• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • कला/मनोरञ्जन

मौलिक संस्कृतिको संरक्षणमा सवैले जोड दिउँ - रेणुका काउचा 

  • साउन ५, २०८३

बागलुङ-  प्रतिनिधिसभा सदस्य रेणुका काउचा मगरले आदिवासी जनजाति समुदायले जहाँ रहे पनि आफ्नो मौलिक पहिचान, भाषा, संस्कृति, संस्कारलाई संरक्षण गर्दै आएको बताएकी छन् । 
नेपाल मगर विद्यार्थी संघ बागलुङले मंगलबार बागलुङ आयोजना गरेको २७औँ अरुण स्मृति साँझ एवं मौलिक सांस्कृतिक कार्यक्रममा बोल्दै  काउचाले नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्न अभिभावक, अग्रज र समुदायबीच अन्तरपुस्तीय संवाद आवश्यक रहेको बताइन् । “हाम्रा बुबाआमा र अग्रजसँग बसेर उनीहरूको अनुभव सुन्ने, परम्परा सिक्ने र त्यसलाई व्यवहारमा उतार्ने काम गर्न सके मात्र हाम्रो मौलिकता जोगिन्छ,“ उनले भनिन ।

May be an image of flute, violin, dais and text

उनले मगर समुदायको भाषा, भेषभूषा, मौलिक नृत्य, सोरठी, मारुनी, झ्याउरे, पञ्चेबाजा, रीतिरिवाज, चाडपर्व तथा परम्परागत जीवनशैली समुदायको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षणमा युवा पुस्ताको सक्रिय भूमिका अपरिहार्य रहेको बताइन । विद्यालय र कलेज तहदेखि नै मातृभाषा, इतिहास र संस्कृतिप्रति सकारात्मक सोच विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।
सांसद काउचाले आदिवासी जनजातिका हक, अधिकार, भाषा र संस्कृतिसँग सम्बन्धित विषयलाई संघीय संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरिन् । विकास र आधुनिकतासँगै मौलिक पहिचान हराउन नदिने दायित्व सबै समुदायको भएको उनको भनाइ थियो ।

उनले स्वर्गीय गायक अरुण थापाका गीत नेपाली संगीतका कालजयी सिर्जना भएको उल्लेख गर्दै उनका गीतले नेपाली समाजको भावना, प्रेम, पीडा र जीवन दर्शनलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताइन ्। अरुण स्मृति दिवस मनाइरहँदा कला, साहित्य र संस्कृतिको संरक्षणप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । “हामीले आफ्ना जातीय मुद्दासँगै भाषा, कला, संस्कार र संस्कृतिको पनि संरक्षण गर्नुपर्छ । संस्कृति जोगियो भने मात्र हाम्रो पहिचान र इतिहास पनि जीवित रहन्छ, काउचाको भनाई थियो । 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं नेकपाको मुख्य सचेतक कुशम बुढा मगर समुदायको मौलिक पहिचान संरक्षणका लागि युवा पुस्तालाई भाषा, संस्कार, परम्परा र सांस्कृतिक अभ्याससँग जोड्ने अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेकी थिइन ।  उनले आधुनिकतासँगै आफ्नो मौलिकता पनि जोगाउँदै लैजान सके मात्रै भावी पुस्ताले आफ्नै इतिहास र पहिचानलाई गर्वका साथ आत्मसात् गर्न सक्ने बताएकी थिइन । 

May be an image of temple and text
कार्यक्रममा बागलुङका विभिन्न मौलिक संस्कृतिहरु प्रस्तुत गरिएको थियो  भने स्वर्गिय गायक अरुण थापाले गाएका गितहरुलाई विभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए । 
कार्यक्रम नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष कृष्ण अठारे मगरको अध्यक्षता, विशाल थापाको स्वागत र सचिव प्रदिप थापा मगरेको संचालनम सम्पन्न भएको थियो । 

May be an image of one or more people, temple and text that says 'विद्याथीहरू एक होओँ, शैक्षिक जागरण फैलाओ" 4品 ओी अरुण स्मृति साँभ स्कृतिक မှ साम 203 ಕರ कार्यक्रम-२0 20ැද 가대대국'

 

प्रतिक्रिया