जेसीजको सप्ताहव्यापी कार्यक्रम सकियो

  • भदौ ३१, २०७९

बागलुङ- साताव्यापी विभिन्न कार्यक्रम गरेर जेसीज सप्ताह २०२२ सम्पन्न भएको छ ।  एक साताअघि शुरु भएको कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले युवालाई सामाजिक र व्यवहारिक रुपमा परिपक्व बनाउने र क्षमता पढाउने काममा सप्ताहले योगदान गरेको बताए । 
गत शनिवारदेखि शुरु भएको जेसीज सप्ताहमा आइतवार सत्यदेवी स्मृति स्लो बाइक रेश कार्यक्रम र सोमबार तनाब व्यवस्थापन तालिम संचालन भएको थियो । मंगलवार खुला नृत्य प्रतियोगिता र बुधवार स्थापना दिवश र रक्तदान कार्यक्रम संचालन भएको थियो । बिहिवार फुटसल प्रतियोगिता र शुक्रवार प्रगती स्मृति वक्तृत्वकला तथा समापन समारोह सम्पन्न भएको हो ।  हरेक बर्षको नेतृत्वले सप्ताह मार्फत विभिन्न कार्यक्रम तथा युवाहरुको नेतृत्व बिकासका काम गर्दै आएको छ ।
समापनको अबसरमा आयोजित प्रभावकालागि कार्य बिषयक वक्तृत्वकलामा पर्वतको नमूना आवासिय माबिकी छात्रा पूर्णिमा देवी खत्री सर्बोकृष्ठ भइन् । उनले निर्धारित ५ मिनेटको समयमा उत्कृष्ठ प्रद्र्धशन सहितको प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा विभिन्न प्रतियोगिता र कार्यक्रमका उत्कृष्ठ सहभागि र प्रतियोगिलाई पुरस्कार बितरण समेत गरिएको मुल संयोजक अन्जिला श्रेष्ठले बताइन् । कावा अध्यक्ष आनन्द रेग्मीको अध्यक्षता र सचिव बलराम कंडेलको संचालनमा भएको समापन कार्यक्रममा जेसीज बागलुङका संस्थापक श्याम श्रेष्ठ, प्रगती स्मृति कोषका संरक्षक कृष्णबहदुर श्रेष्ठ, सामाजिक अगुवा देवबहादुर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछाने, पर्वत जेसीजका अध्यक्ष उशा चापागाइ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना, निर्णायक मण्डलका संयोजक हरिप्रसाद पाण्डेय लगायतले मन्तव्य राखेका थिए । उक्त अबसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाइ सम्मान पनि गरिएको थियो । जेसीजका पूर्व अध्यक्ष निलेस राजभण्डारीलाई आफ्नै बाबुलाई कलेजो दान गरेकोमा सम्मान गरियो । 
 

प्रतिक्रिया