ति, मदिरा, भेप (विद्युतीय चुरोट), हुक्का जस्ता कुलत जन्य वस्तुहरुको प्रयोगलाई पूर्णरुपमा बन्देज गर्नको लागि यस्ता पदार्थहरुको बिक्री वितरणमा अनुगमन तथा नियमनको नीति अवलम्बन गरिनेछ ।
ज्ञद्दघ। उपभोक्ताको स्वास्थ्य हितलाई ख्याल गरी बजार अनुगमनलाई सघन रुपमा सञ्चालन गरिनेछ । मापदण्ड बमोजिम सञ्चालन मा रहेका माछाँ तथा मासु पसलहरुलाई प्रोत्साहन गरिनेछ । निर्धारित मापदण्डको पालना नगर्ने मासु पसल तथा अन्य पसलहरुलाई नियमन गरिनेछ ।
ज्ञद्दद्ध। अपाङ्गता भएका नागरिकहरुलाई सहायता सामाग्री वितरणको कार्यक्रमलाई निरन्तरता दिइनेछ । अपाङ्गता स्वरोजगार केन्द्र स्थापना गरी बौद्धिक अपाङगता भएका व्यक्तिहरुका लागि दिवा सिकाइ केन्द्र सञ्चालन गरिनेछ ।
ज्ञद्दछ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै विद्यालय तहबाटै विभिन्न विधाको खेलकुदको अभ्यास र व्यावसायिक खेलाडीहरुको उत्पादन गर्ने कार्यका लागि खेलकुद प्रतियोगिताहरुलाई व्यवस्थित रुपमा सञ्चालन गरिनेछ । बागलुङ नगरको खेल क्षेत्रको गौरवको रुपमा रहेको खुला नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिइनेछ।
ज्ञद्दट। प्रत्येक वडामा “एक वडा एक खेल मैदान” निर्माणको कार्य निरन्तर रुपमा अगाडि बढाइनेछ ।
ज्ञद्दठ। नगरवासीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउनको लागि नगरका उपयुक्त स्थानहरुमा खुल्ला व्यायामशालाको स्थापनामा निरन्तरता दिइनेछ।
ज्ञद्दड। “नियमित मर्मत सम्भारः दिगो सडकको आधार” को मर्म अनुसार मर्मत सम्भार कोषको व्यवस्था गरी सडकका खाल्टाखुल्टी तत्काल मर्मत गर्ने कार्यको थालनी गरिनेछ । दीर्घकालीन रुपमा समस्या समाधानको लागि “पूर्वाधार एम्बुुलेन्स”को व्यवस्था गर्न साझेदारहरुको खोजी गरिनेछ ।
ज्ञद्दढ। आफ्नै कार्यालय भवन नभएका वडाहरुको कार्यालय भवन क्रमशः निर्माण गर्दै लगिनेछ । वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुसम्म पक्की सडक पु¥याउने नीतिलाई प्राथमिकतामा राखिनेछ । सबै वडाहरुको सन्तुलित विकास हुने गरी एक वडा एक नमुना पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ज्ञघण्। निरयघाटमा निर्माणाधीन मानवसेवा आश्रम भवन निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ भने दाह संस्कार स्थललाई व्यवस्थित बनाइनेछ ।
ज्ञघज्ञ। मूलपानी–ढिकीचौर–तितौरे–मालिका–कुँडुले सडकलार्ई भित्री चक्रपथ र मालढुङ्गा, नारायणस्थान, पैयुँपाटा, अमलाचौर, भकुण्डे, रायडाँडा, तित्याङ, सिगाना र खहरेलाई बाह्य चक्रपथको रुपमा विकास गरिनेछ । पर्यटन प्रवर्धनका लागि भैरवस्थान, मुलावारी, भकुण्डे, रायडाँडा, बौडेचौर, ब्लुहिल, गाजादह, पञ्चकोट, मालिका, कारिकोट, रायरायकोट, संसारकोट, सिगाना कोटघर हलहले, शालिग्राम सङग्रालय देखि कुवेरधाम, कालिगण्डकी निरयघाट लगायतको क्षेत्रमा पर्यटकीय पदमार्गको निर्माण गर्न पहल गरिनेछ ।
ज्ञघद्द। नगरक्षेत्र भित्र सञ्चालन मा रहेका गौरवका योजनामध्ये मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करिडोर, ब्म्द्य मार्फत सञ्चालित च्ऋक्ष्ए अन्तर्गतका सडक, ध्यचमि द्यबलप को सहयोगमा सञ्चालित ल्ग्न्क्ष्ए अन्तर्गतका सडक, सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, सहरी विकास कार्यालय अन्तर्गत निर्माणको चरणमा रहेका सडक लगायतका आयोजनाहरुलाई निर्धारित समय सीमाभित्र सम्पन्न गर्नका लागि समन्वय गरिनेछ ।
ज्ञघघ। हाल निर्माणाधीन अवस्थामा रहेका नगर तथा वडाका महत्वपूर्ण सड्कहरुलाई समयमै सम्पन्न गर्न तथा स्तरोन्नतिको बाँकी कार्य गर्न सङ्घ तथा प्रदेश सरकारसंग समन्वय गरिनेछ । बजार क्षेत्रमा रहेका खुल्ला विद्युत तार र टेलिफोनका तारलाई भूमिगत गर्नको लागि आवश्यक पहल गरिनेछ ।
ज्ञघद्ध। हरेक वर्षायामको समयमा बग्दै आएको भल पानीका कारण बागलुङ बजार क्षेत्र जलमग्न हुने, कतिपय घरहरु डुवानमा पर्ने, सडक बिग्रर्ने र सवारी तथा यात्रु आवागमनमा अवरोध हुने वर्षौदेखिको समस्या र बजार क्षेत्रको दिसाजन्य लेदो व्यवस्थापनको समस्याको स्थायी समाधानका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा आवश्यक कार्य गरिनेछ ।
ज्ञघछ। कालीगण्डकी करिडोर र बागलुङ–कुश्मिसेरा सडक खण्डमा पर्ने एक्लेसाल र दब्ल्याङको पहिरोको समस्या स्थायी रुपमा समाधान गर्न प्रदेशसंग समन्वय गरिनेछ । बा.न.पा. वडा नं. ११ को रामतोला र बा.न.पा. वडा नं. ३ को कैलाम पोखरी र बोक्से पैह्रो, वडा नं. ८ को भलायवोट पैह्रो, बा.न.पा. १३ जलजला र ढाँड, बा.न.पा. १२ टाकुरीको पैह्रो, कालाखोलाको नदीकटानको समस्या समाधान गर्न सङ्घ तथा प्रदेश सरकारसंग समन्वय गरिनेछ ।
ज्ञघट। बागलुङ बजार क्षेत्रको सुरक्षाको लागि उद्योग वाणिज्य सङ्घ बागलुङसंगको सहकार्यमा सि.सि.क्यामेरा जडान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
ज्ञघठ। निजी क्षेत्रसंगको सहकार्य र सरोकारवालाहरुको समन्वय तथा साझेदारीमा उपयुक्त स्थानहरु पहिचान गरी केवलकार, सपिङ कम्प्लेक्स सहितको सिटीहल तथा स्विमिङ्ग पुल कोसेली घर, चिस्यान केन्द्र, वधशाला, कृषि बजार लगायतका पूर्वाधार निर्माण गर्न पहल गरिनेछ ।
ज्ञघड। नगर क्षेत्रभित्र निर्माण हुने सबै सार्वजनिक पूर्वाधार निर्माणलाई अपाङ्ग र बालमैत्री बनाउने गरी संरचनात्मक सुधार गरिनेछ । नगर क्षेत्रभित्रका मुख्य तथा सहायक सडकहरुको क्रमशः स्तरोन्नति गरिनेछ । सडक क्षेत्रमा हरियाली प्रवद्र्धन, सडक बत्ती, कालोपत्रे, नाली निर्माण तथा फुटपाथको व्यवस्था गरी सुरक्षित र आकर्षक बनाउने कार्यलाई निरन्तरता दिइनेछ ।
ज्ञघढ। विस्तृत परियोजना प्रस्ताव स्वीकृत भएको वडा नं. १४ नारायणस्थानमा एकीकृत बस्ती विकास योजना कार्यान्वयन गर्नको लागि सङ्घीय सरकारसंग पहल गरिनेछ ।
ज्ञद्धण्। नगरभित्र सञ्चालन हुने सार्वजनिक सवारीलाई सुरक्षित तुल्याई दुर्घटना न्यूनीकरण गर्न सरोकारवालासंगको समन्वयमा सडक सुरक्षा नीति तथा प्रविधिको अवलम्बन गरिनेछ ।
ज्ञद्धज्ञ। नगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको लगत सङकलन गरी संरक्षण गरिनेछ । निर्माण सम्पन्न भएका योजनाहरुको आयोजना हस्तान्तरण, उपयोग र संरक्षणको लागि आवश्यक नीति लागु गरिनेछ ।
