• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

दैविक प्रकोप उद्धार कोषमा जैमिनीले १ लाख सहयोग गर्ने 

  • भदौ ११, २०८३

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा बागलुङको जैमिनी नगरपालिकाले तत्काल १ लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ । विहिबार विहान नगरप्रमुख नरबहादुर पुनको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले विनासकारी  बाढीको कारण रसुवा, नुवाकोट र धादिङ जिल्ला भई बहने भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्रमा पु¥याएको जनधनको अपुरणीय क्षति प्रति दुख व्यक्त गर्दै तत्कालका लागि १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । शर्माका अनुसार भोलिका दिनमा रास्ट्रिय आह्वान अनुसार गर्नेगरी तत्काल राहातका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।  नगरपालिकाले केन्द्रीय सर्कुलर अनुसार आवश्यक परेमा थप निर्णय गर्ने गरी तत्कालका लागि सो निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय