बागलुङ- हामी उच्च शिक्षा पढेपछि विदेश जानुपर्ने बाध्यता हट्नुपर्छ, यही स्वरोजगारका कार्यक्रम यहाँको स्थानिय सरकारले ल्याउनुपर्छ, त्यसका लागि शिक्षालाई रोजगारसँग जोडौं आईबार बागलुङ जेसीले आयोजना गरेको मेयरसँग विद्यार्थी कार्यक्रममा सहभागी विद्यार्थीले बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई सुझाव दिए त्यो सँगै उनहरुले विभिन्न प्रश्न पनि गरेका छ ।
सहभागीले स्थानीय सरकारले धेरै प्रकृतिका काम गर्छ । बिकास निर्माण, दैनिक प्रशासनिक काम, नागरिकको सेवाकालागि सिफारिस दिने तथा बिपतमा साथ र राहत दिने काम स्थानीय सरकारको दैनिकी जस्तै छन् ।
त्यस बाहेक महिला, दलीत, जनजाती, बालबालिका, जेष्ठ नागरिक, अल्पसंख्यक, एकल, अपांगता भएका नागरिक समेतलाई लक्षित क्षेत्रमा राखेर थप कार्यक्रम दिनुपर्ने बाध्यात्मक परिस्थिति छ । त्यसकालागि कतिपय सशर्त शिर्षकका कार्यक्रम समेत हुन्छन् । त्यस बाहेक पनि बिद्यालय तहका किसोर किसोरीका थप माग र आसा तथा भरोसा हुने गर्छन् ।
बालमैत्री नगर भैसकेका स्थानमा त बिद्यालयमा शौचालय राम्रो नभएको, चमेनागृहमा अर्गानिक खाना नपाउने बिषय देखि फर्निचर र खानेपानीको सुविधा बालमैत्री नभएका बिषय पनि चासोमा पर्न थालेका छन् । त्यतिमात्र होइन, पर्यटन, कृषि, शिक्षा जस्ता क्षेत्रमा के काम भएका छन् त्यो पनि बिद्यार्थीले जान्न चाहेका छन् ।
बिहान बिहानै बिद्यालय जानुपर्दा कुकुरको समस्या, चोकचोकमा उज्यालो नभएको समस्या देखि बिद्यालयको गुणस्तरीय शिक्षा बारे नगरपालिकाको अनुगमन समेत चाहिएको बिद्यार्थीको माग छ । बागलुङ जेसीजले आयोजना गरेको ‘बिद्यार्थीसँग मेयर’ कार्यक्रममा कक्षा १० देखि १२ सम्म पढ्ने बिद्यार्थीले समसामयिक बिषय देखि आत्मनिर्भर बागलुङ बनाउने योजनाहरु बारे पनि प्रश्न उठाएका थिए । ‘सामुदायिक कुकुर व्यवस्थापनको अबस्था कता गयो ?’कक्षा ११ का बिद्यार्थी निकेश खड्काले भने, ‘सडक बनाउने काम मात्र नभइ दिगो सडक कसरी बनाउने भन्ने नगरको सोच चाहियो ।’ उनले दिगो बिकासको लक्ष्यले नीति बनाउन पनि आग्रह गरे ।
अर्का सहभागि सिम्रन बोहोराले बालमैत्री नगर भैसकेपछि बिद्यार्थीको क्षमता पहिचान गर्ने गरी बिज्ञान प्रर्दशनीलाई नियमित बनाउनुपर्ने, बालमैत्री घोषणा भएपनि बालश्रम अन्त्य नभएको बिषय नगरको चासोमा पर्नुपर्ने सुझाव दिइन् । अर्का सहभागि असिम रिजालले कक्षा १२ पास भएपछि अधिकांस युवा बिदेश गए, उनीहरुलाई स्वदेशमा रोक्न नगरले रोजगारका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । नगरसँग युवा रोक्ने योजना र कार्यक्रम के छ ? भनेर उनले जिज्ञाशा पनि राखे ।
सहभागि कुशुम क्षेत्री, सोहन हरिजन, सिम्रन बोहोरा, निशा खड्का, निमिता शाक्य, असिम रिजाल, संगम पौडेल, साया किसान, लगायतलेपनि पढ्दै कमाउँदै कसरी गर्न सकिन्छ ? पर्यटनको क्षेत्रमा के काम भए ? गुणस्तरीय शिक्षाको लागि नगरको योजना के छ ? जस्ता जिज्ञाशा राखेका थिए ।
बागलुङ नगर पालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सबै बिद्यार्थीको जिज्ञाशाको जवाफ दिएका थिए । बालमैत्री नगर र त्यसपछि के के कार्यक्रम भए भन्ने जिज्ञाशा दिनु अघि श्रेष्ठले अधिकांसलाई बालमैत्री अबधारणा थाहा पाएकोमा खुसी व्यक्त गरे । ‘अब बालमैत्री के हो भनेर चिनाउन र बुझाउन परेन, त्यो महत्वपुर्ण संचार भएको छ’ श्रेष्ठले भने, ‘त्यसको दिगोपनाकालागि कैयौ काम भएका छन्, कतिपय काम अझै निरन्तर रुपमा गरिने योजना भित्र पर्छ ’ नगरपालिकाले बिपन्न भएकै कारण उच्च शिक्षा पढ्न सकिन भन्नेलाई निशुल्क पढाउने योजना श्रेष्ठले सुनाए । कानून संकायकालागि १० जनालाई पढाउने लक्ष्य भएरपनि बिद्यार्थीनै नआएपछि थोरैलाइ पढाएको श्रेष्ठको भनाइ छ । बलेवा स्थित कृषि अध्यापन गराउनपनि छात्रवृत्ति दिने नगरको लक्ष्य उनले सुनाए । त्यसबाहेक सामान्य बिद्यालयमा पढ्नपनि नगरपालिकाले आवस्यक शैक्षिक लगानी, पोशाक लगायतमा छात्रवृत्ति दिने बताए ।
आगामी तिहार सम्ममा कुकुर होस्टेल तयार गरेर सामुदायिक कुकुर व्यवस्थापन गरिने, हाइम्याक्स बिद्युतीय बत्ति बालेर नगरलाई उज्यालो बनाउने, छिटै बिज्ञान प्रर्दशनी गरेर बिद्यार्थीका रचनात्मक क्रियाकलाप उजागर गराउने लक्ष्य समेत उनले राखेका थिए । हरेक कक्षा कोठा स्मार्ट बोर्ड सहितको बनाउने, बिद्यामन्दिर माबिमा चिल्ड्रेन पार्क र थप शौचालय बनाउने लक्ष्य पनि सुनाए ।
पर्यटन प्रवद्र्दनकालागि त थप कार्यक्रम नै राखिएको श्रेष्ठको भनाइ छ । धार्मिक क्षेत्रहरुको पहिचान बढाएर जिल्लाको पर्यटन मार्फत जिल्ला र नगर समृद्द बनाउन सकिने समेत श्रेष्ठको भनाइ छ । मेयरसँग प्रश्न गर्न सदरमुकाम आसपासका धेरै बिद्यालयका बिद्यार्थी सहभागि थिए । उनीहरुले कतिपय अनौपचारिक प्रश्न पनि गरे । बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुभम् राजभण्डारीको संचालनमा सम्पन्न कार्यक्रमको सहजीकरण भने जेसीजका कानूनी सल्लाहकार ताराप्रसाद शर्माले गरेका थिए ।