ज्ञद्धद्द। नगरक्षेत्रभित्र सङ्घ प्रदेश तथा पालिका स्वयंबाट सञ्चालन रही अधुरा तथा रुग्ण हुन पुगेका योजनालाई पूर्ण रुपमा सम्पन्न गर्नको लागि सम्बन्धित निर्माण व्यवसायी तथा योजना कार्यान्वयन निकायसंग समन्वय गरिनेछ ।
ज्ञद्धघ। चिप्लेटी बसपार्क क्षेत्रलाई ओझेलमा पर्न नदिनको लागि उक्त क्षेत्रको विकासको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० तयार गरी योजना अगाडि बढाइने छ । साथै हाल सञ्चालनमा रहेको जिपपार्कलाई उचित स्थानमा स्थानान्तरण गरिनेछ ।
ज्ञद्धद्ध। खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि दिगो रुपमा श्रोतमा पानीको उपलब्धता सुनिश्चित गर्नको लागि श्रोतको संरक्षण, एकीकरण र भूमिगत जल पुनर्भरण र वन्यजन्तु वासस्थान व्यवस्थापनका लागि ध्बतभच च्भअजबचनभ पोखरी, सिँचाइ पोखरी निर्माणको कार्यलाई सरोकारवालाहरुको सहभागिताको आधारमा अगाडि बढाइनेछ ।
ज्ञद्धछ। नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई पूर्णता दिई सङ्घ, प्रदेश लगायत नेवाः, न्यचपजब ध्बभिाबचभ त्चगकत समेतको सहयोगमा “एक घर एक धारा“ खानेपानीको सुनिश्चतता गरिनेछ । मेरो परिवार नेपाल लगायतका सङ्घसस्थाहरुको समन्वयमा विद्यालयहरुमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिनेछ ।
ज्ञद्धट। सङ्घ, प्रदेश र सरोकारवालाको सहयोग तथा समन्वयमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको योजनाबद्ध विकास गरी ल्ध्बकज एबिल तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
ज्ञद्धठ। नगर क्षेत्रभित्र हाल सञ्चालनमा रही सम्पन्न हुन बाँकी खानेपानी आयोजनाहरुलाई यथाशक्य छिटो सम्पन्न गर्न सहजीकरण गरिनेछ । खानेपानीको श्रोत अभाव रहेका पहाडी क्षेत्र वडा नं. ६ मालिका र वडा नं. ८ सिगानामा हाल सफल परीक्षण भएको डिप बोरिङ प्रविधिले खानेपानीको श्रोत अभाव रहेका पहाडी तथा भिरालो क्षेत्रका बासिन्दालाई पानीको आपूर्ती गर्न सक्ने उत्साह सिर्जना भएको हुँदा बाँकी श्रोत अभाव रहेका स्थानहरुमा डिप बोरिङको सम्भाव्यता अध्ययन सुरु गरिनेछ ।
ज्ञद्धड। बागलुङ नगरक्षेत्रको फोहरमैला व्यवस्थापनको लागि दातृ निकायसंगको सहकार्यमा ऋभिबल द्यबनगिलन कार्यक्रम मार्फत श्भचय ध्बकतभ प्रविधि लागु गरिनेछ । सिर्जित फोहरलाई कम्पोष्ट मलमा परिणत गरी कौसी तथा करेसावारी कार्यक्रम प्रवद्र्धन गरिनेछ । श्रोतमानै फोहरको वर्गीकरण गरी नकुहिने फोहरलाई च्भमगअभ, च्भगकभ र च्भअथअभि गर्ने नीति लिइनेछ । फोहरमैला व्यवस्थापनको लागि उपयुक्त देखिएका आधुनिक मेसिन खरिद गरी फोहरमैला व्यवस्थापनको बैज्ञानीक कार्यलाई अवलम्वन गरिनेछ ।
ज्ञद्धढ। नगरक्षेत्रमा आवास र व्यावसायिक प्रयोजनका लागि निर्माण हुने घर, भवन तथा संरचनाहरुलाई व्यवस्थित र भूकम्प प्रतिरोधी निर्माण गर्ने कार्यका लागि भवन निर्माण मापदण्डलाई कडाइका साथ लागु गरिनेछ ।
ज्ञछण्। अनलाइन प्रविधिको माध्यमबाट नक्सापासको कार्यलाई इलेक्ट्रोनिक विल्डिङ्ग पर्मिट सिस्टम ९भ्द्यएक्० मार्फत लागु गरिनेछ । सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिइनेछ।
ज्ञछज्ञ। नगरक्षेत्र भित्रका सडक मापदण्ड वस्तुनिष्ठ र वैज्ञानिक रुपमा परिमार्जन गरी लागु गरिनेछ । व्यावसायिक तथा सरकारी भवन निर्माण गर्दा अनिवार्य अण्डरग्राउण्ड पार्किङ्गको सुविधा सहितको भवन निर्माण गर्ने नीतिलाई आवश्यक कानुनी व्यवस्था मिलाई कडाइका साथ लागु गरिनेछ । त्यस्ता भवनहरु निर्माण गर्दा लाग्ने शुल्कमा २० प्रतिशत छुट दिने नीति लिइनेछ । स्थानीय स्रोत साधनको प्रयोग गरी परम्परागत शैलीमा घर निर्माण गर्दा लाग्ने नक्सापास दस्तुरमा छुट दिइनेछ ।
ज्ञछद्द। नयाँ निर्माण हुने भवनलाई ऊर्जा मैत्री तथा उर्जा प्रभावकारी बनाउनको लागि तयार गरेको कार्यविधिलाई लागु गर्ने सन्दर्भमा द्यगष्मष्लन भ्लभचनथ भाष्अभलअथ ष्ल ल्भउब ि९द्यभ्भ्ल्० संगको सहकार्यमा जलवायु अनुकूल डिजाइन गर्ने कार्यमा आवश्यक सहयोग लिइनेछ ।
ज्ञछघ। नगरक्षेत्र भित्रका जग्गाको वर्गीकरण गर्ने कार्य सम्पन्न भइ सकेकोले भू उपयोग योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । । वडा नंं १४ को नारायणस्थान, वडा नंं १२ को उपल्लो सरङ्गी र तल्लो सरङ्गी तथा वडा नंं १३ को पैयँुपाटाको दम्कदेखि नारायणस्थानसम्मको तल्लो भागलाई समेटी सहरी विकास मापदण्ड अनुसार व्यवस्थित सहरको रुपमा विकास गर्ने नीति अवलम्बन गरिनेछ । जग्गाको चक्लाबन्दीको लागि प्रोत्साहनको नीति लिइनेछ । एक भन्दा बढी कित्ता एकीकरण गर्ने प्रयोजनको लागि गरिने सिफारिस दस्तुरमा ५० प्रतिशत छुट दिइनेछ ।
ज्ञछद्ध। परम्परागत गोलघर र शताव्दी पूरा गरेका घरहरुलाई मौलिक रुपमा मर्मत सम्भार गरी ऐतिहासिक सम्पदाको रुपमा अभिलेख राखी संरक्षण गर्न चाहने घर धनीहरुलाई सहयोग उपलब्ध गराइनेछ ।
ज्ञछछ। भूमिहीन, सुकुम्बासीहरुलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गर्ने कार्यका लागि भूमि आयोग संग समन्वय गरिनेछ ।
ज्ञछट। नगर क्षेत्रभित्र घर तथा संरचना निर्माणमा संलग्न हुने सिकर्मी, डकर्मी र निर्माण व्यवसायीहरुको अभिलेख राखी उनीहरुलाई भवन संहिता र भवन निर्माण मापदण्ड सम्बन्धमा अभिमुखीकरण गरिनेछ ।
ज्ञछठ। बागलुङको पुरानो बजार क्षेत्र कम्पुटोल, किराना टोल, देउरालीचोक लगायतको क्षेत्रलाई ऐतिहासिक सम्पदा बस्तीको रुपमा विकास गर्ने कार्य यसै आ.व. देखि सुरु गरिनेछ ।
ज्ञछड। उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बजार क्षेत्रमा हाइमास्ट बत्ती जडानको कार्य यसै बर्ष सम्पन्न गरी अन्य सम्भावित वडा तथा क्षेत्रहरुमा विस्तार गर्दै लैजाने नीति लिइनेछ ।
ज्ञछढ। बाङ्गेचौर खेलमैदानलाई आवश्यक पूर्वाधार सहितको मिनी स्टेडियम निर्माण गर्ने कार्य यसै आ.व. देखि सुरु गरिनेछ ।
ज्ञटण्। नगरपालिका क्षेत्रभित्र विद्युतीय चुल्हो लगायतका दिगो वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
ज्ञटज्ञ। वृक्षरोपण गर्ने संस्कृतिको विकास गरी हरियाली प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ । ऋभिबल द्यबनगिलन, न्चभभल द्यबनगिलन भन्ने नाराका साथ प्रत्येक घरले प्रतिवर्ष कम्तीमा एक वटा बिरुवा हुर्काउने कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिनेछ । विभिन्न सङ्घ संस्थाहरुको साझेदारीमा सामुदायिक पार्क निर्माणको कार्यलाई प्रोत्साहन गरिनेछ ।
