• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा काठेखोला गाउँपालिकाको २ लाख सहयोग

  • भदौ ११, २०८३

बागलुङ-  बागलुङको काठेखोला गाउँपालिकाले बाढि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।  बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट लगायतका जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।  गाउँपालिकाले पहिलो चरणमा तत्काल निर्णय गरेर उक्त कोषमा २ लाख रुपैयाँ जम्मा गरेको अध्यक्ष थापाले बताए ।

उनले विपदको बेलामा सवैको सहयोगले मात्र राहत र पूनस्थापनका निम्ती सहयोग पुग्ने हुँदा गाउँपालिकाले तत्कालका लागि २ लाख रुपैयाँ  सहयोग प्रदान गरेको बताए । यस अघि जिल्लाको जैमिनी नगरपालिकाले १ लाख र ताराखोला गाउँपालिकाले २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय