काँग्रेस महाधिवेशन बागलुङमा १ हजार ७ सय ५२ जना क्षेत्रीय प्रतिनिधि

  • असोज ८, २०७८

नेपाली काँग्रेस यतिबेला १४ औं महाधिवेशनको दौडाह छ । वडा तहको अधिवेशन सकिए सँगै शनिबार गाउँ नगरपालिकाको अधिवेशन हुने तयारी छ । जिल्लाका दश वटै स्थानिय तहमा गाउँ र नगरपालिकाको अधिवेशनमा भाग लिन प्रत्येक वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भएर आएका छन । गाउँ र नगरपालिकामा क्षेत्रीय प्रतिनिधिलाई नेतृत्व चुन्ने अधिकार हुन्छ भने उम्मेदवार बन्ने पनि , गाउँ र नगर तहमा सभापति बाहेक अन्य पदका लागि क्रियाशिल सदस्यले पनि उम्मेदवारी दिन पाउने व्यवस्था रहेको छ । सोही अुनसार जिल्लाका दश स्थानिय तहबाट १ हजार ७ सय ५२ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका छन । निर्वाचित क्षेत्रीय प्रतिनिधिले गाउँ नगरपालिका हुँदै प्रदेश सभा क्षेत्र, प्रतिनिधी सभा क्षेत्र र जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चुन्न पाउनेछन । 
वडा तहको अधिवेशनबाट जिल्लामा सवै भन्दा बढि बागलुङ नगरपालिकामा  ३ सय ८७ जना क्षेत्रीय प्रतिनिधि रहेका छन भने सवै भन्दा कम बरेङ गाउँपालिकामा ८३ जना प्रतिनिधि रहेका छन । त्यसैगरी गलकोट नगरपालिकामा १ सय ८८ जना ढोरपाटन नगरपालिकामा १ सय ४९ जना जैमिनी नगरपालिकामा २ सय ७१ जना ताराखोला गाउँपालिकमा ८५ जना, तमानखोला गाउँपालिकमा १ सय ३ जना रहेका छन । त्यसैगरी बडिगाड गाउँपालिकमा १ सय ७१ जना निसीखोला गाउँपालिमा १ सय १९ जना र काठेखोला गाउँपालिकमा १ सय ९६ जना क्षेत्रीय प्रतिनिधि रहेको बागलुङका लागि मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए । क्षेत्रीय प्रतिनिधिमा केन्द्रिय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति र अघिल्लो निर्वाचनमा प्रतिनिधि सभा क्षेत्रको उम्मेदवार, समानुपातीक उम्मेदवार र  प्रदेश सभा क्षेत्रको उम्मेदवार स्वत क्षेत्रीय प्रतिनिधी आउने व्यवस्था रहेको छ । 
दश वटै स्थानिय तहमा मतदान अधिकृत खटिए
शनिबार हुने अधिवेशनका लागि मुख्य निर्वाचनको कार्यालयले जिल्लाका दश वटै स्थानिय तहमा मतदान अधिकृत समेत खटाएको छ । शुक्रबार विहान निर्वाचन समिति र जिल्ला कार्यसमितिको पदाधिकारी सँगको बैठक बसी सवै पालिकामा निर्वाचन सामाग्री सहित मतदान अधिकृत खटाएको शर्माले बताए । उनका अनुसार बागलुङ नगरपालिकमा अखिलनाथ शर्मा, गलकोटमा मायाँ पौडेल, ढोरपाटनमा हिरालाल पौडेल जैमीनीमा ज्ञानेन्द्रराज पन्त ताराखोलामा शशिदत्त पाध्या, तमानखोलामा बसन्त घर्तिमगर बडिगाडमा टिका पाईजा निसीखोला शलिन्द मल्ल, काठेखोलामा घनश्याम कंडेल र सरिता केसी र बरेङमा गाउँपालिकामा सिता शर्मालाई खटाईएको छ । खटिएका सवै मतदान अधिकृतलाई प्रशिक्षण सहित निर्वाचन सम्बन्धी आवश्यक सामाग्री पनि पठाईएको शर्माले बताए । 
सवै स्थानिय तहमा शनिबार देखी नै निर्वाचनका कार्यक्रम सुरु हुने र सर्वसम्मत हुन नसकेमा निर्वाचन प्रक्रियामा जाने छन । शनिवारको निर्वाचनतमा प्रत्येक गाउँ र नगरपालिकामा १ जना सभापति २ जना उपसभापति, २ सचिव र २ जना सहसचिव निर्वाचित हुनेछन । त्यसैगरी महिला, खसआर्य जनजाती र दलितबाट पनि समावेशी सदस्य उम्मेदवार बन्न पाउने छन भने प्रत्येक वडाबाट नगरपालिकाको हकमा १ जना महिला अनिवार्य गरी ३ जना र गाउँपालिकाबाट १ जना महिला अनिवार्य गरी १ जना खुल्ला सदस्यको रुपमा निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ । 
 

प्रतिक्रिया