ज्ञटद्द। नगरस्तरीय विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्य योजना निर्माण गर्न तथा विपद् व्यवस्थापन पूर्व तयारी, उद्धार, राहत, पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सरोकारवालाहरुसंग सहकार्य गरिनेछ ।
ज्ञटघ। प्राकृतिक प्रकोप तथा विपद्को समयमा राहत तथा उद्धार कार्यका लागि स्थानीय आपत कालीन कार्यसञ्चालन केन्द्र मार्फत सञ्चालन गरिएको एम्बुलेन्स, शव वाहन, दमकल, ब्याक हो लोडर जस्ता सेवालाई जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र धौलागिरी अस्पताल नेपाल रेडक्रस सोसाइटी समेतको सहकार्यमा २४ सै घण्टा सेवा सञ्चालनको व्यवस्था मिलाइनेछ ।
ज्ञटद्ध। आवास तथा खेतीयोग्य क्षेत्रमा रहेका अव्यवस्थित एवं जोखिमयुक्त झाडीहरु बुट्यान र कुकाठका रुखहरु व्यवस्थापन गर्न आवश्यक व्यवस्था गरिनेछ ।
ज्ञटछ। नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरुको सीमाङ्कन, लेखाङ्कन र अभिलेखीकरण गरी संरक्षणको व्यवस्था मिलाईनेछ ।
ज्ञटट। रुपाताल संरक्षण परियोजनासंगको सहकार्यमा कालाखोला औद्योगिकग्राम लगायतको क्षेत्रमा भएको नदी कटान रोक्नको लागि विशेष पहल गरिनेछ ।
ज्ञटठ। पहिरोको जोखिम रहेको सडक क्षेत्राधिकारभित्र बाँस, अम्रिसो लगायतका बिरुवा रोपी बायो इन्जिनियरिङ प्रविधिलाई प्रोत्साहन गरिनेछ । नगरका सडक क्षेत्रको दाँयाँबाँयाँ रुख रोप्ने कार्यलाई प्रोत्साहन गरी ग्रिन रोडको अवधारणालाई कार्यान्वयन गरिनेछ ।
ज्ञटड। नगरक्षेत्र भित्रका सामुदायिक वनलाई जिल्ला वन कार्यालयसंगको समन्वयमा पर्यावरण, जडीबुटी र आर्थिक क्रियाकलापका क्षेत्रमा क्रियाशील गराउन प्रोत्साहन गरिनेछ । साथै सामुदायिक वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास, दिगो व्यवस्थापन र उपयोगको लागि आवश्यक कानुनी व्यवस्था गरिनेछ ।
ज्ञटढ। जलवायु परिवर्तनको कारण प्राकृतिमा आएको परिवर्तन तथा यसले जैविक विविधतामा पारेको प्रभावलाई न्यून गर्नको लागि सरोकारवाला निकायहरुसंग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञठण्। नगरपालिकाको सेवा प्रवाहलाई सरल, जवाफदेही, सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री बनाउँदै भ–नयखभचलबलअभ अनुरुप फेसलेस, पेपरलेसको कार्यलाई थप व्यवस्थित सहित निरन्तरता दिइनेछ।
ज्ञठज्ञ। नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्न प्रत्येक पदको कार्यविवरण सहित प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुखसंग, शाखा प्रमुख र वडा सचिवहरुले प्रमुख प्रशासकीय अधिकृतसंग, विद्यालयका प्र.अ. हरुले नगर शिक्षा अधिकारीसंग र शिक्षकहरुले प्र.अ. संग उपलव्धि सूचक सहित कार्य सम्पादन सम्झौता गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
