बागलुङ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस एमाले र माओबादी लगायतका दलहरुलाई भोट दिनु भनेको साँढेको आंग मुखी बाल्टी थाप्नुजस्तै हरेको बताए । उनले यि तिन वटै दल साँढे भएको दाबि गरे ‘साँढेको टांग मुखी बाल्टी थापेर दुध आउँछ । यसले दुध दिएन कनाईदे कनाईदे भनेर हुन्छ, उनले भने,–‘जति जे गरे पनि यसले दुध दिँदैन किनकी साँढेको धर्म नै दुध नदिने हो । हो त्यस्तै हुन अहिले देशका ठुला राजनितिक दल भनौदाहरु । जति आस गरे पनि जनताका लागि केही दिँदैनन् केही गर्दैनन् ।’ उनले काँग्रेस एमाले र माओबादीको विकल्प राप्रपा भएको बताएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अब बिकल्पको रुपमा राप्रपालाई राेज्नुपर्ने बताएका हुन । हिजोका दिनमा सवै पार्टिको काम हेरेको हुँदा अब बिकल्प खोज्न जनतालाई आग्रह गरेका छन । उनले अहिले देशका ठुला पार्टी भनिएका काँग्रेस एमाले र माओबादी एक सिक्काका दुई पाटा भएको दाबि गरेका छन । सत्तामा रहेका र सत्ता बाहिर प्रतिपक्षको मुख्य भुमिका खेलेका दलहरुले बाहिर जे कुरा गरे पनि भित्र एउटै रहेको बताएका छन । उनले यि तिनै वटा दल ठुला ठुला भ्रष्टचारका काण्डमा देखी एनसिएलको पैसा खाने वाइडबडी र बालुवाटार काण्डमा एकै ठाउँमा रहेको बताए ।
उनले यिनै तिन दल मिलेर देशलाई दुर्गतीको दिशा तर्फ धकेलेको आरोप लगाएका छन । ‘देशलाई दुर्गतीको विन्दुमा पु¥याउन यि तिन वटै दलले समान साझेदार गरेका छन । बैदेशिक हस्तक्षेप देशमा भित्राउने काममा यिनकै हो लिङ्देनले भने,–‘विदेशीहरुको सहयोग विना यो देशमा प्रधानमन्त्री बन्न सकिँदैन मन्त्री बन्न सकिँदैन । त्यसकारण विदेशीको पाह मोल्ने काममा यिनै तिन पार्टी संलग्न छन ।’ उनले अब काँग्रेस एमाले र माओबादीको विकल्प राप्रपालाई रोज्नुपर्ने बताए ।
लिङ्देनलले एमसिसीको विषयमा चर्का भाषण गरेर सडकमा आन्दोलन गरेर हिँड्ने दलहरु नै निर्णय गर्ने बेलामा अनेक नाटक गर्दै विदेशीको टाँग मुखी छिरेको आरोप लगाए । उनले देशको ढुकुटी सिद्धाउने काम ठुला दलहरु मिलिजुली गरेको बताए ।
अहिले सरकार सरकार जस्तो नभएको अदालत अदालत जस्तो नभएको र संसद संसद जस्तनो नभएको जता पनि फोहोरी खेल भएको उनको भनाई थियो ।
उनले आफुले धेरै आलोचना गर्न चाहँदैन भन्दै देशमा अझै पनि राप्रपाले संघियता व्यवस्था ठिक छैन भन्दा भन्दै पनि लागु भएको र यसलाई देशले धान्न कठिनाई परेको बताए । उनले राप्रपा अब विकल्पको रुपमा आएको हुँदा अब आउँदो स्थानिय तहमो निर्वाचनमा राप्रपालाई भोट दिन आग्रह गरेका थिए ।