प्रेस युनियनको अध्यक्षमा लम्साल र महासचिवमा पौडेल निर्वाचित

  • साउन ८, २०७९

हेटौडा- नेपाली कांग्रेस निकट पत्रकारहरुको  संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ ।

८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन ।

 युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेलले अत्याधिक मत ल्याएर  निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।  युनियनको अन्य पदाधिकारीमा पनि लम्साल पक्षकै निर्वाचित भएका छन । खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नकुल अर्याल निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् । प्रेस युनियन नेपाली कांग्रेस शुभेच्छुक पत्रकारहरुको संगठन हाे ।

प्रतिक्रिया