ज्ञठद्द। नगरपालिकाको सङगठन संरचनालाई पुनर्लेखन गरी चुस्त, उपयुक्त र प्रभावकारी र वैज्ञानिक बनाइनेछ । कार्यालयको सबै सूचना (डाटा) लाई छुट्टै सर्भर मार्फत एकीकृत गरिनेछ । सफ्टवयरको माध्यमबाट विषयगत शाखा, वडा कार्यालय, शिक्षा तथा स्वास्थ्य संस्थाको कार्यलाई प्रविधिमैत्री बनाइनेछ ।
ज्ञठघ। व्यक्तिगत घटनादर्ता (जन्म, मृत्यु, विवाह, बसाइसराइ तथा सम्वन्ध विच्छेदलाई सत प्रतिशत गराउन वडास्तरमा दर्ता शिविर सञ्चालन गरी नगरपालिकालाई पूर्ण मापन घोषणा गरिनेछ ।
ज्ञठद्ध। टाढाका उपभोक्ताहरु योजना सम्झौता तथा फरफारकको लागि नगरपालिका पटक पटक धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्नको लागि बागलुङ नगरपालिका मार्फत सञ्चालन हुने पाँच लाखसम्मका योजनाहरुको सम्झौता तथा फरफारकको सम्पूर्ण कागजपत्र तयार गरी अन्तिम भुक्तानीको लागि नगरपालिका कार्यालयमा पठाउने गरी वडा कार्यालयहरुमा अधिकार प्रत्यायोजन सहितको व्यवस्था गरिनेछ ।
ज्ञठछ। कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गर्न उत्प्रेरणा र क्षमता विकासका कार्यक्रमहरुमा प्रोत्साहन गरिनेछ ।
ज्ञठट। कार्यपालिका र वडा सदस्यहरुको लागि कार्यक्षेत्र अनुरुपका आवश्यक तालिम कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइनेछ ।
ज्ञठठ। जनप्रतिनिधि तथा कर्मचारीहरुको अन्तर्घुलन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञठड। “भष्ट्राचारमा शून्य सहनशीलता” को नीति अवलम्बन गरी सुशासनको प्रत्याभूति गरिनेछ ।
ज्ञठढ। नगरपालिकाबाट सम्पादन भएका योजना तथा कार्यक्रम र सेवा प्रवाहको सम्बन्धमा नागरिक समाज र प्रबुद्ध व्यक्तिहरुसंगको अन्तरक्रिया कार्यक्रम लगायत सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, ग्राहक सन्तुष्टि सर्वेक्षण, सुझाव तथा गुनासो सङ्कलन जस्ता सुशासनका औजारहरुको अधिकतम उपयोगलाई निरन्तरता दिइनेछ ।
ज्ञडण्। सङघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्तका कार्यक्रमहरुलाई आयआर्जनसंग जोड्दै उक्त कार्यक्रममा बढीमा ५ प्रतिशत भन्दा बढी प्रशासनिक खर्च नबढ्ने गरी खर्चलाई मितव्ययी बनाइनेछ ।
ज्ञडज्ञ। महिला जनप्रतिनिधिहरुका लागि नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरिनेछ
ज्ञडद्द। नगरपालिकाका सम्पूर्ण गतिविधि तथा सूचनाहरुलाई आम नगरवासी समक्ष पु¥याउने व्यवस्थालाई थप प्रभावकारी तुल्याइनेछ । स्थानीय सञ्चार माध्यमको सबलीकरण, संस्थागत विकास, सार्वजनिक सुनुवाइ लगायतका विषयमा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखासंग साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ । पत्रकार लेखनवृत्ति कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
ज्ञडघ। नगरक्षेत्रभित्र क्रियाशील पत्रपत्रिका, एफ.एम. र टेलिभिजनसंग सहकार्य गरी नगरपालिकाका सम्पूर्ण सूचना तथा विकास गतिविधिहरुलाई आम नगरवासी समक्ष पुग्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञडद्ध। स्थानीय सञ्चार माध्यमको सबलीकरण र सञ्चारकर्मीहरुको क्षमता विकासको लागि सहयोग गरिनेछ । नगरपालिकाको सूचना विज्ञापन प्रकाशनको लागि स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिइनेछ । पत्रकारिताको माध्यमबाट नगरको विकास र समृद्धिमा उत्कृष्ट योगदान गर्ने सञ्चारगृह र सञ्चारकर्मीलाई सम्मान गर्ने र सञ्चारकर्मी दुर्घटना विमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ज्ञडछ। नगरक्षेत्र भित्र सञ्चालन हुने विकास आयोजना, खेलकुद तथा अन्य गतिविधिहरु सञ्चालन, कार्यान्वयन तथा गुणस्तर कायम गर्न, नगरक्षेत्रको विकास लगायतका कार्यमा लगानी जुटाउन र साझेदारी कार्यक्रम सञ्चालन गर्नको लागि सङ्घ तथा प्रदेशमा रहेका मन्त्रालय, सरकारी कार्यालय तथा गैर सरकारी संस्थासंग समेत नियमित समन्वय गरिनेछ ।
ज्ञडट। फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, साझा पूर्वाधार निर्माण, सडक सञ्जाल लगायतका साझा सरोकारका विषयहरुमा गरिने निर्माण लगायतका कार्यमा एकरुपता ल्याउन सिमाना जोडिएका पालिकाहरुसंग अन्तरपालिका समन्वय गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
ज्ञडठ। अन्तरपालिका असल अभ्यासको आदानप्रदान, स्थानीय सरकारको संस्थागत विकास र अन्तरपालिका समन्वयलाई प्रभावकारी बनाउन एक प्रदेश एक पालिका बीचको भगिनी सम्बन्ध र महत्वपूर्ण, उपयोगी अन्तर्राष्ट्रिय संस्थाहरुको सदस्यता प्राप्ति गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
ज्ञडड। नगरक्षेत्रभित्र टोल विकास संस्थाहरु गठन तथा पुनर्गठन गरी टोल विकास संस्थाको क्षमता विकास गर्दै टोल विकास संस्था मार्फत टोल स्तरका आयोजना कार्यान्वयन, फोहोर व्यवस्थापन, सामाजिक सचेतना जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
ज्ञडढ। उपभोक्ता हित र संरक्षणको लागि उपभोक्ता शिक्षा, सचेतना कार्यक्रम, उपभोग्य वस्तुको गुणस्तर मापन, बजार अनुगमन, अखाद्य पदार्थ र मिसावटको बारेमा बहस पैरवी र नियमन गर्ने जस्ता कार्यलाई निरन्तरता दिइनेछ ।
ज्ञढण्। खनिज पदार्थको खोज, अनुसन्धान तथा अन्वेषण कार्यको लागि सङ्घ तथा प्रदेश सरकारसंग समन्वय गरी आवश्यक वातावरण सिर्जना गरिनेछ ।
ज्ञढज्ञ। गण्डकी प्रदेश स्तरीय न्यायिक सम्मेलको ८ बँुदे घोषणा पत्र बमोजिम प्रदेशभित्रका न्यायिक समितिको कार्यसम्पादनमा एकरुपता कायम हुने गरी न्यायिक प्रकृयालाई छिटो, छरितो र सहज ढङगबाट सम्पादन गर्ने नीति अगाडि बढाइनेछ ।
ज्ञढद्द। “कोही नपरुन् अन्याय, जन्ताको घरदैलोमा न्याय” भन्ने नारालाई सार्थक बनाउने गरी गाउँ टोलमा नै कानुनी सचेतना, न्यायिक संबाद, विवाद दर्ता शिविर सञ्चालन गरिनेछ ।
ज्ञढघ। “विवाद घटाऊँ मेलमिलाप बढाऊँ तनाव रहित जिन्दगी बिताऊँ” भन्ने नाराका साथ विवाद समाधानका वैकल्पिक उपायहरुमा मेलमिलाप पद्धतिलाई प्राथमिकता दिने गरी कार्यक्रम अगाडि बढाईनेछ ।
ज्ञढद्ध। संविधानको अनुसूची ८ र ९ अन्तर्गतका विषयमा आवश्यकता अनुसार कानुनहरु निर्माण गर्दै लगिनेछ । कानुन विषयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुको लागि छाँत्रवृत्ति दिँदै आएको कार्यलाई निरन्तरता दिइनेछ।
ज्ञढछ। असल अभ्यास सिकाई आदान प्रदान, न्यायिक समिति, मेलमिलापकर्ता र कर्मचारीको क्षमता अभिवृद्धि लगायतका तालिम, गोष्ठी, सेमिनारको आयोजना गरिनेछ ।
