बागलुङ- नेपाल महिला संघ बागलुङले जिल्लामा संगठन सुदृढिकरण र महिला अधिकारको क्षेत्रमा योगदान पुराएका १० महिलालाई सम्मान गरेको छ । नेपाल महिला संघ बागलुङले आयोजना गरेको ‘घरघर जाऔं काँग्रेस जिताऔ’ अभियान अन्तरगत महिला अधिकार क्षेत्र क्रियाशिल महिला साथै १४ औं महाधिवेशनबाट निर्वाचिन विभिन्न तहका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेको हो ।
महिला संघ बागलुङले संस्थापक अध्यक्ष बागलुङकी संस्थापक अध्यक्ष लक्ष्मी जिसी कार्की सहित जिल्लामा विभिन्न क्षेत्रमा क्रियाशि महिलाहरुलाई सम्मान गरिएको हो । जसमा संविधानसभा सदस्य एवं काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य रत्ना शेरचन, प्रदेशसभा सदस्य कोपिला बोहोरा, एकल महिला समितिकी अध्यक्ष खड्गकुमारी खड्का, पूर्वअध्यक्ष चुनुमाया चर्माकार, अगुवा महिलाहरु राधिका पुन, पोटकुमारी जिसी, इन्द्र श्रेष्ठ, सरोजा मल्ल र मिठू खड्का सम्मानित भएका हुन् ।
जिल्लामा महिला अधिकारको क्षेत्रमा विभिन्न समयमा योगदान गर्ने महिलाहरुलाई सम्मान गरेका हौं, महिला संघकी अध्यक्ष शकुन्तला शर्माले भनिन्, ‘अब हरेक मञ्चमा महिलाको उपस्थिति चाहिन्छ भन्ने पनि सन्देश दिएका छौं ।’ उनले ११२ औं महिला दिवसको अवसर पारेर उनिहरुलाई सम्मान गरिएको शर्माले बताईन । महिला दिवसको अवसर मात्र नभइ निर्वाचनमा महिलालाई अध्यक्ष वा प्रमुख पदमा पनि उमेद्वार बनाउनु पर्छ भन्ने सन्देश कार्यक्रममा दिएको उनले बताइन् ।
सम्मानित भएका महिलाहरु सामाजिक र राजनीतिक रुपमा अगुवा भएपनि पार्टीको पदमा भने गएका छैनन् । पार्टीको अधिवेशनमा भने सचिवमा गण्डकी थापा र सहसचिवमा ज्ञानकुमारी श्रीष निर्वाचित भएका छन् । महिलाहरु पदमा पुग्न थालेकोले अब स्थानीय निर्वाचनको अगुवादेखि पार्टीको प्रमुख सम्म दाबी गर्न सक्ने भएको शर्माले बताइन् ।
कार्यक्रममा नेपाली काँग्रेसको १४ औं महाधिवेशन बाट निर्वाचिन विभिन्न गाउँ नगर देखी जिल्ला र केन्द्र तहका नेतालाई सम्मान गरिएको हो । पार्टी भित्र उत्साह एकता रुपान्तरण गर्न र अगामी निर्वाचनमा सवै एकै ठाउँमा छौं भन्ने सन्देश प्रवाह गर्नका निम्ती बधाई तथा सम्मान गरिएको अध्यक्ष शर्माले बताइन ।
महिलाहरु आरक्षणमा मात्र सिमित नहुन काँग्रेस नेता पाख्रिनको आग्रह
म्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले महिलाहरु आरक्षणमा मात्र सिमित नहुन आग्रह गरेका छन ।
पाख्रिनले महिलाहरुले ३३ प्रतिशत आरक्षण भन्दा पनि अझै खुल्ला तहबाट आफुहरु नेतृत्वमा आउनका लागि अग्रसर हुनुपर्ने बताए । ‘हरेक महिलाहरुमा महान क्षमता छ । सवै नेतृत्व तहमा पुग्नका लागि सक्षम हुनुहुन्छ । पाख्रिनले भने– ‘सधै आरक्षणमा मात्र सिमित हुने हैन आफ्लाई स्थापित गर्नका निम्ती खुल्ला तहबाट पनि नेतृत्वमा आउने आँट गर्नुपर्दछ ।’ उनले संविधान त महिलाका हक र अधिकारलाई सुनिश्चित गरे पनि अझै बेशी अधिकार प्राप्तीका लागि सवै तहमा संघर्ष गर्न जरुरी रहेको बताए । नेपाली काँग्रेसले देशव्यापी रुपमा संचालन गरेको अभियानको केन्द्रीय संयोजक समेत रहेका नेता पाख्रिनले अगामी स्थानिय तहको निर्वाचनमा महिलाहरु वडा तह देखी नै नेतृत्व समाल्ने गरी आउनुपर्ने बताए । उनले निर्वाचनमा महिलाहरुको भुमिका धेरै हुने हुँदा पार्टीको जिल्ला तहको नेतृत्वले पनि महिलालाई विषेश जिम्मेवारी दिनुपर्ने बताए ।
पाख्रिनले स्थानिय तहको निर्वाचन लक्षित कार्यक्रमले काँग्रेस कार्यकर्तालाई थप प्रशिक्षित गरेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य चम्पा देवी खड्काले हरेक क्षेत्रमा महिलाको महत्वपुर्ण भुमिका हुने बताईन । उनले महिलाहरु सधै चुलो चौकामा मात्र सिमित नभएका आफ्नो क्षमतालाई अभिबृद्धि गरी राजनिति र सामाजिक क्षेत्रमा अग्रसर हुनुपर्ने बताईन ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, काँग्रेस बागलुङका सभापति जित शेरचन, पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, जैमिनी नगरपालिकाका नगर प्रमुख एवं काँग्रेस गण्डकी प्रदेशका सदस्य इन्द्रराज पौडेल, जिल्ला सचिव गण्डकी थापा अधिकारी, सहसचिव ज्ञानु शर्मा श्रीष, गलकोट नगरपालिकाका उपमेयर रेणुका काउचा मगर, काँग्रेसका जिल्ला सदस्य पार्वती शर्मा, क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल, क्षेत्र नं. २ प्रदेश (क) का सभापति तिलक घर्ति, काँग्रेस बागलुङ नगर सभापति उमाकान्त शर्मा बाबु, दलित संघ गण्डकी प्रदेशका उपाध्यक्ष ताराबहादुर विक नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष हुमा रिजाल बागलुङ नगरपालिका अध्यक्ष पिंगला जिसी लगायतले बोलेका थिए ।
कार्यक्रम महिला संघकी अध्यक्ष शर्माको अध्यक्षता, सचिव भगवती केसीको स्वागत र सविच उषा पौडेलको संचालमा सम्पन्न भएको थियो ।