ज्ञढट। वडा मेलमिलाप केन्द्रलाई सक्षम तुल्याउनको लागि गुणस्तरीय मेलमिलापकर्ता तयार, वडाको विवाद वडामै समाधान गर्ने नीति र वडा मेलमिलाप केन्द्रलाई क्रमशः साधन स्रोत सम्पन्न बनाउदै सक्षम न्याय प्रणाली, कानुनी प्रक्रिया छिटो छरितो तथा पहुँच योग्य र प्रभावकारी न्यायिक प्रणालीको विकास गरिनेछ ।
ज्ञढठ। नगरपालिकाको विद्यमान राजश्व तथा कर नीति, करका दर र दायराहरु वैज्ञानिक, वस्तुनिष्ठ, प्रगतिशील र करदातामैत्री बनाउने सम्बन्धमा निजी क्षेत्रको समेतको सुझावको आधारमा आवश्यक अध्ययन गरिनेछ ।
ज्ञढड। राजश्व परामर्श समितिको सुझावको आधारमा करको दायरा विस्तार, कर सचेतना, कर प्रशासनमा सुधार एवं कर सहभागिता अभिवृद्धि गरी आन्तरिक आय वृद्धि गरिनेछ ।
ज्ञढढ। नगरपालिकाको कर तथा राजश्वको दायरा वृद्धि गर्ने उद्वेश्यले सार्वजनिक निजी साझेदारी कार्यक्रम मार्फत राजश्वका दायरा वृद्धि सहित राजश्व सङ्कलनका कार्यहरुमा समेत सहकार्यको नीति अवलम्बन गरिनेछ । करदाताको सहजताको लागि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
द्दण्ण्। फोहरमैला शुल्कको हकमा एक वर्षको एकमुष्ट तिर्ने करदाताको कर रकममा एक महिनाको शुल्क छुट दिने र उत्कृष्ट करदातालाई सम्मान गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
द्दण्ज्ञ। राजश्व चुहावट नियन्त्रण, नतिजामुखी सार्वजनिक खर्च व्यवस्थापन, आर्थिक कारोबारमा पारदर्शिता र लेखा परीक्षण प्रतिवेदनका सुझाव कार्यान्वयन मार्फत आर्थिक अनुशासन कायम गरिनेछ ।
अन्त्यमा, यस नीति तथा कार्यक्रम तर्जुमा कार्यमा योगदान पु¥याउनु हुने नगर उप–प्रमुख ज्यू, विषयगत समितिका संयोजकज्यूहरु, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यज्यूहरु, नगरसभा सदस्य ज्यूहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । त्यसै गरी नीति तथा कार्यक्रमका लागि सुझाव प्रदान गर्नुहुने बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेल लगायत पूर्व जनप्रनिधिहरु, राजनीतिक दल, बागलुङ नगरपालिकाका निवर्तमान जनप्रनिधिज्यूहरु, विषयगत कार्यालयका कार्यालय प्रमुख ज्यूहरु, बागलुङ उद्योग वाणिज्य सङ्घ लगायतका सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, सहकारी अभियान्ताहरु, गैर सरकारी सङ्घ संस्थाहरुका प्रतिनिधि ज्यूहरु, नागरिक समाज, पत्रकार, सूचना प्रविधि मार्फत सुझाव प्रदान गर्ने महानुभावहरु लगायत सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी, आमाबुबाहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । प्राप्त सुझावहरुलाई मार्ग निर्देशनको रुपमा लिई बागलुङ नगरपालिकाको सम्पत्तिको रुपमा अभिलेखीकरण गर्ने कुरामा विश्वास दिलाउन चाहन्छु । नीति तथा कार्यक्रमको मस्यौदा तयारीमा सहयोग गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत लगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुप्रति धन्यवाद व्यक्त गर्दछु ।
जय बागलुङ !
(बसन्त कुमार श्रेष्ठ)
नगर प्रमुख
२०८२।३।९ गते